प्रभात इङलिश स्कूलमा जिल्लास्तरीय टेबुलटेनिस प्रतियोगिता सुरु
- असार २८, २०८३
देशका प्रतिक्रियावादी र प्रजातन्त्रवादीहरू मात्र होइन आफूलाई कम्युनिस्ट ठान्ने ठूला दलका नेताहरू पनि माक्र्स, एङ्गेल्स र लेनिनको विचारलाई जडसूत्र सम्झेर बक्रदृष्टिले हेर्छन्, हेरिरहेका छन् । माक्र्सवाद र लेनिनवाद जडसूत्र होइन कार्यको मार्ग दर्शक हो । यही कारण सच्चा कम्युनिस्ट पार्टीहरू माक्र्सवाद र लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्त ठान्छन् र त्यसलाई आफ्नो देश, काल र परिस्थितिअनुसार लागु गर्न प्रयास गरिरहेका हुन्छन् । माक्र्सवादी, लेनिनवादी सिद्धान्तलाई नेपालको माटो सुहाउँदो लागु गर्न नेपालका सच्चा कम्युनिस्टहरू लागिरहेका छन् । तर, कति आफूलाई कम्युनिस्ट भनिने ठूला दलहरू कम्युनिस्टको सिद्धान्त र विचार तोडमोड गर्दै नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्दै छन् र पुँजीपति र प्रतिक्रियावादीहरूलाई प्रचार गर्ने मौका दिँदै छन् । यो देशको दुर्भाग्य हो ।
माक्र्सवाद र लेनिनवाद सिद्धान्त र व्यवहारलाई गाँस्ने एउटा नमुना मार्ग हो । विश्वमै आजसम्मको एउटै मात्र सर्वग्राही नमुना हो यो । माक्र्सवाद– लेनिनवाद माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनले व्यवहारको आधारमा रचेको सिद्धान्त हो । यसकारण, माक्र्सवाद– लेनिनवाद कुनै जडसूत्र होइन, यो विज्ञान हो । माक्र्सले क्रान्तिकारी आन्दोलनको व्यवहारमा भाग लिए, क्रान्तिकारी सिद्धान्तको सिर्जना गरे । स्तालिनका अनुसार व्यवहारसित नगाँसिएको सिद्धान्त निरुद्देश्य हुन्छ † निरुद्देश्य सिद्धान्त व्यर्थ र झूटो हुन्छ । माक्र्सवाद–लेनिनवाद वस्तुगत यथार्थबाट जन्मेको हो, त्यसैको कसीमा जाँचिएको सबभन्दा सही वैज्ञानिक र क्रान्तिकारी सत्य हो । त्यस सिद्धान्तलाई निष्प्राण सूत्र ठान्नु दृष्टिदोष हो, यो विरोधको लागि विरोध हो ।
हामीले माक्र्सवादी–लेनिनवादी प्रवृत्ति र मनोगतवादी प्रवृत्तिको अन्तर या भेद थाहा पाउनु पर्छ । यो प्रवृत्तिका मानिसहरू गहिरो अध्ययन गर्दैनन्, खाली सिद्धान्त सिद्धान्तकै लागि अध्ययन गर्छन्, उनीहरू सिद्धान्तलाई वैज्ञानिक ढङ्गले विश्लेषण र संश्लेषण गर्दैनन् । उनीहरू वस्तुगत अध्ययन गर्दैनन्† विदेशी सिद्धान्त विदेशी विचार र दर्शन भनी फुकिरहन्छन् । सारमा मनोगत पद्धति विज्ञान र माक्र्सवाद– लेनिनवादविपरीत छ । यसकारण, मनोगत प्रवृत्तिको विरोध गर्नैपर्छ । कुनै दर्शन, सिद्धान्त र विचार बहुमत जनताको पक्षमा छ, बहुमत जनताको हित गर्छ भने त्यो अनुकरण गर्नुपर्छ । विज्ञान अन्तरदेशीय हुन्छ । दर्शन र विचार पनि कुनै एक देशमा मात्र लागु हुन्छ, अन्यत्र हुँदैन भन्ने होइन । कुनै देशमा भएको वैज्ञानिक आविष्कार त्यो देशको सम्पत्ति मात्र हुँदैन । त्यो आविष्कारको कुरा संसारको लागि खाँचो छ भने अनुकरण नगरी हुँदैन । के त्यो सिद्धान्त, विचार र विज्ञान कुनै देशको वैज्ञानिकको हो भनेर अरूले नसिक्ने ? के त्यो विज्ञान सिकेपछि हामी विदेशीको हुन्छ ? मनोगतवाद, सङ्र्कीणवादमा विश्वास गर्नेहरूको मन साँगुरो र सङ्कीर्ण हुन्छ । नेपालका ठूला दल भनिने कम्युनिस्टहरूको मन र विचार साँगुरो नै देखिन्छ । उनीहरू देशमा परिवर्तन गर्न होइन जसरी भए पनि ठूलो दल बनाउने र सरकारको नेतृत्व गरेर रजाइँ गरिरहने मानसिकताअनुसार काम गर्दै छन् । पुँजीवादी बन्दोबस्तको सरकारमै रहेर समाजवाद स्थापना गर्ने दिवास्वप्न उनीहरूको छ । देशमा परिवर्तन गरेर बहुमत जनताको सेवा गर्नुभन्दा सरकारमा रहेरै ऐस आरामपूर्वक जीवन बिताइरहने उनीहरूको धोको छ ।
Leave a Reply