ख्वप तिलगंगा आँखा अस्पतालमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर
- कार्तिक १८, २०८३
भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिकाद्वारा उत्पादित कम्पोष्ट मलको सही प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लि. कृषि उपसमितिको आयोजनामा भक्तपुर नगरपालिका कृषि समितिका संयोजक एवं ३ नं. वडाका अध्यक्ष राजकृष्ण गोराको प्रमुख आतिथ्यमा संस्थाका अध्यक्ष पूर्णगोपाल राजचलको सभापतित्वमा सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाले आफ्नै नगरबाट सङ्कलित फोहरबाट तयार गरिएको कम्पोष्ट मल स्थानीयले यसको उपयोग गरी उत्पादकत्वमा वृद्धि गर्न उहाँले अनुरोध गर्नुभयो ।
उहाँले यहाँबाट उत्पादन भएको कम्पोष्ट मलको प्रयोग गरी बाह्य जिल्लाका कृषकहरूलाई प्रोत्साहन दिन आग्रह गर्नुभयो । उहाँले सरकारले नेपालमै रासायनिक मलको कारखाना खोल्न नसके पनि आयातीत रासायनिक मलको मूल्य वृद्धि गर्न नहुने बताउनुभयो ।
नेपालमै रासायनिक मलको कारखाना खोल्न नेपाल मजदुर किसान पार्टीले सडकदेखि सदनसम्म सरकारलाई निरन्तर ध्यान आकर्षण गराउँदै आए तापनि सरकारको यस विषयमा ध्यान केन्द्रित नभएकोले भविष्यमा कृषि पेसालाई निरन्तरता दिनको लागि अहिलेदेखि हामी आफैँले उत्पादन गरेको कम्पोष्ट मलको प्रयोगमा ल्याएको उहाँले बताउनुभयो ।
कृषिविज्ञ रमेश वैद्यले अधिकरूपमा रासायनिक मल र विषादीको प्रयोगले खेतीयोग्य जमिनमा अम्लीयपन वृद्धि हुने भएकोले उब्जनीमा क्रमशः ह्रास आएको जानकारी दिनुभयो । हामी अधिक रासायनिक मल तथा विषादीको प्रयोग गरे तापनि यसले जमिन र प्राणी जगतको स्वास्थ्यमा क्रमिक असर गर्दै विभिन्न किसिमका दीर्घकालीन रोगहरू जस्तै ः क्यान्सर, छालाको रोग, आँखा पोल्नेजस्ता रोगहरू अधिकरूपमा फैलिँदै मानव स्वास्थ्यमा असर गरेको हुनाले यस्ता रोगहरूबाट बच्न र बढी उब्जनी गर्न भक्तपुर नगरपालिकाद्वारा उत्पादित कम्पोष्ट मल प्रयोगमा ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
रासायनिक मलमा गरेको मूल्य वृद्धि, अनुदान कटौती एवं समयमा रासायनिक मल प्रदान गर्न निरन्तर सङ्घर्ष गर्दै आएको विचार पनि उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा कृषि उपसमितिका संयोजक सम्झना खाइजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply