ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
काठमाण्डौ, २ कात्र्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले चीन संसारका साना र विकासशील देशहरुको लागि आर्थिक समृद्धि र विकासको लागि आडभरोसा बनेको र संसारका सबै देश समान रुपमा समृद्ध बनाउने सपना चीनको मात्र नभई संसारकै सपना भएको बताउनुभएको छ ।
बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग चालू चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशन र नेपाल–चीन सम्बन्धबारे कुराकानी गर्दै अध्यक्ष बिजुक्छेंले आर्थिक र सैनिक रुपमा चीनले निकै प्रगति गरेर पनि साम्राज्यवादी देशहरुले झैं प्रभुत्ववादी चिन्तन र व्यवहार नगर्नु चीनको विशेषता भएको बताउनुभयो ।
‘चीन रुसजस्तै असफल भयो भन्नेहरु पनि गलत प्रमाणित भए र चीन प्रभुत्ववादी हुने भनेकाहरु पनि असत्य सावित भएका छन् ।’
‘एक्काइसौं शताब्दी समाजवादको शताब्दी हुनेछ भन्ने विश्लेषण चीनको आजको अवस्थाबाट पुष्टि भइरहेको छ र आगामी सन् २०५० सम्ममा संसार हामीले चिताएभन्दा निकै फरक हुने आशा गर्न सकिन्छ ।’, चीनले अघि सारेका शताब्दी लक्ष्यहरुको विश्लेषण गर्दै अध्यक्ष रोहितले भन्नुभयो ।
संसारबाट समाजवाद खत्तम भयो भनी प्रचार गर्नेहरुका लागि आज चीनको विकास र समृद्धि आफैमा एउटा जवाफ भएको भन्दै उहाँले भन्नुभयो,‘चीन रुसजस्तै असफल भयो भन्नेहरु पनि गलत प्रमाणित भए र चीन प्रभुत्ववादी हुने भनेकाहरु पनि असत्य सावित भएका छन् ।’
बिजुक्छेंले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङलाई कुशल संगठनकर्ता, शिष्ट भाषी, दुरदर्शी, बौद्धिक प्रस्तुति र आफ्नो योजनाबाट पछि नहट्ने व्यक्तित्वको रुपमा चर्चा गर्दै सीको कार्यकालमा पार्टी र सरकारले भ्रष्टाचारविरोधी कार्यबाही र अनुशासनलाई बलियो बनाउनु संसारकै लागि नमुना भएको बताउनुभयो ।
उहाँले चीनको पछिल्लो परिस्थिति समाजवादी आन्दोलनको लागि एउटा उदाहरण हुने धारणा राख्नुभयो । पश्चिमा देशका जनतासमेत चीनको आर्थिक समृद्धि र सबैको विकास गर्ने सपनाबाट प्रभावित भएको उहाँको भनाई छ ।
‘साम्राज्यवादी देशहरुको आर्थिक विकास अरु देश र जनताको शोषणमा आधारित रहेको तर चीन सबैसँग मिलेर आफ्नो र अरु सबैको विकासको सोचमा अघि बढेको छ ।’, उहाँले भन्नुभयो ।
चीनबाट नेपालमा रेल आए पछि नेपालको अर्थतन्त्रमा तीब्र आर्थिक विकास हुने बताउँदै त्यसको लागि नेपालका शासक दलहरुले पहल गर्न आवश्यक भएको बताउनुभयो ।
Leave a Reply