यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नेपालको राजधानी काठमाडौँ विश्वकै सबभन्दा बढी प्रदूषित सहरको सूचीमा परेको जानकारी सञ्चारमाध्यममा आयो । वायु गुणस्तर सूचकाङ्कमा २०९ अङ्कसहित काठमाडौँ विश्वकै विषाक्त हावा भएको सहर बन्यो । विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्युएयर संस्थाले सो तथ्याङ्क सार्वजनिक गरेको हो । लाखौँ मानिसको बसोबास रहेको काठमाडौँ प्रदूषणको केन्द्र बन्नु चिन्ताको विषय हो । कला र संस्कृतिको केन्द्र बन्नुपर्ने काठमाडौँ फोहरको केन्द्र बन्नुमा शासकहरूको लापरबाही हो । स–साना सहरको विकास गरेर सन्तुलित विकास गर्न छोडेर ठूलठूलो सहरको निर्माण गर्ने शासकहरूको कुबुद्धिले गर्दा पनि काठमाडौँ प्रदूषणको केन्द्र बनिरहेको हो, श्वासप्रश्वास, फोक्सो, मुटु, क्यान्सर, उच्च रक्तचाप र मस्तिष्कघातको बिरामी बढिरहेको हो ।
शासकहरूको अदूरदर्शिताले गर्दा कुन दिन नेपाल विदेशीले पनि सहजै नेपाली वंशजको नागरिकता लिएर बढी विदेशीले नेपाली नागरिकता लिने देश बन्ने हो ? अहिले नै लाखौँ लाख विदेशीले नेपाली नागरिकता लिइसकेका छन् । यसरी नै विदेशीले पनि सजिलैसँग नेपाली नागरिकता लिइरहे एक दिन नेपालमा नेपालीहरू अल्पमतमा पर्नेछन् । अनि नेपालमा कसैको आक्रमण या युद्धविना नेपाल अरूको देश बन्न बेर लाग्दैन । नागरिकता विधेयक र एमसीसी सम्झौता यसकै सिलसिला हो । यहाँ बढिरहेको भ्रष्टाचार, अनियमितता, कमिसनले नेपाल संसारकै सबभन्दा बढी भ्रष्टाचार र अनियमितता हुने देशमा पर्न अब लामो समय पर्खनु नपर्ला । नेपाल सबभन्दा बढी विदेशी शक्ति राष्ट्रको भरमा पर्ने परनिर्भर र विदेशी शक्ति राष्ट्रको उठबसमा पर्ने देशको सूचीमा पर्नेमा शङ्का छैन । प्रजातन्त्र स्थापना भएको सात दशक बित्दा पनि नेपाल साक्षर देश पनि बनेन । भागबन्डा गर्ने, सरकारमा सामेल हुने नाउँमा सिद्धान्त र विचार कुनै मतलब नराख्ने दलहरू रहेको देश पनि सायद नेपाल नै होला । छिन–छिनमा सरकार बदल्ने देश पनि नेपाल नै होला । देश विकास गरेर जनताको जीवनस्तर उठाउनुको सट्टा दलगत र व्यक्तिगत स्वार्थमा भुलेर देशको राजस्वमा रजाइँ गर्ने, सांसद किनबेच हुने, पुरुष सांसदले सुत्केरी भत्ता लिने, विनाभिसा विदेश पुग्ने, संसद् बैठकमा सहभागी नहुने सांसदहरूको सङ्ख्या पनि नेपालमै बढी रहेको अनुमान गर्न गा¥हो छैन । छिन–छिनमा दल फुट्ने र जुट्ने सानो देश भए पनि धेरै बढी दल भएको देशको सूचीमा नेपाल पनि परेको छ । यहाँ छिनछिनमा बोलीबचन फेर्ने प्रधानमन्त्री र मन्त्रीहरूको सङ्ख्या पनि कम छैन । निर्वाचनमा जित्नको लागि पैसाको खोलो बगाउने, लोभलालच देखाउने, भोजभतेर खुवाउने, धाक धम्की दिने, झूटको खेती गर्ने या अनेक षड्यन्त्र गर्ने काम त संसारका पुँजीवादी देशको चरित्र नै भयो । नेपाल पनि यसबाट अलग्ग छैन । देशमा यी यावत समस्या आउनुको कारण शासकहरू देश र जनताप्रति समर्पित नहुनु हो† शासकहरू अदूरदर्शी हुनु हो† भागबन्डामा अल्झिनु हो† सिद्धान्त र विचार छोडेर सत्तामुखी राजनीतिमा लाग्नु हो । यो समस्या समाधान गर्न देशमा समाजवादी व्यवस्थाको खाँचो छ । समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्ष गर्नुपर्छ । यसको लागि जनता सचेत र सङ्गठित हुनुपर्छ ।
Leave a Reply