यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
संविधानमा समाजवादउन्मुखले जनतामा ठूलो आशा जगायो । ‘गणतन्त्र’ लाई जनताले समाजवादको अर्थमा लिए । शासक दलहरूको एक पक्षले प्रस्ट भाषामै राजतन्त्रले गरेका अनेकौँ शोषण, अन्याय, अत्याचार र अनियमितताको विरोध गरे । तर, ती सबै नकारात्मक र अपराध कार्य निर्वाचित सदस्य र दलहरूले गर्दा ‘सुन–पानी’ छर्के शुद्ध हुन्छ भन्ने अर्थमा थियो । पहिले, पञ्चायतकालका तस्कर, वन मास्ने, ठेकेदारहरू र कालाबजारियाहरूको मनपरी तथा सबै प्रकारका भ्रष्टाचार र अनियमितता गणतन्त्रका सरकार र मन्त्रीहरूले गरे । त्यसकै देखासिकी नेता र तल्ला कार्यकर्ताहरूले गरे । त्यसको नक्कल कर्मचारी र जीवनका अन्य क्षेत्रमा सर्दै गयो ।
दोस्रो, समाजवाद संविधानमा लेखेर नआउने कुरा बुझेर पनि बुझ पचाए । हरेक गाउँ, नगर र हरेक वडाका व्यापक जनतालाई बुझाउनुपर्ने विषय थियो – देश र समाजको सम्पत्ति, उत्पादनका साधनहरू – ठूल्ठूला खेत–खलियान, जमिनदारी, कल–कारखाना, बैङ्क तथा वित्तीय संस्थाहरू एवम् बसदेखि हवाईजहाजसम्मका निजी सेवा बन्द गरी त्यसलाई देश र जनताकै सम्पत्तिको रूपमा सञ्चालन हुने हो । ठूल्ठूला व्यवसाय सबै सरकार एवम् जनताको हुनेछ । तर, जनतालाई समाजवादबारे जानकारी दिने काम न काङ्ग्रेसले ग¥यो न त एमालेले ।
त्यसको उल्टो नेका, एमाले, माओवादी (केन्द्र) जस्ता सरकारमा जाने अन्य दलहरू तथा ती पार्टीका नेताहरूले आ–आफ्नो नाममा घर–जग्गा, कम्पनी र उद्योगधन्दा एवम् विदेशमा रोजगारीको निम्ति युवा श्रमिकहरू पठाउने म्यानपावर कम्पनी बनाउन लागे । ती नेताहरूले कार्यकर्तालाई गलत अर्थ बताए – “समाजवादको निम्ति पहिले पुँजीवादको विकास गर्नुपर्छ ।”
तेस्रो, पुँजीवादको विकासको अर्थ ‘नेताहरूले कलकारखाना, घर–खेत, व्यापार, ठेक्कापट्टा र हरेक आर्थिक र वित्तीय कार्यमा हात हाल्नुपर्छ, ठूल्ठूला पाँचतारे होटलको निम्ति चाहिने सबै बन्दोबस्त गर्नुपर्छ ।’ कार्यकर्ता र स्थानीय निकायका जनप्रतिनिधिहरूले पनि त्यही नक्कल गरे । परिणामतः चारैतिर भ्रष्टाचार बढ्यो, सरकारी संस्थाका ठूल्ठूला रकम बोकेर नेता र कार्यकर्ता भागे । यसमा कार्यकर्ताभन्दा शासक दलका नेताहरू जिम्मेवार छन् । तिनीहरूकै गलत व्याख्या र स्वार्थी कामले नै देशमा अनर्थ बढ्दै गएको हो । नेका, एमाले र माओवादी केन्द्रजस्ता पार्टीहरूले नै अन्य शासक दलहरूलाई पनि स्वार्थी र पुँजीवादी पार्टी बन्ने भावना सिकाए ।
आमूल परिवर्तनवादी दलहरूले समाजवादको पक्षमा सङ्घर्ष गर्नु जरुरी छ ।
Leave a Reply