“नेपालभाषा साहित्य तःमुंज्याले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली जनतालाई शिक्षित र सचेत पार्दै आएको छ”
- भाद्र १४, २०८३
भिरबारीको कोदो टिपी
छाक टारौँला ।
दुःख सुख जे भएनि
यही बसौँला ।
आकाशको तारा टिप्ने
छैन सपना ।
विपनामा खुसी छु
डाँडा पाखामा ।
विदेशको तातो भूमि मलाई
सुहाउन नि
बुढा भा’का बा आमालाई
कहिले रुवाउन नि ।
खनी ख्रोसरीसम्म पारे
मैले पाखाबारी
कोदो रोप्छु, आलु रोप्छु
पार्छु हरियाली ।
परदेशीका दुःख त्यहाँ
कसले बुझ्छ र ?
फेसबुकको फोटोले
वास्तविकता लुक्छ र ?
जल, जमिन, जडिबुटीले
सजिएको देश,
फरकफरक भाषा भेष
संस्कृति अनि परिवेश ।
Leave a Reply