भर्खरै :

सिद्धान्तहीन पार्टीको भविष्य छैन

सिद्धान्तहीन पार्टीको भविष्य छैन

काठमाडौँ, १५ जेठ । सिद्धान्तहीन पार्टीको भविष्य छैन । जतिसुकै ठूलो दल भने पनि विचार र सिद्धान्त त्यागेपछि जनताबाट टाढिनेछ । उक्त भनाइ नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलामा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले व्यक्त गर्नुभएको हो ।
उहाँले पुँजीवादी पार्टीका शासकहरूले जनताको समस्या सम्बोधन नगर्ने चर्चा गर्दै नेमकिपाले देश र जनताको समस्यालाई उजागर गरिरहेको स्मरण गराउनुभयो ।
उहाँले राजनैतिक कार्यकर्ताहरू इमानदार, नैतिकवान र देशभक्तिपूर्ण भावनाले जनताको सेवामा निरन्तर लाग्न आग्रह गर्दै जनविरोधी र देशघाती कार्यको जनताको शक्तिले बढार्नेछ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले देशको अवस्था बिग्रनुमा शासक दलहरूकै बेइमानको कारणले हो भन्दै नेपालीलाई भुटानी नागरिक बनाई मानव तस्कर गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवालले माक्र्सवादबारे स्पष्ट पार्नुभएको थियो । नेमकिपा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष राजवीर डंगोल, सचिव श्यामकुमार महर्जन र सदस्य ज्ञानुमाया दराईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *