“नेपालभाषा साहित्य तःमुंज्याले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली जनतालाई शिक्षित र सचेत पार्दै आएको छ”
- भाद्र १४, २०८३
हो !
तिमीले जित्यौ
जित्नु थियो
जित्यौ ।
कुनै ठुलो कुरा रहेन ।
तिमीलाई जिताइयो
तिमीले जित्यौ ।
या
तिमीलाई
जिताउन नै लगाइयो ।
त्यो त
तिमी आफैँ जानोस्
कि
उनी, उनैले जानून् ।
यो पनि
कुनै चासोको विषय
रहेन ।
किनकि
तिमी भोलिसम्म
रहन पनि सक्छ ।
नरहन पनि सक्छ ।
तसर्थ,
शुभकामना दिनुको कुनै अर्थ रहेन ।
कुरा बुझे
भइहाल्यो ।
चटकेको खलौना
चुत्किको भरमा ।
र त
तथ्य कुरा
जित्नु र
हार्नुमा होइन ।
जितको उमङ्ग सँगसँगै
देशले हार्नु भएन
बस,
कुरा त्यति नै हो ।
Leave a Reply