स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
देशमा आमूल परिवर्तनको निम्ति स्थापना भएको नेपाल मजदुर किसान पार्टी राष्ट्रिय र अन्तर्राष्ट्रिय जनजीविकाका साथै भ्रष्टाचारविरोधी आन्दोलन गर्दै आएको कम्युनिस्ट पार्टी हो । विसं २०२५ साउन २ गते नेमकिपाको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी किसान सङ्घले भ्रष्टाचार र अनियमितताविरुद्ध आन्दोलन गरेर जनकारबाही गरेको थियो । त्यस्तै २०२६ असार २९ गते जालझेल राजनीतिको विरोध गरेर जनकारबाही गरेको थियो । त्यसबेलादेखि नेमकिपाले भ्रष्टाचारविरोधी आन्दोलन गर्दै आएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगेबापत करोडौँ रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा ठूला दलका नेता र उच्चपदस्थ व्यक्तिहरू पक्राउमा परेका छन् या कारबाहीको घेरामा परेका छन् ।
भ्रष्टाचारीहरू कारबाहीमा पर्नुपर्छ या उनीहरूलाई उचित सजाय दिनुपर्छ । यतिबेला भुटानी शरणार्थीको प्रकरणमा मुछेका या पैसा खाएको आरोप लागेका नेता र उच्चपदस्थ व्यक्तिहरू कति पक्राउमा परेका छन् भने कति खोजीमा छन् । यसै सिलसिलामा दिनहुँजसोको पत्रपत्रिकामा भ्रष्टाचार काण्डमा परेका व्यक्तिहरूको खबर प्रकाशमा आइरहेको छ । ‘भ्रष्टाचार नियन्त्रणमा साथ’, ‘भ्रष्टाचारविरुद्ध जागे जनता’, ‘भ्रष्टाचारविरुद्ध सडक कविता’, ‘भ्रष्टाचारविरोधी हामी’, ‘भ्रष्टाचारविरुद्ध जनआन्दोलनको झल्को’, ‘भ्रष्टलाई कारबाही हुनुपर्छ’, ‘खबरदारी गरौँ’, ‘जनता अब झुक्किदैनन्’, ‘देशभर जाग्दै भ्रष्टाचारविरोधी अभियान’, ‘दल पनि सचेत हुनुपर्छ’ आदि शीर्षकका समाचारले पनि उक्त कुरा पुष्टि हुन्छ । भ्रष्टाचार र अनियमितताको विरोधमा देशका विभिन्न स्थानबाट भ्रष्टाचारविरोधी स्वर सल्कन थालेको छ, नागरिकहरू भ्रष्टाचारको विरोधमा उत्रेका छन् । यो सकारात्मक पक्ष हो । अतः भ्रष्टाचारविरोधी अभियान आवश्यक छ ।
जनताले भ्रष्टाचारविरोधी अभियान मात्र होइन भ्रष्टाचारी पालेका दल र दलका नेताहरूलाई पनि समाजमा उदाङ्ग्याउनुपर्छ र निर्वाचनमा हराउनुपर्छ । भ्रष्टाचारीहरूलाई सरकारी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मात्र होइन जनताले पनि हराएर कारबाही गर्नुपर्छ । अबको दिनमा कुनै पनि भ्रष्ट दल र दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधिलाई जनताले सजाय दिनुपर्छ । भ्रष्ट उम्मेदवारलाई जिताउने जनताको पनि दोष छैन भन्न मिल्दैन । जनता समयमै सचेत भएर देश र जनताको सेवा गर्ने दलको झन्डामुनि लाग्नुपर्छ । देशमा भ्रष्टाचारीहरूको राज भएसम्म, भ्रष्टाचारीहरूले रजाइँ गरिरहेसम्म देश सुदृढ हुनेछैन । सन्दर्भ नक्कली भुटानी शरणार्थीको मात्र होइन कुनै पनि योजना र विकास, कुनै पनि सामानको आयात र निर्यात या अन्य कुनै पनि विषयमा हुने भ्रष्टाचार र अनियमितताको विरोधमा सरकार लाग्नुपर्छ, दोषीमाथि कारबाही गर्नुपर्छ ।
भ्रष्टाचार, अनियमितता र घुस प्रकरणमा शासकहरू, सरकारी निकायमा आबद्ध उच्चपदस्थ र कर्मचारीहरू नै संलग्न भएका छन् । तिनीहरू सबै इमानदार नभएका कारण देशमा भ्रष्टाचार बढेको हो, भ्रष्टाचारले स्थान पाएको हो । यस्ता भ्रष्टाचारीविरुद्ध जनता सडकमा उत्रनु र भ्रष्टाचारको अभियोगमा पक्राउ गर्नु सकारात्मक पक्ष हो । तर, त्यस्ता व्यक्तिहरूलाई कसैको दबाब र प्रभावमा छोड्ने काम गर्नु हुँदैन । शासक दलका आफ्ना नेता, मन्त्री, सांसदहरू कारबाहीमा पर्लान् भनेर शासक र ठूला दलका नेताहरू मिली यो मुद्दालाई झिसमिस भए शासकहरूप्रति जनताको विश्वास घट्नेछ ।
Leave a Reply