भर्खरै :

वडा–वडामा शिशु स्याहार केन्द्र र बालोद्यान सञ्चालन गर्नु आवश्यक

वडा–वडामा शिशु स्याहार केन्द्र र बालोद्यान सञ्चालन गर्नु आवश्यक

भक्तपुर, २८ चैत । प्रभात इङ्गलिस स्कूलको ४१ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा धिमाय् बाजाको धुनसँगै पानसमा दीप प्रज्ज्वलन गरी मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नयाँ वर्ष २०८० सँगै सबैले राम्रो कामको सुरुआत गर्नु आवश्यक छ र यो वर्षको समीक्षा पनि गर्नु जरुरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्ता विदेशमा अध्ययन र रोजगारीको लागि गइरहेको हुँदा घरमा ज्येष्ठ नागरिकहरूलाई कुर्ने र पकाएर खुवाउने समेत खट्किएको छ ।”
“ज्येष्ठ नागरिकहरूलाई समाज, नगरपालिका र गाउँपालिका तथा सहकारी संस्थाले हेर्नु उपयुक्त हुनेछ । हाम्रै टोलमा सार्वजनिक र निजी घरलाई समाजले किनेर वा बहालमा लिएर ज्येष्ठ नागरिकको लागि आदर निकेतन बनाउनु आवश्यक छ । आदर निकेतनमा स्वास्थ्य परीक्षणको लागि डाक्टर र नर्सको पनि आवश्यक हुनु जरुरी छ ।” उहाँले भन्नुभयो ।
मानिसको जन्मदेखि हेरचाह हुने समाजमात्र राम्रो हो, वडाको टोल टोलमा शिशु स्याहार केन्द्र र बालोद्यान सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकलाई एक्लै राख्नु हुँदैन† जीवन सधैँ सक्रिय बनाइराख्नु आवश्यक छ† एक्लै हुँदा बिर्सने रोग लाग्छ, हात खुट्टै चलाउन गा¥हो हुन्छ† दुःख हुन्छ† ज्येष्ठ नागरिक र शिशु स्याहारमा पनि भक्तपुरले नमुना देखाउन सक्छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनु आवश्यक छ । स्थानीय तहको वडा र टोलमा शिशु स्याहार केन्द्र र बालोद्यान सञ्चालन हुनु जरुरी छ । भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू सञ्चालन गरेर देशभरिका सार्वसाधारण जनताको सेवा गर्दै छ भने ख्वप विश्वविद्यालय स्थापना गरी चिकित्सा शास्त्रसमेत पढाउने लक्ष्य राखेको छ । तर, सरकारले ख्वप विश्वविद्यालयको विधेयक पारित नगरेको हुँदा सर्वसाधारण जनताका छोराछोरीहरूलाई सस्तोमा डाक्टर पढ्ने अवसर प्राप्त भएको छैन ।”
“प्रभात इङ्गलिस माध्यमिक विद्यालय जनताको हो । सरकारले शिक्षालाई निजीकरण गर्ने नीति लागु गरेर निजी कम्पनी र गुठीमा दर्ता गरायो । गुठीअन्तर्गत पनि सार्वजनिक शैक्षिक गुठी र निजी गुठीको व्यवस्था छ । प्रभात स्कूल सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित हो । यसको अर्थ यो जनताको सम्पत्ति हो । प्रभातलाई संरक्षण गर्न र सञ्चालन गर्ने जिम्मेवारी पनि जनताकै हो ।”, उहाँले भन्नुभयो ।
प्रभात स्थापना गर्न प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरेकाहरू अहिले उमेरले ज्येष्ठ भएको चर्चा गर्दै उहाँले प्रभातको स्थापना दिवसको अवसरमा यस क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कार्यक्रम राखिएको हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्रजग कोरियाका केटाकेटीको पठनपाठनको लागि ठाउँ ठाउँमा दरबारको व्यवस्था गरिएको छ । नेपालमा प्रम र मन्त्रीहरूको लागि दरबार बनाइन्छ । यसकारण, नेपालमा शिक्षाको अपेक्षाकृत विकास नभएको हो । प्रम र मन्त्रीहरू गतिला नभएको हुँदा १० वर्ष अगाडि १ कक्षामा भर्ना भएका १३ लाख विद्यार्थीमध्ये एसईईमा ५ लाखमात्र पुगे ।”
उहाँले भन्नुभयो, “सत्ता गठबन्धन पार्टीका एक सांसदले स्वास्थ्यमन्त्रीको लागि साढे २ करोड आवश्यक हुने बताइएको सार्वजनिक भयो । बहुदल यताको ३३ वर्षको सिलसिलामा यस्तै भयो । २०५० सालमा सांसद खरिद बिक्री गर्न पैसा गन्न नभ्याएर जोखेर पठाइएको थियो । २०५३ सालमा सांसद अपहरण गरी भारतको पुना र थाइल्यान्डको बैङ्कक पु¥याइयो । २०५४ सालमा सांसदहरूलाई होटलमा थुनेर सुरा सुन्दरी फिल्म देखाइयो । यी सबै घटनामा सरकारमा गएका पार्टीहरू नै दोषी भए ।”
विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् बाग्मती प्रदेश सांसद सृजना सैंजूले शैक्षिक तथा सामाजिक क्षेत्रमा प्रभातले महत्वपूर्ण भूमिका खेलेको बताउँदै समाजमा बिस्तारै पश्चिमा प्रवृत्ति बढ्दै गएको, समाज उत्तरदायित्वविहीन बन्दै गएको हुँदा असल शिक्षकले असल विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकप्रति सरकारले कुनै व्यवस्था गर्न नसकेको बताउँदै ज्येष्ठ नागरिकका लागि आदर निकेतन र स्वास्थ्यको व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रभात स्कूलले बालबालिकाको शिक्षाको निम्ति नयाँ नयाँ प्रविधि र उपायहरू अपनाएकोले प्रभातका विद्यार्थी समाज र देशप्रति जिम्मेवार नागरिक बनेका छन् ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले भक्तपुरलाई ज्ञान र विज्ञानको केन्द्र बनाउँदै लैजाने उद्देश्यअनुरूप कार्य गरिरहेको बताउँदै शिक्षाबिना समाज अगाडि बढ्न गा¥हो हुने भएकोले भनपाले शिक्षामा जोड दिँदै आएको प्रस्ट पार्नुभयो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले प्रभात स्कूलले समाजसँग जोडिएर देश र जनताको लागि काम गरिरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य गौतमप्रसाद लासिवाले स्वागत मन्तव्य दिनुभयो भने भनपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र भनपा वडा नं ६ का वडाध्यक्ष हरिराम सुवालले पनि बोल्नुभएको थियो ।
विद्यालयका प्राचार्य बदनकेशरी प्रजापतिले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा वडा नं २ र ६ का करिब ९०० जना ज्येष्ठ नागरिक सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रभातका भूपू विद्यार्थीलाई बधाई पत्र, विद्यालयमा १० र २० वर्ष सेवा अवधि पूरा गरेकालाई कदरपत्र प्रदान गरिएको थियो भने विद्यार्थीहरूबाट नृत्य, गीत, नाटक, गजल, कविता आदि प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *