“नेपालभाषा साहित्य तःमुंज्याले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली जनतालाई शिक्षित र सचेत पार्दै आएको छ”
- भाद्र १४, २०८३
हिम शिखरको काखमा रहेको यो पवित्र भूमिमा
नयाँ दिन घुमिरहेछ भित्ताको नयाँ क्यालेन्डरमा
‘२०८०’ सालको नयाँ वर्ष शुभारम्भ भएको छ
प्रत्येक छानामाथि वैशाख हिँडिरहेछ यो भूमण्डलमा ।
सफलता, शान्ति, दीर्घायुको कामना लिएर
नयाँ उमङ्ग, नयाँ उत्साहका साथ नव वर्ष आएको छ
‘८’ अङ्क भएको संवत्मा परिवर्तनको सङ्केत देखिएको हुन्छ
विश्वको इतिहासमा यो संवत्मा समस्या समाधान होस् ।
आज यो हिमाल, पहाड, तराईका
प्रत्येक स्वाभिमानी पीडित मानवहरूले
नैतिक आचरणलाई पालन गरी सावधानी अपनाएर
यो शान्ति भूमिमा स्वस्थ र निरोगी भएर अघि बढ्न सकोस् ।
प्रत्येक शिक्षकको सेवा र तपस्या
यो मातृभूमिको लागि अपार महिमाले भरिपूर्ण योगदान हुन
सदियौँदेखि अँध्यारो पथमा ज्ञानको प्रज्ञा प्रज्ज्वलन गरेर
एक कलिलो हँसिलो संसारको न्वारान गरेर राष्ट्रको सेवा गर्न सकोस् ।
धर्तीका मुस्कान विद्यार्थीको आवाजमा जीवनको सत्य भाषा हुन्छ
यही सत्यता र लगनशीलताको पथमा लम्केर
सामाजिक सेवा देशभक्तिको पाठ सिकेर
यो राष्ट्रको प्रतिभाशाली भविष्यका कर्णधार बनेर चम्कन सकोस् ।
आफ्नो स्वतन्त्रता र अधिकारको लागि
निमुखा जनता जागरुक भएर पाइला चाल्न सकोस्
आज यो नव वर्षको हार्दिक शुभकामना
हामी यही कामना लिएर अघि बढिरहने छौँ ।
Leave a Reply