भर्खरै :

आन्तरिक तथा बाह्य पर्यटकको समस्या

यो पोर्टरी स्क्वायर हो कि पार्किङ स्क्वायर ? आफ्नो नजिक आएर दस जना जति पर्यटकको साथमा आएका पथप्रदर्शक दाइको प्रश्नले एकछिन मलाई झस्कायो । एकैछिन अगाडि दुईजना बहिनी र एक पर्यटकले आँगनमै बसेर पोर्टरी स्क्वायर कहाँ हो ? यहाँ सार्वजनिक शौचालय छैन ? भनेर सोधेको प्रश्न याद आयो ।
पर्यटन व्यवसायको अर्काे मुख्य स्रोत माटाका भाँडाकुँडा तथा सेरामिक्स व्यापार पनि हो । दिनप्रतिदिन पोर्टरी स्क्वायरमा विदेशी तथा आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको छ । यसको मुख्य श्रेय यहाँका स्थानीय जनताको अथक परिश्रम हो । यो भक्तपुरवासी तथा सम्पूर्ण नेपालीको लागि सकारात्मक पक्ष हो । शनिबारको दिन त कुमाले दाजुभाइलाई स्वदेशी तथा विदेशी पर्यटकलाई भाँडा बनाउन सिकाउँदैमा फुर्सद हुँदैन । स्थानीय पाठ्यक्रममा पनि अचेल यी विषय अनिवार्य पढ्नुपर्ने भएकोले हरेक दिन विभिन्न स्कूलबाट विद्यार्थीहरू आउने गर्छन् ।
भक्तपुर नगरलाई हामी खुला म्युजियमको रूपमा लिन्छौँ । खुला म्युजियमभित्रको अव्यवस्थित पार्किङ र सार्वजनिक शौचालयको अव्यवस्थामा हाम्रो ध्यान गएको छ ।
नजिक सार्वजनिक शौचालय नहुँदा दैनिक पर्यटक समस्यामा परेका छन् । तसर्थ, सही पार्किङ गर्न र शौचालय व्यवस्थामा भक्तपुर नगरपालिकाले समयमै ध्यान पु¥याउनेछ । पर्यटकहरूको मनमा बसेको ‘सफा र स्वच्छ भक्तपुर’ को अमित छापमा घात नलागोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *