भक्तपुरमा दाफा प्रदर्शनीको उद्घाटन : नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्नु आवश्यक
- जेष्ठ १५, २०८३
भक्तपुर, चैत २६ । समाज सेवा इन्स्टिच्युट आधारभूत विद्यालयको ६२ औँ वार्षिकोत्सव कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सङ्घीय सांसद प्रेम सुवालले सबै जनताका छोराछोरीहरूले शिक्षा नपाएसम्म देश सही ढङ्गले अगाडि बढ्न नसक्ने बताउँदै निजी विद्यालयलाई प्रोत्साहन गर्ने तर सरकारी विद्यालयलाई वास्ता नगर्ने शिक्षा नीति नै परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
उहाँले बालबालिकालाई कमजोर पूर्वाधार भएको विद्यालयमा राख्ने तर देशका मन्त्रीहरू आलिशान महलमा बस्ने प्रवृत्तिले शिक्षाको सुधार र देशको प्रगति नहुने बताउँदै साना कक्षामा पढाउने शिक्षकलाई बढी तलब दिएर विद्यालयको जगलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
सामुदायिक विद्यालयका शिक्षकहरूले मिहेनत गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा उच्च शिक्षा निःशुल्क हुनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायणबहादुर दुवालले मर्ज हुने स्थितिबाट विद्यालयले प्रगति गर्दै आज कक्षावृद्धिका लागि कक्षाकोठा नपुग्ने अवस्थामा विद्यालय पुग्नुका साथै स्थानीय अभिभावकको मन जित्ने गतिविधि सञ्चालन हुँदै आएकोमा खुसी व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले संस्थागत विद्यालयले नाफाका लागि मनपरी शुल्क लिने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा शिक्षासेवी हिमालयश्वरलाल मूलले गुणस्तरीय शिक्षा र क्रियाकलापमा आधारित शिक्षण क्रियाकलापले मात्र विद्यालय राम्रो बन्ने बताउँदै शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।
आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष दीपक माकले सामुदायिक शिक्षा सरकारको उच्च प्राथमिकतामा पर्नुपर्ने बताउँदै विद्यालयको आधारभूत आवश्यकता पूरा नभएका विद्यालयमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीराम छुस्याबागको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामभक्त थकुलवटले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने शिक्षक लक्ष्मी कोजुले पनि बोल्नुभएको थियो ।
विद्यालयको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको सो कार्यक्रममा विद्यार्थीहरूले आ–आफ्नो सांस्कृतिक नाचगानहरू प्रस्तुत गरेका थिए ।
Leave a Reply