उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
नेपाली जनता कम्युनिस्ट पार्टीप्रति आबद्ध छन्; कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई आत्मसात गर्छन् । कम्युनिस्ट पार्टीले देशमा परिवर्तन गर्ला र बहुमत जनताको सेवा गर्ला भन्ने विश्वास जनताको हो । निर्वाचनमा जनताले कम्युनिस्ट भनिने दलका उम्मेदवारहफ्लाई नै बढी मतदान गरे । तर, विडम्बना ! कति कम्युनिस्ट पार्टीले जनतालाई कम्युनिस्ट पार्टीको उद्देश्य, सिद्धान्त र विचारबारे बुझाउन सकेको छैन, सुसूचित पार्नसकेको छैन । कम्युनिस्ट पार्टीको स्थापना देशमा आमूल परिवर्तन गरेर बहुमत जनताको सेवा गर्ने सरकार गठनको लागि भएको हो । यस उद्देश्यको निम्ति गठन भएका कति कम्युनिस्ट पार्टीहफ् माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारविपरीत देखिए । उनीहफ्को उद्देश्य र विचार नै कम्युनिस्टविरोधी देखियो । कम्युनिस्ट पार्टीभित्रै कम्युनिस्टविरोधी गतिविधि देखियो । उनीहफ्को अवसरवादी चरित्रले गर्दा नेपालको कम्युनिस्ट आन्दोलन कमजोर देखियो । नेमकिपाले झैँ अन्य कम्युनिस्ट पार्टीले समाजवादी प्रचार अभियान थालनी गरेन ।
नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका विभिन्न अवसरवादहफ्मध्ये वामपन्थी अवसरवाद पनि एक हो । मित्र शक्तिलाई शत्रु सम्झेर व्यवहार गर्ने या हिलोछ्याप्ने र शत्रुलाई मित्र ठान्ने कम्युनिस्ट नेताहफ्को गैरजिम्मेवारीले गर्दा यो समस्या देखिएको हो । देशको परिस्थिति तयार नहुँदै क्रान्तिको आह्वान गर्नु वामपन्थी अवसरवाद हो । माओवादी पार्टीले २०६२ सालमा थालनी गरेको ‘जनयुद्ध’ वामपन्थी अवसरवादको दृष्टान्त हो । फलतः माओवादी पार्टी शत्रुसामु आत्मसमर्पण गर्न पुग्यो र क्रान्तिकारी बाटो नै छोड्न पुग्यो । व्यक्तिहत्या पनि वामपन्थी अवसरवादकै अर्काे फ्प हो, जुन एमालेले गरेको थियो । विभिन्न देशमा भइरहेको कम्युनिस्ट आन्दोलनको गहिरो र तुलनात्मक अध्ययन नगर्दा र आलोचनात्मक दृष्टिकोणले नहेर्दा नेपालमा कम्युनिस्ट आन्दोलनको बाटो बिराएको देखिन्छ । कम्युनिस्ट आन्दोलनको बाटो बिराउनु कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन कमजोर बनाउनु हो ।
कम्युनिस्ट पार्टी या कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारप्रति आस्था राख्ने जनतालाई कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई सम्झाउन वा बुझाउन नसक्नु र चाहना नराख्नु विडम्बना नै हो । एकातिर सबै कम्युनिस्ट पार्टीले जनतालाई पुँजीवाद र समाजवादको भेदबारे जनताको घर आँगन पुगेर बताउन सकेनन् भने अर्कोतिर कम्युनिस्ट पार्टी सत्ताको स्वार्थमा भुलेर कम्युनिस्टविरोधी दलसँग घाँटी जोड्न पुग्यो; गठबन्धन गर्न पुग्यो । कहिले लामो त्यागको त कहिले ठूलो दलको अहङ्कार गरेर अर्काे कम्युनिस्ट पार्टीलाई नगन्ने, अझ फुटाउने, आन्तरिक द्वन्द्व चर्काउने काममा लागेर कति कम्युनिस्टहफ्ले आफ्नै विरोधीलाई पोस्ने काम गरे । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचार बोकेर, मार्गनिर्देशक मानेर त्यही विचारधाराको विरोधमा लाग्ने दलहफ्को कारण देशमा वर्ग शत्रुले फाइदा लिन खोज्दै छ । क्रान्तिलाई सफल पार्न देशका किसान, मजदुर, क्रान्तिकारी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपतिलाई पनि एकगठ गर्नु आवश्यक छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओ त्सेतुङले भनेका थिए, “युद्धको विजय वा हार हुने कुराको निर्णय जनताले गर्छन्, एक दुइटा नयाँ हतियारले होइन ।” यसले जनता नै निर्णायक शक्ति हो भन्ने मान्यता राख्छ । यसकारण, सङ्घर्ष सफल पार्न जनतालाई नै राजनीतिकफ्पले सङ्गठित गर्नुपर्छ, नेता तथा कार्यकर्ता जनतामाझ पुग्नुपर्छ, तिनीहफ्को सेवा गर्नुपर्छ । नेमकिपा जनतालाई राजनीतिकफ्पले सचेत र सङ्गठित गर्ने काममा लागेको छ । ठूलो दलको हैसियत जोडेर उपदेश बाँड्दैमा, आकर्षक भाषण गर्दैमा, लोभलाग्दो कुरो बाँड्दैमा जनता सचेत हुने होइन । लाखौँ लाख जनता सचेत र सङ्गठित भएमा देशमा परिवर्तन ल्याउन सहयोग पुग्छ । सचेत र सङ्गठित गर्ने काम नगरी पार्टी सदस्यता बढाएर समाज बदल्न सकिँदैन । नेता माओ त्सेतुङले कम्युनिस्टको हृदय विशाल हुनुपर्दछ भनेर त्यसै भनेका होइनन् । हो, सच्चा कम्युनिस्टहफ् सबभन्दा बढी दूरदर्शी र विवेकी हुन्छन् ।
Leave a Reply