समाजका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरी गाईजात्रा मनाउनुपर्ने
- भाद्र ६, २०८३
स्मारक संरक्षित जिल्ला भक्तपुर नेपालकै सांस्कृतिक, ऐतिहासिक तथा सम्पदाले भरिपूर्ण सहर हो । जीवित स्मारकको सङ्ग्रहालको रूपमा परिचित भक्तपुर सहर पहिलेदेखि बलियो किल्लाको रूपमा रहेको छ । शिक्षा, साहित्य, सम्पदा, कला, व्यापार–व्यवसाय, संस्कृति र रहनसहनको हिसाबले भक्तपुर उन्नत सभ्यताको बस्तीको रूपमा रहेको छ । यहाँका विद्वान, कलाप्रेमी, वास्तुकलाप्रेमी र काव्य मर्मज्ञहरूकै कारण भक्तपुर कला, कृति र संस्कृतिको सहर बन्यो । यस्तै यहाँका अमूल्य सम्पदाहरूमध्ये भनपा वडा नं. ९ स्थित वाकुपति नारायण मन्दिर पनि एक हो ।
भक्तपुर सांस्कृतिक नगर हो । यो स्मारक संरक्षित नगर हो । यो पर्यटकहरूको गन्तव्यस्थल हो । वाकुपति नारायण मन्दिर नगरको पूर्वतर्फ रहेको पर्यटकहरूको पहिलो आकर्षण केन्द्र हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शनिबार एक विशेष समारोहबिच ‘वाकुपति नारायणमा तामाको छानामा सुनको जलप २०८० पुस्तक’ सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्नुभयो । सम्पदा संरक्षण गरेर नेपालको मात्र होइन संसारकै हेर्नलायक स्थल बनाउन भक्तपुर नगरपालिका लागिरहेको बेला जनताको आर्थिक सहयोग र साथमा भक्तपुरमा बनेको यो उदाहरणीय र गतिलो कदम हो । वाकुपति नारायणको छानामा तामाको पाता राखेर सुनको जलप लगाउने काममा स्थानीय ज्येष्ठ नागरिकहरूको सक्रियता र योगदानको कारण १ करोड १५ लाख ९५ हजार ६ सय २८ रूपैयाँ चन्दा उठेको थियो । यो सहयोग सामान्य रकम होइन । यो सहयोग देशकै लागि नमुना काम हो ।
भनिन्छ, भक्तपुर कलाकारहरूको सहर हो । यहाँका बासिन्दाहरू वाद्यवादन, नाचगानमा मात्र होइन पाटी, मन्दिर, सत्तल, ढुङ्गेधारा, चैत्य, विहार आदि बनाउन पनि निपुण छन् । यहाँका कालीगडहरू अन्य जिल्लामा पुगेर पनि धेरै मन्दिरहरूको मर्मत सम्भार तथा पुनः निर्माण भयो । उनीहरू काठ, ढुङ्गा, धातु, माटो, पित्तल आदिमा विभिन्न मूर्तिहरू बनाउँथे । यस हिसाबले साँच्चै भक्तपुर कलाकार या कालिगडहरूको सहर हो कि भन्ने लाग्छ । मठ–मन्दिर, सत्तल, ढुङ्गेधारा, पाटी, मण्डप र अन्य स्थानमा रहेका देवी देवताका मूर्तिहरूमा रहेको वस्त्र, पगरी, फेटा, धोती, केश, जरिदार कपडाले कुनै बेलाको भेषभूषाको स्थिति थाहा हुन्छ । हाँडी, गाग्रो, घँैटो, कलश, घडा, कचौरा, माटो , काठ, छाला र धातुका भाँडाकुँडाले त्यसबेलाको शिल्प थाहा हुन्छ । यस्तै बञ्चरो, छुरा, स्याँगी, बसिला, पानी, अन्न र खाना पकाउने भाँडावर्तनले वास्तु शिल्पको परम्परा थाहा हुन्छ । यसले स्कूल कलेज नभएको त्यो समयमा यस्ता शिल्पहस्तीहरूको कारण ती कलाकार र अग्रजहरू हाम्रा इन्जिनियरहरू हुन्, प्राध्यापकसरहका जानकारहरू हुन् भने थाहा हुन्छ । यस्ता सीप, कला र अनुभवलाई नयाँ पुस्तामाझ बाँड्नु पनि धर्म हो । समाजका यस्ता अगुवाहरू देशभरि पुग्नुपर्छ, आ–आफ्नो स्थानको सम्पदा संरक्षण गरेर जीवन्तता दिनुपर्छ । वाकुपति नारायणको छानामा तामाको पाता हालेर सुनको जलप राख्न सहयोग गर्ने सबै श्रद्धा र आस्थाका सहयोगी र उपभोक्ता समितिमा बसेर काम गर्ने सबै समाजसेवीहरू धन्यवादका पात्र हुन् ।
Leave a Reply