कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
मुम्बई, नयाँ दिल्ली, १३ असोज (रासस÷सिन्ह्वा) ः भारतको आर्थिक राजनीतिका रुपमा परिचित मुम्बई सहरमा शुक्रबार बिहान भएको भागदौडमा परी मृत्यु हुने व्यक्तिको संख्या २२ पुगेको छ ।
शुक्रबार बिहान अकस्मात भागदौड मच्चिएपछि त्यसमा परी २२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । त्यस दुर्घटनामा पररे घाइते भएका दर्जनौँ व्यक्तिको उपचार जारी रहेको छ ।
उक्त भागदौडपछि भीडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्काेले किचेर ज्यान गएको बताइएको छ । यसरी मृत्यु हुने व्यक्तिको संख्या यसअघि १५ रहेको थियो । तर उपचाररतमध्येका अरु सात जनाको अपरान्ह मृत्यु भएको चिकित्सकले जानकारी दिएका छन् ।
मुम्बई सहर नजिकैको स्थानीय रेल स्टेशनमा रेल कुरेर बसेका व्यक्तिहरुमा एक्ककासी भागदौड सुरु भएको थियो ।
मुम्बईको मूल बजार नजिकैको लोवर प्यारेल र एल्फिन स्टोन स्टेशनमा सो भागदौड मच्चिएको हो । शुक्रबार बिहान करिब १०ः४५ बजे सो भागदौड मच्चिएको थियो ।
बिहान अकस्मात भारी बर्षा भएपछि सो रेल स्टेशनमा रहेका व्यक्ति ओतलाग्न आकासे पुलको सहारा लिन पुगेका र त्यसै समयमा पुल भाँचिन लागेको हल्ला चलेपछि उनीहरु भागाभाग गरेका थिए ।
यसरी भाग्ने क्रममा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस क्रममा भूईँमा लडेका व्यक्तिमाथि एकले अर्काेलाई कुल्चिएका थिए । सो क्रममा अहिलेसम्म २२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
भारतीय रेल सेवाका अधिकारी अनिल सक्सेनाले सो दुर्घटनाको कारण बारेमा अनुसन्धान गरिने जानकारी दिएका छन् । सो भागदौडको बारेमा अनुसन्धान गर्न सरकारले आदेश दिएको जानकारी उनले दिए ।
भारतीय राष्ट्रपति रामनाथ कोभिन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
Leave a Reply