स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
सामुदायिक सहकारी संस्था हाम्रोजस्तो गरिब जनताको निम्ति आवश्यक छ । सामूहिक भावना, सामूहिक वितरण, सामूहिक प्रयत्न र सामूहिकरूपमा सञ्चालन भएको समुदायमा आधारित सहकारी संस्था भरपर्दाे, विश्वासिलो र स्थिर हुन्छ । सहकारी भावना, प्रभावकारी नेतृत्व, सदस्य सहभागिता, व्यवसायिक परिणाम, इमानदारिता, सदस्यसँगको प्रत्यक्ष सम्बन्ध, सहजता भएका सहकारी संस्थाहरू सफल भएका छन् । ब्याजको लोभमा मनपरी चलाएका या व्यक्तिमुखी सहकारी संस्थाहरू डुबेका छन्, सञ्चालकहरू पैसोको पोको पारेर भागेका छन् । सहकारीलाई प्रजातान्त्रिक, व्यवस्थित, व्यवहारिक, प्रभावकारी र विश्वासिलो बनाइनुपर्छ ।
सही सरकार नपाएर देशका जनता हैरान भइसकेका छन् । पदको दुरुपयोग गरेर अकुत सम्पत्ति पल्काउन पछि नपर्ने विश्वासघाती सहकारी सञ्चालकहरूले रगत पसिना बगाएर कमाएको जनताको पैसा पोको पारी भागेको घटनाले सहकारी सदस्यहरू चिन्तित भइरहेको अवस्थामा भक्तपुर साकोसले विभिन्न नीतिबारे अन्तरक्रिया गर्नु समय सान्दर्भिक मात्र होइन त्यो उत्तिकै खाँचो छ । कति सहकारी संस्थाहरू बचत सङ्कलन गर्न नसक्दा व्यापार–व्यवसाय नाजुक स्थितिमा पुगेको देखिन्छ । सहकारी एकताको सबैभन्दा दरिलो र दीगो मानिन्छ । सहकारीमा सबैखाले हैकम र शोषण अन्त्य हुने बताइन्छ । तर, सहकारीका सञ्चालकहरू पैसा थुपारेर भाग्न थालेपछि सहकारीमा हैकम जमेको, मनपरी या लापरबाही हुन थालेको घटनाक्रमले देखाएको छ । सहकारीमा धब्बा ल्याउने या विश्वास घटाउने काममा स्वार्थी सञ्चालकहरू मात्र होइन ऋण लिएर ऋण नतिर्ने ऋणीहरू पनि हुन् । ऋण प्रवाह गर्दा ऋणीको काम, आयस्रोत, उनको विगत र आगतको स्थितिको राम्रो मूल्याङ्कन गर्नुपर्ने हुन्छ । कारणवस सहकारी संस्था चलेन या डुब्यो या सञ्चालकहरू भागे भने सदस्यहरूले गर्ने के ? यसबारे पनि नीति, नियमको आवश्यकता हुन्छ ।
पैसा बोकेर भाग्ने, आर्थिक अनियमितता गर्ने, चुहावत गर्ने सञ्चालक या कर्मचारीहरूलाई सहकारी सदस्यले गर्नसक्ने कारबाही के भन्नेबारे पनि स्पष्ट हुनु आवश्यक छ । बेइमान गरेर सञ्चालकहरू भाग्दा या संस्था डुबाउँदा इमानदारीपूर्वक सहकारी चलाउने संस्थाका सञ्चालकहरूले तुरुन्तै आफ्नो संस्थाबारे जानकारी दिनुपर्ने देखिन्छ । एकातिर सहकारी सञ्चालकहरूले सहकारीबारे जानकारी दिइरहनुपर्छ भने अर्काेतिर सदस्यहरूले पनि सहकारी सञ्चालकहरूको काम कारबाही र व्यवहारबारे चासो लिइरहनुपर्छ, खबरदारी गरिरहनुपर्छ ।
Leave a Reply