प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
काठमाडौँ, २ जेठ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पहिलो बैठक बस्यो । बैठकको कार्यसूचीमा समितिका सदस्य एवम् सचिवालयका कर्मचारीहरूको परिचयात्मक कार्यक्रम र समितिको कार्यक्षेत्रबारे छलफल राखिएको थियो । प्रतिनिधिसभाको वैशाख २३ गतेको बैठकबाट गठन भएको दस ओटा समितिमध्ये यो समितिमा २७ सदस्यीय सदस्य छन् ।
समितिको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले समितिको नाम ‘अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समिति’ राख्नुपर्ने र कार्यक्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग र वैदेशिक व्यापारसम्बन्धी मन्त्रालय पनि समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शासक दलहरूले राजदूत नियुक्तिमा योग्यताभन्दा पनि करोडौँ रुपैयाँ कमिसन खुवाउनेलाई नियुक्ति गरेको हुँदा देशको आर्थिक कूटनीति असफल भएको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै सांसद सुवालले विश्व एक ध्रुवीय भएको होइन, बहुध्रुवीय भएको र केही करोड डलर सहयोग पाएको आधारमा सरकारले साम्राज्यवादीहरूको एकध्रुवीय नीतिलाई समर्थन गर्न नहुने उल्लेख गर्नुभयो ।
आ–आफ्नो घरमा ताला चुकुल लगाउने शासक दलका नेताहरू देशको खुला सीमा बन्द गर्नुपर्नेतर्फ बोल्न नसकेकोमा प्रश्न उठाउँदै सांसद सुवालले महाकाली नदीको पानीको धार १० मिटर नेपालतर्फ धकेलेर भारतले ढुङ्गाको पर्खाल उठाएको नभत्काउने प्रम र मन्त्रीहरूसँग बयान लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अफ्रिकी देश बुर्किनाफासोका शिक्षकको तलब त्यहाँका शिक्षा मन्त्रीको बराबर भएको र राष्ट्र सङ्घमा प्रतिनिधि गर्ने त्यहाँका दूतहरू सस्तो कोठामा मिलेर बस्ने गरेको तर नेपालका प्रतिनिधिहरू न्युयोर्कको पाँचतारे होटलमा बस्ने गरेको उल्लेख गर्दै सांसद सुवालले साम्राज्यवादीहरूको सहयोगको प्रस्तावमा सचेत हुन नसके देशै नरहने स्पष्ट गर्नुभयो । सांसद सुवालले वर्तमान र भविष्यको अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता र अमेरिकी सेनाले नेपाली सेनाको व्यारेक कब्जा गर्ने एसपीपी साझेदारी खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
अमेरिकी साम्राज्यवाद र नाटो देशले युक्रेनमा हतियार र सेना पठाई आक्रमण गरेपछि रुसले त्यसको प्रत्याक्रमण गरेको उल्लेख गर्दै सांसद सुवालले संयुक्त राष्ट्र सङ्घमा तत्कालीन सरकारले युक्रेन र अमेरिकाको पक्षमा मत दिएको फिर्ता लिनु जरुरी छ, मतदानमा तटस्थ बसेको भारतले ४० प्रतिशत सहुलियतमा रुससँग इन्धन खरिद गरेर नेपाललाई नाफामा बिक्री गरेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अमेरिकी साम्राज्यवादले सेना पठाएर सन् १९८९ मा देशभक्त राष्ट्रपति नोरियगालाई लागु पदार्थ कारोबारीको आरोप लगाई राष्ट्रपति भवनबाट अपरहण गरेको उल्लेख गर्दै उहाँले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई बेचबिखन गरेका आरोपीहरूलाई मुक्त गर्न खोज्ने नेका, एमाले, माओवादीका तीन मुख्य नेतालाई पनि त्यसरी अपहरण गर्नेतर्फ सचेत गराउनुभयो ।
अर्थतन्त्र कमजोर हुँदै गएको श्रीलङ्काको विमान सेवाको ५२ करोड डलरभन्दा बढी ऋण भएको र नेपाल वायु सेवा निगमको अर्बाँै रुपैयाँ ऋणबारे पर्यटन मन्त्रीलाई थाहा हुने उल्लेख गर्दै सांसद सुवालले सानो क्षेत्रफल भएको नेपालमा पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल बोझजस्तै भइसकेको र निगजढमा थप अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको औचित्य पुष्टि नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थलको खर्बौँ रुपैयाँको बजेटलाई विश्वविद्यालय र अनुसन्धानमा खर्च गरिएको भए र अस्पताल सञ्चालन गरिएको भए नेपाली जनताको धेरै हित हुने बताउनुभयो ।
विदेशमा अध्ययन गर्न जाने दिनको ५०० भन्दा बढी नेपाली विद्यार्थी नो अब्जेक्सन सर्टिफिकेट लिइरहेको र ५ हजारभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा गइरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै सांसद सुवालले प्रकृतिको उपहार रारा ताल भएको मुगुलगायत कर्णालीका जनता गुफामा बाँच्नुपर्ने स्थितिलाई सुधार नगरेका आजसम्मका प्रधानमन्त्री र मन्त्रीहरूलाई मानव अधिकार हननको मुद्दा लगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले शुद्ध खानेपानी नपाएको देश नेपालमा सरकारले क्यासिनो र भट्टि पसल सञ्चालन गराउने होइन, विदेशी रक्सी अर्बौ रुपैयाँको आयात गर्ने होइन भन्नुभयो ।
जसपाका सांसद राजकिशोर यादवले समितिको बैठकमा अन्य देशको टीका टिप्पणी गर्न नपाउनेजस्ता ‘डरपोक’ तर्क राख्नुभयो ।
नेकाका सांसद विमलेन्द्र निधीले पुनःसमय लिएर नक्कली भुटानी शरणार्थी प्रकरणमा नेका, एमाले, माओवादीका मुख्य तीन नेतालाई पनामाका राष्ट्रपतिलाई झँै अमेरिकाले अपहरण गर्न सक्ने सांसद सुवालको भनाई रेकर्डबाट हटाउन सभापतिको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले पुनः समय लिँदै संसद् र समितिमा अन्तर्राष्ट्रिय घटना र अनुभवबारे भनाइ राख्न पाउनुपर्नेमा जोड दिनुभयो र आफ्नो अभिव्यक्ति रेकर्डबाट हटाउन नपर्नेतर्फ सभापतिको ध्यानाकर्षण गराउनुभयो ।
ज्येष्ठ सदस्य बैठकका सभापति राप्रपाका सांसद पशुपतिशमशेर राणाले सांसदहरूको अभिव्यक्ति रेकर्डबाट हटाउनेसम्बन्धी कुनै निर्देशन दिनुभएन ।
बैठकमा एमालेका सांसद दामोदर पौडेल, रास्वपाका शिशिर खनाल, नेकाका सांसद उदय शमशेर राणा, प्रकाशमान सिंह, राप्रपाका धवल शमशेर राणाले पनि बोल्नुभएको थियो ।
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले असंलग्नताको अर्थ मौन नभएको बरु आफ्नो दृष्टिकोण राख्ने भएको उल्लेख गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन राईले एडीबीसँग लिएको ६ अर्ब रूपैयाँ ऋणमध्ये ३ अर्ब रूपैयाँ खर्च भएको, अघिल्लो सरकारले कोरिया जाने श्रमिकसँग हवाई भाडा ६५ हजार भए पुग्नेमा १ लाख ८५ हजार तोकेको, चार वर्षअघि नै अहिले आरोपीमध्ये सानु धिमिरेले पैसा खाएको विषय तत्कालीन गृहमन्त्रीलाई सुनाउँदा बेवास्ता भएको, संसद् र सरकार कसले चलाउँछ आफैलाई थाहा नभएको बताउनुभयो ।
नेकाका विमलेन्द्र निधीले पुनः समय लिएर पर्यटन मन्त्री राईले संसद् र सरकार कसले चलाउँछ भन्ने भनाइमा आपत्ति जनाउँदै सभापतिको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री राईले सत्य यही हो, छलफल गर्दै जाऔँ, रेकर्डबाट हटाउनु जरुरी छैन भन्नुभयो ।
Leave a Reply