काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
उच्च शिक्षा तथा रोजगारीको नाउँमा युवाहरू विदेसिने सङ्ख्याले हरेक वर्ष रेकर्ड तोड्दै आएको छ । विगतको प्रयोग र जीवन गुजाराका सीपको व्यवहारिक शिक्षा ध्वस्त बनाई नेपालको शैक्षिक क्षेत्रलाई विदेशीहरूले आफ्नो स्वार्थअनुरुपको नीति योजना बनाउन आर्थिक सहयोग तथा अनुदान दिइरहेको छ । सोहीअनुरुप विदेशी शैक्षिक संस्था तथा विश्वविद्यालय सञ्चालन हुँदै यहाँका प्रतिभावान तथा क्षमतावान युवा विद्यार्थीलाई डलर तथा छात्रवृत्तिको लोभमा फसाइरहेको छ ।
नेपालको व्यवहारिक शिक्षालाई तहसनहस गरेर विदेशीहरूले नेपालीहरूमा भएको मेहनत, इमानदरीतासँगै क्षमता र प्रतिभालाई ल्य इदवभअतष्यल ीभततभच को माध्यमबाट गुलाम बनाउन चाहेको हामी नेपालीले बुझ्न सकिरहेका छैन । धेरै पहिलेदेखि नेपालको शैक्षिक पाठ्यक्रम र शिक्षा प्रणालीप्रति विद्यार्थीहरूको असन्तुष्टि थियो । तैपनि, सरकारले विदेशमा पढ्न विद्यार्थीहरूलाई ल्य इदवभअतष्यल ीभततभच नदिने निर्णय गर्दा पहिलाको कमजोरी पक्षलाई बेवास्ता गरी आफ्नै निणर्यबाट पछि हट्नुपर्यो ।
पछिल्लो जनगणना २०७८ अनुसार १५ देखि ५९ वर्ष सम्मका काम गर्न सक्ने जनसङ्ख्या ६२ प्रतिशत भए तापनि ती युवाहरूबाट सरकारले यथेष्ट लाभ उठाउन सकिरहेका छैनन् । वार्षिक ८ लाखभन्दा बढी युवाहरू अध्ययन तथा रोजगारीका लागि पलायन भएका छन् । सोही क्रममा हजारौँ अभिभावक पनि आफ्नो सन्तानको प्रगति उन्नति तथा ग्रीनकार्ड, पीआरपीलगायतमा खुसी हुँदै आफ्नो घरखेत बन्धकी राखेर घुम्न लालायित हुने संस्कार पनि विकसित भएको छ ।
तर, सरकार एकातिर युवाहरूले पठाएको रेमिट्यान्सलाई आफ्नो कमाइ खाने भाँडो बनाइरहेको छ भने अर्कोतिर नेपालमा योग्य सक्षम बलिया युवाहरू विदेशको लागि पसिना र रगत बगाएर त्यही देशलाई समृद्ध र सम्पन्न बनाएको छ । युवाले पठाएको रेमिट्यान्स र जनताले तिरेको कर जनताको हितलाई प्रयोग गर्नुभन्दा आफ्नो स्वार्थ अनुकूल उपचार र भत्तामा प्रयोग गर्नमा नेताहरू लागेकै छन् ।
नेपालमा भएका खनिज पदार्थ, जडिबुटी, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक पर्यटन र अग्र्यानिक कृषि पर्यटन उद्योगको सञ्चालन गरी नेपालमै रोजगार सृजना गरेर समृद्ध र सम्पन्न बनाउनुपर्दछ ।
चुनावमा विदेश पठाइदिने आश्वासन बाँडेर जनतालाई स्वावलम्बन हुन नदिन नेतागणहरूबाट हुँदै आएको छ । देशलाई माया गरेर नेपालमै रोजगारी गर्न चाहने युवालाई पथभ्रष्ट बनाउन टोलटोल तथा समाजमा राजनीतिक दलका कार्यकर्ताहरूसमेत लागेका छन् ।
देशको सार्वभौमिकता नै खतरामा पार्ने ऐन कानुनको विरोध गर्ने देशभक्त युवाहरूलाई लोभलालच र डलरमा फसाउन सके देशमा नेताहरूको इच्छाअनुसार नीतियोजना र कानुन बनाउन सहज हुने बताइएको छ ।
यसर्थ, सार्वभौमिकता बचाउन देशका युवाहरूलाई स्वदेशमै रोजगारी सृजनाको लागि देशमा उपलब्ध खनिज पदार्थ, जडिबुटी, प्राकृतिक तथा सांस्कृतिक पर्यटन, जलस्रोत तथा अग्र्यानिक कृषि पर्यटन क्षेत्रमा प्रयोग गर्ने नीति तथा योजना निर्माणमा जोड दिनुपर्छ ।
Leave a Reply