भर्खरै :

चुहावट खानेपानीको व्यवस्थापन गरियोस् !

  • बैशाख ९, २०८०
  • राजा सिंगेराति, च्याम्हासिंह
  • पाठक विचार
चुहावट खानेपानीको व्यवस्थापन गरियोस् !

खानेपानी समस्यामा मेलम्चीको पानी आएसँगै केही राहत भएको छ । तर, समानुपातिक वितरण नहुँदा कहीँ पानी फालाफाल छ भने कहीँ अभाव कही दुई हप्ताको एक चोटि मात्र वितरण हुने गरेको छ । यसतर्फ काठमाडौँ उपत्यका खानेपानी लिमिटेड भक्तपुरबाट खानेपानी वितरणमा ध्यान दिनुपर्ने देखिन्छ ।
भक्तपुरको क्वने अर्थात् टौमढी तल मेलम्चीको खानेपानी वितरण हुँदा धेरै ठाउँमा खानेपानीको पाइप फुटी बाटोमा बगेर पानी खेर गइरहेको छ । त्यस्तै गःपलीबाट दोकाफल्चा जाने बाटोको भैरव खाजा घरअगाडि खानेपानी चुहेको महिनौँ भइसक्यो । सो मर्मतको लागि भक्तपुर नगरपालिकाले पटकपटक पत्रसमेत पठाइसकेको वडा निरीक्षकले जानकारी दिएको छ भने स्थानीयले पनि पटकपटक सम्बन्धित निकायलाई फोन गरेर मर्मतको लागि अनुरोध गरिसकेका छन् । तर, खानेपानीका कर्मचारीहरूले बेवास्ता गर्दा दैनिक एक इन्च पानी खेर गइरहँदा म भक्तपुर नगरको पूर्व च्याम्हासिंह बस्ने जहाँ दुई हप्ताको एकपटक पानी आउँछ । हामीलाई मनमा चसक्क घोचेको अनुभव भयो । खानेपानीका कर्मचारीहरू पानी चुहेको मर्मत नगरी सरकारी काम कहिले जाला घाम गरी बस्ने हो कि के हो ? कि खानेपानी कार्यालयमा भजन गाएर बस्छ ? अझ भन्नुपर्दा गर्मी मौसमसँगै खानेपानीको आवश्यकता बढी हुने गर्छ ।
तर, काठमाडौँ उपत्यका खानेपानी लि.ले अहिले झन्झन् खानेपानी चुहेकोमा बेवास्ता गरेर जनताको जनजीविकामा समस्या बढाउँदै छ । खानेपानीको समस्या झन्झन् विकराल बनाउने अभ्यास त भइरहेको छैन भनी जनताले प्रतिप्रश्न गरिरहेका छन् । खानेपानीका कर्मचारीहरू धारा वितरणमा भ्रष्टाचार गर्ने र घुस खाने सोचमा दुब्दा खानेपानी व्यवस्थापन भएको देखिदैँन । दैनिकरूपमा खानेपानी चुहेर खानेपानी मात्र खेर गएको होइन उल्टो महिनौँ पानी चुहेर बाटोसमेत बिग्रिसकेको छ । यसको दोषी को ? खानेपानी संस्थान र स्थानीय सरकार भक्तपुर नगरपालिका ! काठमाडौँ उपत्यका खानेपानी लि. भक्तपुरले बेवास्ता गरिरहेको स्थानीयमा चर्चा भइरहेको छ । सयौँ परिवारलाई पुग्ने खानेपानी खेर पठाउने दोषीमाथि किन कारबाही हुँदैन ? खानेपानीजस्तो मानव जीवनमा नभई नहुने अमूल्य चिजलाई बेवास्ता गर्ने कर्मचारीमाथि कारबाही हुन्छ कि हुँदैन ? सम्बन्धित कार्यालयको ध्यान जाओस् । यो त प्रतिनिधिमूलक ठाउँमा मात्र हो । यसरी नै खानेपानी खेर गइरहेको धेरै स्थानमा छन् । सबैको ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *