स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
कुनै समाज, टोल, गाउँ या बस्तीमा कसैले समाज, टोलवासी या कसैको अहितमा काम गरेपछि टोल–बस्तीमा निजमाथि सराप्छ, धिक्कार्छ, छिःछिः र दूरदूर गर्छ । अझ कति ठाउँमा त सामाजिक बहिष्कारसमेत गरिएको हुन्छ । आफूले गरेको गलत कामको कारण र समाजले हेपेको, थुकेको कारण अपराधीहरूलाई निद्रै लाग्दैन । समाजले भन्ला भन्ने चिन्ताले खान पनि रुचि हुँदैन । चिन्तै चिन्ताले गल्छ र कति मान्छे चिन्तै चिन्ताको कारण चित्तामा जलेको यथार्थ समाजमा नभएको होइन । राष्ट्रपति पौडेललाई पनि रात दिन निद्रा नलागेको र चिन्ताले गलाएको हो कि भन्ने आशङ्का गरिन थालेको छ । गर्नै नहुने देशघाती नागरिकता विधेयकमा हतारहतारमा प्रमाणीकरण गरेको हुनाले राष्ट्रपति पौडेललाई मुटु पोलेको पो हो कि ¤ मुटुमा समस्या देखिएपछि एक सातायता उपचारमै रहेका राष्ट्रपति पौडेलमा फेरि सोही समस्या देखिएपछि उनी शनिबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् ।
डर र चिन्तै चिन्ताले पनि मानसिक रोग लागेका मानिसहरू पनि समाजमा नभएका होइनन् । त्यस्तो चिन्ता देशको संरक्षण गर्ने राष्ट्रपति पौडेलमा नहोस् भन्ने चाहना नेपालीले राख्नु स्वाभाविक हो । तर, त्यस्तो चाहना नेपालीले मात्र राखेर नहुने रहेछ । १७ पटकसम्म प्रम हुन असफल भएका, अरू दलले मात्र होइन नेकाभित्रै जहिल्यै छायामा रहेका या मन नपराएका पौडेललाई राष्ट्रपति बनाउनुको कारण नागरिकता विधेयकमा प्रमाणीकरण गराउनुरहेछ भन्ने थाहा हुन्छ । देशको संरक्षकको रूपमा रहेको राष्ट्रपति पौडेल त्यति कमजोर मनस्थितिको हुनु हुँदैनथ्यो । विदेशमा औषधि उपचार गराउने लोभमा सरकारले राष्ट्रपतिलाई दबाब दिएर नागरिकता विधेयकमा प्रमाणीकरण गराएको हो कि ? पौडेलको आफ्नै कमजोर मनस्थितिको कारण सो विधेयक प्रमाणीकरण हुन गएको हो ?
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरिएको सो विधेयक संसद्ले अनुमोदन नगर्दै वर्तमान राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे । नेकाका नेता तथा सांसदहरूले समेत रित नपु¥याई हतारमा सो विधेयक प्रमाणीकरण गरेको दोषारोपण गरे । देशका शासक, राष्ट्रपति, ठूला दलका नेता, मन्त्री र सांसदहरूको अज्ञानता, अदूरदर्शिता र स–साना लोभ र दबाबमा परेका कारण देश कमजोर बन्दै गएको छ । देशमा राजनीतिक दलहरूको अन्तद्र्वन्द्व र सरकार कमजोर भएको मौकामा विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाले नेपाललाई उपयोग गरेर हुनसम्मको फाइदा लिए । देशलाई कमजोर बनाउने, विदेशी शक्ति राष्ट्रहरूले खेल्ने मञ्च बनाउने कामलाई कुनै देशभक्त र न्यायप्रेमी जनताले स्वीकार्ने छैनन् । नागरिकता विधेयक खारेज नभएसम्म राष्ट्रपति र सत्तासीन दलका सबै नेताहरूलाई जनताले धिक्कारिरहने छन्, सरापिरहने छन् ।
Leave a Reply