१ वडामा युवा विद्यार्थीबिच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न
- माघ २७, २०८१
भक्तपुर, २८ जेठ । भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा एक समारोहबिच शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि प्रजापतिले खेलाडी देशका सम्पत्ति भएकोले यसको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूको जीवन यापन कठिन भएकोले खेलकुदको प्रमाणपत्र पनि शैक्षिक योग्यतासरह मान्यता पाउनुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाले खेलकुदको महत्वलाई ध्यान दिई नियमितरूपमा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता र अन्तर नगर खेलकुद प्रतियोगिता गर्नुको साथै ६ वटा खेलको प्रशिक्षण सञ्चालन गरिरहेको छ, उहाँले भन्नुभयो ।
खेलाडीहरूले राजनीतिमा पनि चासो राख्नुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले भन्नुभयो, “राजनीति राम्रो भएको देशमा खेलकुद क्षेत्र पनि राम्रो हुने गर्छ ।”
भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवांले बक्सिङ सङ्घको योगदानको कदर गर्दै खेलकुदलाई जीवनको अभिन्न अङ्गको रूपमा विकास गर्नुपर्र्ने बताउनुभयो ।
खेलकुदबाट त्यो देशको क्षमता, पहिचान, सैनिक सक्षमता नाप्ने भएकोले खेलकुदको महत्व हुन्छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले बक्सिङ प्रशिक्षक नियुक्ति गरी प्रशिक्षण दिइरहेको देशमै एउटैमात्र नगरपालिका भक्तपुर नगरपालिका भएको बताउँदै विगतमा व्यवस्थितरूपमा अन्तरनगर गरेको ताजा स्मरण भएकोले अझै बक्सिङ खेलको अन्तरमा जोड दिन अनुरोध गर्नुभयो ।
भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल बक्सिङ सङ्घका वाग्मती प्रदेशका प्रतिनिधि मानबहादुर भण्डारी, वाग्मती प्रदेश खेलकुद परिषद्का धनकुमार मैनाली, नेपाल बक्सिङ सङ्घका कोषाध्यक्ष गौतम सुजखुले पनि बोल्नुभएको थियो ।
खेलकुदमा स्वर्ण पदक विजेता अस्मिता दुवाल, भावना भण्डारी र विजय बाटालाई प्रमुख प्रजापतिले सम्मानका साथै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
Leave a Reply