क्रान्तिकारी महिलाहरूमाझ ‘कालो दिन’ को विरोध तथा भत्र्सना
- भाद्र ६, २०८३
भक्तपुर, ६ भदौ । ओखलढुङ्गा समाज सेवा समितिको आयोजनामा भक्तपुरमा ओखलढुङ्गाको परम्परागत लाखे नाच तथा रोपाइँ जात्रा प्रदर्शन गरिएको छ ।
भक्तपुरको सिद्धपोखरी परिसरमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ओखलढुङ्गाबाट आएका सांस्कृतिक टोलीलाई खादा ओढाएर स्वागत गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सांस्कृतिक सहर भक्तपुरमा ओखलढुङ्गाको सांस्कृतिक प्रस्तुतिले भक्तपुरलाई अझ जीवन्त बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले हाम्रो पहिचान हाम्रो भाषा र संस्कृति नै भएको उल्लेख गर्दै पहिचान संरक्षण गर्नु भक्तपुर नगरपालिकाको प्रमुख कार्यमध्ये एक भएको बताउनुभयो ।
उहाँले संस्कृतिको माध्यमबाट भक्तपुर र ओखलढुङ्गाबिचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले पनि बोल्नुभएको थियो ।
ओखलढुङ्गा सेवा समाजका अध्यक्ष बर्मलाल राजभण्डारीले स्वागत तथा सत्कारका लागि धन्यवाद व्यक्त गर्दै सांस्कृतिक आदानप्रदानको सिलसिलामा भक्तपुरमा ओखलढुङ्गाको परम्परागत सांस्कृतिक प्रस्तुति गर्न आएको बताउनुभयो ।
Leave a Reply