भर्खरै :

उदयपुरमा कार्यकर्ता भेला

उदयपुरमा कार्यकर्ता भेला

काठमाडौँ, १६ वैशाख । नेपाल मजदुर किसान पार्टी उदयपुर काठमाडौँ सम्पर्क समितिको आयोजनामा विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गस्थित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले नेमकिपाले सरकारमा गएका शासक पार्टीले गरेका देशघाती कदमविरुद्ध जनतालाई सचेत पार्दै आइरहेको छ भन्नुभयो । उहाँले पार्टी कार्यकर्ताहरूले विश्व सर्वहारा वर्गका महान् नेता माक्र्सको जीवनी अध्ययन गरेर त्यसबाट सिक्नुसपर्ने धारणा राख्नुभयो ।
उहाँले पुँजीवादी व्यवस्थामा कामदार जनताका छोराछोरीहरूले उच्च शिक्षा हासिल गर्न नसक्ने हुँदा समाजवादी आन्दोलनको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो । शासक वर्गले विभिन्न जालझेल गरेर चुनावमा पैसा, सामान बाँडेर निर्वाचन जितेका कारण जनताको हित नहुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपा प्रदेश १ का सदस्य महेन्द्र बखुन्छेले नेपालका युवाहरूलाई शासक दलका नेताहरूले वैदेशिक रोजगारीको नाउँमा सस्तो ज्यामीको रूपमा मानव बेचबिखन गरेको आरोप लगाउनुभयो ।
नेक्राविसङ्घ केन्द्रीय समितिका सचिव दिनेश खड्गीले विद्यार्थीहरू सानै उमेरदेखि नै राजनीतिकरूपमा सचेत र सङ्गठित भई राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा जानकार हुनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा उदयपुरका रामप्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा भोजराज बस्नेत, विष्णुप्रसाद खत्री, सुशील भट्टराईले पनि बोल्नुभएको थियो । भेलाले बिमल बुढाथाकीको अध्यक्षतामा ९ सदस्यीय नेक्राविसङ्घ उदयपुर–काठमाडौँ सम्पर्क समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *