भर्खरै :

कानुन पढ्न जिल्ला बाहिर जान नपर्ने अवस्था सिर्जना गर्न ख्वप ल कलेज सञ्चालन

कानुन पढ्न जिल्ला बाहिर जान नपर्ने अवस्था सिर्जना गर्न ख्वप ल कलेज सञ्चालन

भक्तपुर, ३० चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौँ महानगरपालिका वडा नं. २२ का स्थानीयहरूको एक टोलीले बिहीबार भक्तपुर नपाको सभाकक्षमा भेट गर्यो ।
भेटमा उहाँहरूलाई सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्दै नेपाल मजदुर किसान पार्टीले भक्तपुरको शैक्षिक जगमाथि उकास्न खेलेको भूमिका र हाल भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायतका क्षेत्रमा गरिरहेको विविध गतिविधिबारे अवगत गराउनुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने, पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने र सांस्कृतिक नगर घोषणा गर्ने उद्देश्यअनुसार नगरपालिकाले शिक्षा, स्वास्थ्य उपचार, संस्कृति र सम्पदा संरक्षण, खेलकुद, सरसफाइ तथा विकास निर्माणलगायतमा जोड दिँदै आइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नपालाई समाजवादउन्मुख दिशातर्फ अगाडि बढाउने प्रयासमा सिङ्गो नगरपालिकाको टीम अग्रसर रहेको बताउँदै उहाँले जनताबाट प्राप्त साथ र सहयोगले हरेक गतिविधि सहज र सफलतापूर्वक अगाडि बढाउन सकेको हो भन्नुभयो ।
भक्तपुरका विद्यार्थीका लागि कानुन पढ्न जिल्ला बाहिर जान नपर्ने गरी नपा स्वयम्ले यस वर्षदेखि ‘ख्वप कलेज अफ ल’ कलेज सञ्चालनमा ल्याएको बताउँदै प्रमुख प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले उत्कृष्ट नतिजा दिन सफल भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरको ऐतिहासिक बिस्का जात्राबारे सङ्क्षिप्तमा परिचय दिँदै भक्तपुर नपाले सरसफाइको क्षेत्रमा विशेष प्राथमिकतामा राखी काम गर्दै आएको र देशकै नमुना नगरपालिकाको रूपमा परिचित गर्ने वातावरण सिर्जना गरिरहेको बताउनुभयो ।
भेटपश्चात् नगर प्रमुख प्रजापतिले उक्त टोलीलाई भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘भक्तपुर मासिक’ र ‘ख्वप पौ’ प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *