भर्खरै :

चीनमा मेस्सी किन यति लोकप्रिय ?

चीनमा मेस्सी किन यति लोकप्रिय ?

हालै अर्जेन्टिनाका ‘फुटबल किङ्ग’ मेस्सी (लियोनेल मेस्सी) खेलका लागि चीन आएको खबर चिनियाँ सामाजिक सञ्जालमा व्यापक बनेको छ । अर्जेन्टिना र अष्ट्रेलियाबिच जुन १५ तारिख हुने फुटबल खेलको सम्पूर्ण टिकट पहिलो चरणमै बिक्री भएको छ । यो उच्च स्तरको फुटबल खेल हेर्नका लागि मेस्सीका चिनियाँ फ्यानहरू प्रतीक्षारत छन् ।
चीनमा मेस्सी किन यति लोकप्रिय ? किनभने चीन र अर्जेन्टिनाबिच गहिरो मित्रता छ र दुई देशका जनता धेरै नजिक छन् । विशेषगरी विगत दश वर्षमा, चीन र अर्जेन्टिनाले संयुक्तरूपमा ‘बेल्ट एन्ड रोड’ शीर्षकको सहकार्यलाई थप प्रवद्र्धन गरेका छन् । यी दुवै पक्षले संयुक्तरूपमा कोभिड–१९ भाइरस महामारीलाई विरुद्ध लडेका थिए । यी मुलुकहरू ‘टाढाका साथी’ बाट व्यापक रणनीतिक साझेदारतिर विकसित भएको देखिन्छ ।
चीन–अर्जेन्टिना सम्बन्धको विकासका लागि जनता–जनता र सांस्कृतिक आदान–प्रदान एउटा ‘पुल’ मानिन्छ र जसले दुई मुलुकका जनतालाई घनिष्ट बनाएको छ । मेस्सी विश्व स्तरीय फूटबल स्टारका रूपमा चीनमा आएर चिनियाँ फ्यानहरूलाई आनन्द मात्र दिएका छैनन् । चीन र अर्जेन्टिनाबिचको खेल तथा संस्कृतिको आदान–प्रदान साथै सहकार्यलाई प्रवद्र्धन पनि भएको छ । विशेषगरी दुई देशका जनताबिचको समझदारी र भावनालाई पनि बढाएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *