स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
पछिल्लो दशक रामचन्द्र पौडेलले राजनीतिमा असफलता व्यहोर्दै आए । असफलताबिच उत्तराद्र्धमा पौडेललाई राष्ट्र प्रमुख बन्ने अवसर जुट्यो । राष्ट्रपति बनेपछि पौडेलले संविधान र जनभावनाअनुरूप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, राष्ट्रपति बनेको छोटो अवधिमै अघिल्लो राष्ट्रपति विद्या भण्डारीले यथास्थितिमा प्रमाणीकरण गर्न अस्वीकार गरेको देशघाती नागरिकता विधेयकलाई असंवैधानिक तवरले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे । देशघाती नागरिकता विधेयक प्रमाणीकरणको देशभर विरोध भयो । १७ जेठमा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि १९ जेठमा रिट पर्यो । २१ जेठमा “… नागरिकता विधेयक, २०७९ लागू गर्ने वा कार्यान्वयन गर्ने कार्य रोक्नु वा नगर्नू–नगराउनू” भनी अन्तरिम आदेश माग भएकोमा सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश जारी गर्यो ।
२०४८ मा रामचन्द्र पौडेल कृषि मन्त्री थिए । त्यतिबेला पनि किसानले रासायनिक मलको अभाव व्यहोर्नुपरेको थियो । देशमा रासायनिक मल सर्वसुलभ उपलब्ध गराउने दायित्व पौडेलको थियो । आफ्नै पार्टी नेपाली काङ्ग्रेसभित्रको आन्तरिक किचलोको कारण रासायनिक मल ल्याउन पौडेल असफल भएको भनियो । किसानलाई समयमा रासायनिक मल उपलब्ध गर्न नसक्नुको कारण संसद्मा सरकारले जवाफ दिनुपर्ने माग उठ्यो । कृषि मन्त्रीको हैसियतले पौडेल राष्ट्रियसभामा उपस्थित भए । पौडेलले रोस्टममा बोलिरहँदा अगाडि सामुन्ने तत्कालीन एमालेका राष्ट्रियसभा सदस्य गोल्छे सार्की सुनिरहेका थिए । आफ्नो भनाइ राखेर रोस्टमबाट झरेर गोल्छे नजिक पुग्दा पौडेलको गालामा गोल्छेले चड्कन हाने ।
२०६९ साउन ३ मा तत्कालीन एनेकपा माओवादी नेताहरू प्रचण्ड र बाबुराम भट्टराईसहित शीर्ष नेताहरू भृकुटीमण्डपको पार्टी बैठकमा सहभागी हुँदा असन्तुष्ट लडाकुले कुर्सी प्रहार गरेका थिए । नेपाल संवत् ११३३ को अवसरमा आयोजित चियापान कार्यक्रममा तत्कालीन एनेकपा अध्यक्ष प्रचण्डलाई बागलुङका पद्म कुँवरले २०६९ मंसिरमा थप्पड हानेका थिए । कुँवर पूर्व माओवादी लडाकु हुन् । प्रचण्डमाथि पूर्वलडाकुका छोरा रतन तरूवाले जुत्ता प्रहार गरेका थिए ।
शासक नेताहरू जनतालाई अनेक आश्वासन र प्रलोभनमा पारेर सत्तामा पुगेपछि देश र जनताको अहितमा लाग्दा पटकपटक भौतिक आक्रमणको शिकार भएका छन् । तसर्थ, जनता भनिरहेका छन् । शासक नेताहरू होसियार !
Leave a Reply