भर्खरै :

भैरहवामा ‘भक्तपुर काण्ड’ को भत्र्सना

भैरहवामा ‘भक्तपुर काण्ड’ को भत्र्सना

बुटवल, ६ भदौ । नेपाल मजदुर किसान पार्टी रूपन्देहीले शनिबार भैरहवामा भदौ ९ ‘कालो दिवस’को भत्र्सना गर्दै एक कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’को भत्र्सना गर्दै प्रतिक्रियावादीहरूबाट हुने राजनीतिक षड्यन्त्रहरूबारे नयाँ पुस्तालाई पनि सतर्क बनाउनु आवश्यक छ भन्नुभयो ।
नेमकिपाले देशमा आमूल परिवर्तन ल्याउन व्यापक कामदार जनतालाई सचेत र सङ्गठित बनाएको देखेर आतिएको प्रतिक्रियावादी शासकहरूले नेमकिपा र नेमकिपाका अगुवाहरूलाई समूल रूपमा नष्ट गर्न खोजेकै कारण पञ्चायती व्यवस्थाको आयु छोटिएको चर्चा गर्दै अध्यक्ष वासीले नेपालमा कामदारवर्गको शासन स्थापना गर्न कठिनभन्दा कठिन दिनहरूमा पनि नेमकिपाले सङ्घर्ष गरिरहेको छ भन्नुभयो ।
सुशासनको नारा दिएर आएको नयाँ सरकारले अरबौँ कमाउनेहरूलाई प्रतिअरब दस– बा¥ह करोड कर छुट र गरिबहरूको बिजुलीमा भ्याट लगाई कर थोपरेर कानुनी रूपमै कामदारवर्गलाई झन् दबाउन खोजेको उल्लेख गर्दै अध्यक्ष वासीले पुँजीवादी राज्य व्यवस्थाको रूप फेरिए पनि शोषण, दमन, अन्याय र अत्याचार नरोकिएको कारण वर्गसङ्घर्ष जारी रहने छ भन्नुभयो ।
वर्गीय रूपमा सचेत जनताले मात्र नेपालमा आमूल परिवर्तन ल्याउन सक्ने स्पष्ट पार्दै उहाँले नयाँ पुस्तामा आलोचनात्मक चेतनास्तर उकास्नु पर्छ भन्नुभयो ।
सुग्रीम साहनीले नेमकिपालाई दबाउन रचिएका षड्यन्त्रहरूका इतिहासको अध्ययनबाट नयाँ पुस्ता सावधान हुने उल्लेख गर्दै भक्तपुर काण्डको निन्दा गर्नुभयो ।
माया चौधरीले भक्तपुर काण्डको षड्यन्त्र चिर्न कानुन व्यवसायीहरूको योगदान उल्लेखनीय रहेको चर्चा गर्दै सो काण्डमा यातना भोगेका पीडितहरूको पीडा पढ्दा अहिले पनि आङ सिरिङ हुन्छ भन्नुभयो ।
कला ज्ञामीले पुँजीवादी व्यवस्थाको शिक्षामा रहेको वर्गीय विभेदका कारण कामदारवर्गका छोराछोरी अवसरबाट वञ्चित हुनुपरेको बताउँदै सबैलाई व्यक्तित्व विकासमा समान अवसर दिनुपर्छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *