भर्खरै :

बासु माविको साइकल यात्रामा ३ सयभन्दा बढीको सहभागिता

बासु माविको साइकल यात्रामा ३ सयभन्दा बढीको सहभागिता

भक्तपुर, २३ असार । बासु माध्यमिक विद्यालयको ६१ औँ स्थापना दिवसको अवसरमा शनिबार भक्तपुरमा साइकलयात्रा सम्पन्न भएको छ ।
साइकलयात्रामा नेपाल मजदुर किसान पार्टी, वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले साइकलको प्रयोगले व्यक्ति मात्र नभई सिङ्गो देश स्वस्थ, सक्रिय र बलियो हुने बताउनुभयो । छोटो दूरीको यात्राको निम्ति पेट्रोलियम इन्धनको खपत हुने यातायातको साटो साइकल प्रयोग गर्न सकिए प्रदूषणमा कमी हुनुका साथै देशको अर्थतन्त्र उकास्न पनि सहयोग हुने उहाँको तर्क थियो । छिमेकी मित्र देश चीनको उदाहरण दिँदै उहाँले देशको अर्थतन्त्र जोगाउन र आफ्ना नागरिकहरूलाई स्वस्थ राख्न सरकारले साइकल मैत्री सहरको अवधारणालाई अगाडि सार्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुरको ब्यासीस्थित विद्यालयको प्राङ्गणबाट सुरु भएको साइकल यात्रा भक्तपुरको झौखेल, दुवाकोट, सल्लाघारी, सिद्धपोखरी, दरबारक्षेत्र, टौमढी, दत्तात्रय, च्याम्हासिंह, कमलविनायक हुँदै पुनः विद्यालयको प्राङ्गणमा पुगेर टुङ्गिएको थियो । साइकल कनेक्ट भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न उक्त साइकल यात्रामा ३ सयभन्दा बढी साइकलयात्रीहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *