भर्खरै :

माक्र्स र माक्र्सवादबारे छलफल कार्यक्रम

माक्र्स र माक्र्सवादबारे छलफल कार्यक्रम

भक्तपुर, ५ जेठ । विश्व सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको जन्मदिवसको अवसरमा ख्वप मा.वि., ख्वप कलेजमा कार्यरत कर्मचारीहरूबिच शुक्रबार छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले शिक्षक÷कर्मचारीको व्यवहारले शैक्षिक संस्थाको प्रतिनिधित्व गर्ने भएकोले कार्यरत शिक्षक÷कर्मचारीको बानी–व्यवहार सुसंस्कृत हुनुपर्ने खाँचो औँल्याउनुभयो ।
कडाभन्दा कडा परिश्रमले मात्र समाजमा परिवर्तन ल्याउन सकिने धारणा राख्दै उहाँले हामी जहाँ÷जुन पदमा भए पनि मेहनती र परिश्रमी हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी व्यवस्था रहेसम्म भ्रष्टाचार र शोषण अन्त्य हुनेछैन । भ्रष्टाचार र शोषण पुँजीवादी व्यवस्थाको छायाजस्तै हो । भ्रष्टाचार र शोषणरहित समाज भनेको वैज्ञानिक समाजवाद हो । नेमकिपा वैज्ञानिक समाजवाद स्थापना गर्न सङ्घर्षरत छ ।”
माक्र्स बहुआयामिक व्यक्तित्व भएको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईले माक्र्सवाद र माक्र्सबारे गहन छलफल आवश्यक भएको र यसको लागि वर्षभरिको कार्यक्रम तालिका बनाई अन्तक्र्रिया गर्नुपर्ने सुझाव दिनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले माक्र्सको जीवनीबारे जानकारी दिँदै माक्र्सको सङ्घर्षमय जीवन र माक्र्सको कृतिबारे गहन अध्ययन गर्नु जरूरी छ भन्नुभयो ।
कलेजका जिन्सी अधिकृत तुल्सीराम सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र प्रशासन सहायक रोशन मचामसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *