भर्खरै :

नगर क्षेत्रमा हरियाली प्रवद्र्धन विषयक छलफल

भक्तपुर, २७ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गर्नुपर्ने दोहो¥याउनु भयो ।
राष्ट्रिय योजना आयोगको आयोजनामा सम्पन्न काठमाडांै उपत्यकाका नगर क्षेत्रभित्र उद्यान विकास र खाद्य हरियाली विकासको प्रवद्र्धन विषयक छलफल कार्यक्रममा शुक्रबार बोल्दै प्रमुख प्रजापतिले योजना निर्माणभन्दा कार्यान्वयन महत्वपूर्ण कुरा हो भन्नुभयो ।
सबै फूल एउटै टोकरीमा राख्ने गल्ती नगर्न सचेत पार्दै उहाँले भन्नुभयो, ‘हरेक नगरको आ–आफ्नो विशेषता हुन्छ । नगरको विशेषताअनुसार राष्ट्रिय योजना आयोगले कार्यक्रम तयार गरेमा व्यवहारिक हुनेछ । सरकारले बजेट पठाएमा जनप्रतिनिधिहरू काम गर्न सक्षम छन् ।’
पूर्वाधारहरूविना नगरपालिका घोषणा गरेको कारण अहिले देशभर विभिन्न समस्याहरू आइरहेको बताउँदै उहाँले डम्पिङ साइट, बसपार्क, खानेपानी, ढलनिकास, अस्पताललगायत पूर्वाधारहरू निर्माणपछि मात्रै नपा घोषणा गर्न नेमकिपाले जोड दिएको बताउनुभयो ।
स्मार्ट सिटी के हो भनी बुभ्mदै नबुझीप्रचार गर्दा अहिले अप्ठेरो परिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘नेपालको सन्दर्भमा स्मार्ट सिटी के हो ? कस्तोलाई स्मार्ट सिटी भनिन्छ ? त्यसको स्पष्ट परिभाषा राष्ट्रिय योजना आयोगले गर्नुपर्छ ।’
प्रमुख प्रजापतिले निजी क्षेत्रलाई प्लानिङको अधिकार दिएकोले उपत्यकामा हरियाली समाप्त हुँदै गएको हुँदा तत्काल त्यसलाई रोक्नुपर्ने र स्थानीय तहमार्फत व्यवस्थित आवास योजना सञ्चालन गर्नुपर्छ भन्नुभयो ।
महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले नपा घोषणाको प्रकृया नै गलत भएको बताउँदै आफू भाडाको घरमा बसेर नपा चलाउनु परेको दुखेसो पोख्नुभयो । उहाँले सांस्कृतिक क्षेत्र पहिचान गरी ठाउँ ठाउँमा पर्यटकीय स्थल बनाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिलबाबु श्रेष्ठको अध्यक्षतामा भएको छलफल कार्यक्रममा कीर्तिपुर नपाका प्रमुख रमेश महर्जन, गोकर्णेश्वर नपा, सूर्यविनायक नपा, नागार्जुन नपालगायत काठमाडौं उपत्यकाका प्रमुख, उपप्रमुखहरू र वातावरण विज्ञहरूले आयोगले गर्नुपर्ने कामको विषयमा सुझावहरू दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *