सरकारी निकायमा हुने बेरुजुको अन्त्य कहिले ?
- जेष्ठ ४, २०८३
यतिबेला मुग्लिङ नारायणगढ सडक खण्डमा पहिरोका कारण लाखौँ यात्रीले दुःख खेप्नुपरेका छन् । वर्षात् सुरु भएसँगै कतिबेला पहिरो खस्ने हो पत्तै हुँदैन । असार १४ गते दिउँसो २ बजे झरेको पहिरो पन्छाउन १५ गते बेलुकी पाँच बजेसम्म लाग्यो । पहिरो पन्छाउँदै गर्दा पनि माथिबाट खसिरहेको हुन्छ । । सडक चौडा बनाउने क्रममा स्काभेटर, डोजर मेसिन प्रयोग गर्दा कमजोर भूभाग वर्षा हुँदा पहिरो खसिरहन्छ ।
१६ गते हुने लोकसेवा आयोगको परीक्षा दिनको लागि हजारौँ विद्यार्थीहरू पहिरोका कारण अलपत्र परेको देख्न सकिन्थ्यो । मानिसहरू समयमै आआफ्नो ठाउँमा पुग्नको निम्ति हतारमा देखिन्थे । पहिरो पन्छाउन अबेर समय लाग्ने भएपछि दुई घण्टाको जोखिम पैदल यात्रा मोलेर त्रिशुली नदी पारी झोलुङ्गे पुल भएर गन्तव्यतिर लागे । उनीहरू कोही पूर्व विराटनगर पुग्नुपथ्र्याे त कोही धनगढी पुग्नुपर्ने गुनासो सुनिन्थ्यो । लोकसेवा आयोगले वर्षाको समयमा परीक्षा राख्न नहुने उनीहरूको भनाइ थियो । बिरामी, बुढाबुढी र बच्चाहरूलाई ६ किलोमिटरको जोखिम यात्रा पार गर्न निकै कष्ट खेप्नु परेको थियो ।
वैकल्पिक बाटाहरू भरपर्दो र सहज नभइदिँदा मानिसहरू मुग्लिङ – नारायणगढ सडकखण्ड भएर नै यात्रा गर्न बाध्य छन् । वैकल्पिक सडक बाटो बनाउनु आवश्यक छ । मुग्लिङ – नारायणगढ सडक खण्ड मार्गलाई पनि पक्की र भरपर्दो बनाउनुपर्दछ । सबै मानिसहरू महँगो शुल्कको हवाइजहाज चढेर यात्रा गर्न सक्ने अवस्था छैन । सेवा सुविधा राजधानी उपत्यकाकेन्द्रित हुँदा धेरै मानिसहरू यो बाटो भएर नै यात्रा गर्छन् । सेवा सुविधा, अवसर, रोजगारी आदि उपत्यका बाहिर विस्तार र विकास भएमा मानिसहरूले कष्टदायी र जोखिम यात्रा मोल्नुपर्ने थिएनन् ।
६ किलोमिटरको यात्रापछि पुनः मुग्लिङ नारायण सडक मार्गमा निस्कन त्रिशुली नदीको कमजोर झोलुङ्गे पुल तर्नु पर्दछ । पाँच जनाको दरले तर्नुपर्ने झोलुङ्गे पुल वारिपारि हजारौँ मानिसहरूको भिड देखिन्थ्यो । कमजोर झोलुङ्गे पुल देखेर मानिसहरू राज्यलाई सराप्थे र धिक्कार्थे ।
हवाईमार्ग भएर धान दिवस मनाउन चितवन आएका रास्वपाका रवि लामिछाने पहिरो नजिक पुगी फोटो खिचाएर सामाजिक सञ्जालमा परिचर्चा गर्न भ्याए । मानिसको दुःखकष्टलाई सस्तो लोकप्रियता र प्रचारबाजीमा गएर रविले हँसीमजाक गरेको कति मानिसले गुनासो गरेका थिए ।
Leave a Reply