काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
पूर्वसूचनाबिना विद्युत् जाँदा भक्तपुरका उपभोक्ता पनि समस्यामा परेका छन् । पहिले अन्य जिल्लामा मात्र यस्तो समस्या सुनिएको थियो । केही दिनदेखि दैनिक १५–२० पटकसम्म विद्युत् ट्रिपिङ (झ्याप्प–झ्याप्प विद्युत् कटौती) हुँदा विद्युतीय उपकरण बिग्रने स्थिति आएको छ ।
देश लोडसेडिङमुक्त हुनु नेपाल विद्युत् प्राधिकरणको उल्लेख्य सफलता हो । तर, विद्युत्को मूल्य विश्वमै महँगोमध्ये एक हुनु र यसरी विद्युत् ट्रिपिङ भइरहनु प्राधिकरणको लापरबाही र बेवास्ता हो । कहिले कम तथा कहिले अधिक भोल्टेजका कारण बल्बहरूका साथै पङ्खा, फ्रिज, मोटरलगायतका विद्युतीय उपकरणमा बिग्रने गरेका छन् । उपभोक्ताको यस्तो नोक्सानीको भर्पाई प्राधिकरणले गरेको अभिलेख छैन ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा त सामान्य हावा मात्र चल्दा र एकक्षण पानी पर्दा पनि विद्युत् जाने गरेको छ । यसले उद्योगी, व्यवसायी, पसले मात्र नभई हजारौँ विद्यार्थीहरूलाई मर्का परेको छ । कमसल उपकरणका कारण त्यसो भइरहेको हो भने उपकरण बदलेर अविलम्ब सो समस्याको समाधान गर्न जरुरी भइसकेको छ । जनताले आन्दोलन गरेपछि मात्र बिउँझ्ने प्रवृत्ति विद्युत् प्राधिकरणका जिम्मेवार अधिकारी र कर्मचारीहरूले देखाउने छैनन् भन्ने आशा गरौँ ।
Leave a Reply