भर्खरै :

भक्तपुर जिल्ला बक्सिङ सङ्घको साधारणसभा तथा जिल्ला अधिवेशन सम्पन्न

भक्तपुर जिल्ला बक्सिङ सङ्घको साधारणसभा तथा जिल्ला अधिवेशन सम्पन्न

भक्तपुर, १६ वैशाख । भक्तपुर जिल्ला बक्सिङ सङ्घको साधारणसभा तथा जिल्ला अधिवेशन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि गोसाईले खेलाडीहरूले समाज परिवर्तनको लागि पनि काम गर्नुपर्ने औँल्याउँदै खेल संस्कृतिको अभिन्न अङ्ग भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “खेलाडीले समाज कतातिर गएको छ, समस्या के हो भन्नेबारे अध्ययन गर्न सके खेलको सार्थकता रहन्छ । वैशाख १८ गते मई दिवस मनाइँदै छ । खेलाडीहरूले पनि मई दिवसको महत्वबारे बुझ्नुपर्छ ।”
उहाँले खेलाडीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रम नियालेर सुसूचित हुनुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “युवाहरू विदेसिनुको दोष सत्तामा जाने शासकहरूको हो । शासक दलहरूले नेपालका धेरै कलकारखानाहरू कौडीको मूल्यमा विदेशीलाई बेचेर खाए । खेलाडीहरू समाजसँग एकाकार भई अगाडि जान सकून् ।”
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपा ७ नं वडाका वडाध्यक्ष उकेश कवांले भन्नुभयो, “खेलकुद विकास तथा खेल गतिविधि अगाडि बढे अस्पतालको कममात्र आवश्यकता पर्छ । प्रत्येक खेलाडी अनुशासित हुन जरूरी छ । अनुशासिन खेलाडीले मात्र देशको सेवा गर्न सक्छ ।”
खेलाडीहरू हरेक मोर्चामा अग्र भागमा रहनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले २०७२ सालको भूकम्प र कोरोना महामारीको बेला खेलाडीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
उहाँले यस वर्ष पनि वर्षको उत्कृष्ट खेलाडी तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याएका निर्णायक, प्रशिक्षक र खेलाडीहरूलाई भक्तपुर नगरपालिकाले सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालले नेपालका बक्सिङ खेलाडीहरू उज्बेकिस्तानमा आयोजना भएको अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा खेल्न गइरहेको जानकारी गराउँदै प्रथम साफ र जापानमा सम्पन्न बक्सिङ प्रतियोगितालगायत अन्य खेल गरी १३ वटा खेलमा प्रतिस्पर्धा गरेको चर्चा गर्नुभयो ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले खेलाडीहरूलाई ग्लोब्स प्रदान गर्ने जानकारी गराउँदै बक्सिङ प्रशिक्षण केन्द्रमा रिङको बन्दोबस्त गरिएकोमा भक्तपुर नगरपालिकाप्रति आभार प्रकट गर्नुभयो ।
नेपाल बक्सिङ सङ्घका कोषाध्यक्ष गौतम सुजखुले भक्तपुर जिल्लामा बक्सिङ खेलको विकास सक्रियरूपमा अगाडि बढेको जानकारी गराउँदै यहाँका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल भएको छ भन्नुभयो ।
भक्तपुर जिल्ला बक्सिङका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल बक्सिङ सङ्घका मानबहादुर भण्डारी, बाग्मती प्रदेश खेलकुद विकास समितिका धनकुमार मैनालीले जिल्ला सङ्घको अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ सङ्घको निवर्तमान अध्यक्ष केशव त्वानाबासु, जिल्ला बक्सिङ सङ्घका सल्लाहकार विश्वराम कवां, रवीन्द्र खर्बुजा तथा राजकुमार लघुलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नवनिर्वाचित सङ्घका पदाधिकारीहरूलाई बधाई दिनुभयो ।
कार्यक्रमको दोस्रो सत्रले रामकृष्ण प्रजापतिको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन ग¥योे । उपाध्यक्षमा राजन कुम्पाख र सुरोज ग्वाछा, सचिवमा साजन लघु र कोषाध्यक्षमा लक्ष्मीप्रसाद चवाल, सदस्यहरू गौतम सुजखु, केदार तुइतुई, गणेश साँगामी, राजाराम शाख, राजु दुवाल, दिनेश बासुकला, निशा लोहला र तुल्सीराम ग्वाछालाई चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *