ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
“बुबा, हामीबाट आज एउटा ठूलो गल्ती भयो ।” २०–२१ वर्षका एक युवा सानुले आफ्नो बुबाको अगाडि झुक्दै पश्चातापले दुःखी देखिन्दै भन्यो ।
“सानु, प्रस्ट भन त, के भयो ?”, बुबाले सोधे ।
‘म र मेरो साथी मधु काठमाडौँ जान आ–आफ्नो मोटरसाइकलमा थियौँ । सानो ठिमीको चौबाटोमा जेब्रा क्रसिङमा मधुले हड्बडाएर एउटी दिदीलाई ठक्कर दिँदा उनको दायाँ खुट्टामा ठूलो चोट लाग्यो ।’ सानु छोरोले सानो स्वरमा घटनाको विवरण दियो ।
“घाइतेलाई अस्पताल लगेनौँ, बाबु !’ हड्बडिँदै बुबाले सोधे ।
‘प्रहरीसँगै हामी अस्पताल गयौँ । अस्पतालमा एक्सरे गराइयो र डाक्टरले प्लास्टर गराएपछि घर पठायो । हामी दुवै घाइते दिदीको घर–डेरामा पुग्यौँ । उहाँको श्रीमान् र घरपतिलाई सबै घटनाबारे र डाक्टरको सल्लाहबारे बतायौँ ।’ सानुले बिस्तारै बुबालाई घटनाक्रम बतायो ।
“सानु, अब मन दुखाउने होइन, घाइते बहिनी हिँड्न नसकेसम्म तिमीहरू गएर हेरविचार गर्दै गर्नू, खर्च पनि व्यहोर्दै जानू । जाऊ अब मोटरसाइकल चढेपछि दायाँबायाँ मनपरी किसिमले बेगले चलाउनु हुन्न, नियमलाई राम्रोसँग थाहा पाउनु र नियमभन्दा तल–माथि नगर्नू, जाऊ खाना खानू, पिर नलिनू भोलि आफ्नो साथीसँगै घाइते बहिनीलाई हेर्न जानू,” बुबाले छोरोलाई सम्झाए ।
(२)
‘बुबा, घाइते दिदी पनि सञ्चै हुनुहुन्छ र उहाँको श्रीमान् पनि सा¥है भलाद्मी हुनुहुन्छ । हामी बिरामी लिएर घर–डेरामा जाँदा र सुत्ने खात मिलाई दिँदा घटना विवरणपछि चिया बनाउन लाग्नु हुँदा, हामी अहिले उहाँहरूकै घर जाँदै छौँ, दुःख नगर्नु होला, हाम्रो गल्तीले तपाईँहरूलाई दुःख भयो भनी मेरो साथीले माफी माग्दा दिदीले हाँस्दै भन्नुभयो, “के गर्ने यो त भाइहरूले गर्छु भनेर गर्न भएको होइन, भवितव्य भयो, अफिस समयमा पुग्न अलि हतारमै थिएँ, के गर्ने ? कहिलेकाहीँ यस्तो हुँदो रै’ छ । चित्त दुखाएर के गर्ने, भाइहरूलाई धन्यवाद छ ।”
हिजो त हामीले ट्याक्सी लिएर घर–डेरा पु¥याउनमा श्रीमान्सँग कड्काकड्की पो पर्ने हो कि भनी मेरो मुटुको ढुकढुकी बढेको थियो– बुबा !’
बिरामीको खाट मिलाएर औषधि खुवाई बस्ने बेलामा उहाँले कति पनि नरिसाई भन्नुभयो, “भाइहरूलाई धन्यवाद छ, म पनि एक अफिसमै काम गर्छु – मलाई कहाँ जाऔँ, के गरुँ हुन्थ्यो । सबै भाइहरूले बन्दोबस्त गरिदिनुभयो– भाइहरूलाई दुःख भयो– हामीले गरेर ।”
‘होइन दाइ, मधु अलि हड्बडाएर दिदीलाई ठक्कर पुग्न गयो र दिदीलाई चोट पुग्यो । हामीले नियमले गर्नुपर्ने सबै गर्छाैँ । बीमालाई पनि हामीले फोन गरिसकेका छौँ भनी बिदा लिएर आएँ– बा !’
‘छोरो सानु ठिक्कै छ, त्यस्तो भवितव्य जसलाई पनि हुनसक्छ, आफ्नो गल्तीबाट अरूलाई दुःख र चोट पुग्दा माफी माग्नुपर्छ र परेको खर्च व्यहोरिदिनुपर्छ । आफ्नो कारण अरूलाई कुनै शारीरिक र मानसिक चोट नपुगोस् भनी विचार गर्नैपर्छ– सानु !’ बुबासँग बिदा मागी सानु खानापछि सुत्न गयो ।
(३)
सानु र मधु हरेक दिन एक घण्टा बिरामीको हेरचाहमा गइरहे । सानोलाई पनि घरपतिले राम्रै सम्हालेको देखेर सानु र मधुको मुखमा उज्यालो थपेको थियो – कस्तो राम्रो घरपति भनी । घरपतिले पनि एउटा मेचमा एउटा गोलो प्वाल पारी तलतिर सानो बाल्टिन राखेर बिरामीलाई स्याहार्दै थिए ।
अस्पतालबाट दिदीको सिमेन्ट काटेपछि डेरामा पु¥याउँदै थिए– सानु र मधु । दाइ पनि अफिसबाट फर्केर आफ्ना पत्नीको खुट्टाको स्याहार, एक्सरे र मालिसको पुर्जा सबै हेर्दै लामो सास फे¥यो र भने, “भाइहरूलाई धन्यवाद दिन्छु । मैले एक दिन पनि कार्यालयमा बिदा लिनुपरेन, छोरीको आमा पुनः अफिस जाने भएपछि त भाइहरूलाई पनि सञ्चो हुनेछ हगि ?’ हाँस्दै सोध्यो ।
(४)
सानुले आफ्नो बुबालाई भन्दै गयो, “बुबा, आज घाइते दिदी स्वाभाविकरूपले आफ्नो कार्यालय पुग्नुभयो, हामीसँगै थियौँ । कार्यालय छुट्ने समयमा मधु र मैलेसँगै बसबाट दिदीलाई घर पु¥यायौँ । बीमाको पैसा र अरू सबै कागज पत्र पनि बुझाएर आयौँ । ‘बुबा, हामीले भाइपूजामा भेट्न आउँछौँ भनी बिदा लियौँ ।’ ‘छोरा सानु, स्याबास छ तिमीलाई, नत्र एउटा परिवारको बिचल्ली हुन्थ्यो ।
Leave a Reply