नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पछिल्लोपल्ट फ्रान्स हिंसाको चपेटामा प¥यो । पेरिससहित फ्रान्सका अनेक ठूला सहरहरूमा व्यापक हिंसा र आगजनी बढ्यो । यसले जनजीवन ठप्प भयो । पछिल्लो हिंसालाई सन् १९६७ मा पेरिसमा भएको विद्यार्थी आन्दोलनपछिकै सबैभन्दा ठूलो सङ्घर्ष मानिएको छ । यसलाई रोक्ने क्रममा २०० भन्दा बढी प्रहरी घाइते भए । आगजनी गरेको र हिंसा मच्चाएको आरोपमा ८७५ भन्दा बढी मानिसहरू गिरफ्तार भए ।
यो वर्ष जून २७ को बिहान अल्जेरियाली मूलका युवक नाहेललाई रातो बत्ती बाल्दा पनि गाडी नरोकेपछि प्रहरीले गोली हानेर हत्या ग¥यो । यही घटनापछि हिंसा भड्केको बताइएको छ । प्रहरीको भनाइमा – “नाहेलले पोल्यान्डको नेमप्लेट भएको कार बस लेनमा गुडाएपछि यो घटना घट्यो । हामीले उसलाई रोक्ने प्रयास ग¥यौँ । तर, उसले गाडी रोकेन र गाडी लिएर भाग्न थाल्यो । उसलाई सम्भावित खतरा ठानेर हामीले गोली हान्यौँ ।” यस घटनापछि नै फ्रान्सभरि व्यापक हिंसा र आगजनी फैलियो । खासगरी अल्जेरियाली मुस्लिम समुदाय बस्ने क्षेत्रहरूमा हिंसा र आगजनीका घटना बढी भएका छन् । सामाजिक सञ्जालमा आएका खबरहरू हेर्दा फ्रान्स सरकार हिंसा रोक्न असफल भइरहेको देखिन्छ ।
राष्ट्रपति इमानुयल म्याक्रोँले जून ३० मा पेरिसमा नयाँ अन्तरमन्त्रालय सङ्कट निवारक विभागको आपत्कालीन बैठक डाके । उनले जनतालाई घरमै बस्न र शान्ति कायम गर्न अपिल गरे । यस घटनालाई लिएर फ्रान्समा एउटा राजनीतिक कुस्ती पनि चल्यो । अनुदार र घोर दक्षिणपन्थी नेताहरू सरकारसँग आपत्काल लागू गर्न माग गरे । तर, प्रधानमन्त्री एलिजाबेथ बोर्न र गृहमन्त्री गेराल्ड डर्मेनिनले एउटा बयानमा भने, “अझै हामी यसको पक्षमा छैनौँ ।” अनुदार दल लेस रिपब्लिकन पार्टीका अध्यक्ष एरिक सियोटीले पनि आपत्काल लगाउने माग राखेका थिए । त्यस्तै मरिन ले पेनको अति दक्षिणपन्थी राष्ट्रिय पार्टी रेली (रेसेम्बलमेन्ट नेसनल) ले पनि यस्तै माग राखेको थियो । सांसद तथा पार्टी प्रवक्ता सेबेस्टियन चैनुले भने, “पहिले केही महिना कफ्र्यु लगाउनुपर्छ, खासगरी चरम हिंसा भएका स्थानमा कफ्र्यु लगाउनुपर्छ ।” स्थितिलाई नियन्त्रणमा ल्याउन प्रशासन असफल भएको उनले आरोप पनि लगाए ।
सरकारले आपत्काल लगाउन अस्वीकार गरे पनि शान्ति बहाल गर्न झन्डै ४० हजार प्रहरी तथा कर्मचारी तैनाथ ग¥यो । पुलिसबाट भाग्ने क्रममा सन् २००५ मा फ्रान्समा दुई युवकहरूको मृत्यु भएपछि पनि यस्तै दङ्गा भड्केको थियो । त्यतिबेला पनि फ्रान्स सरकारले यस्तै तैनाथीको रणनीति लिएको थियो । फ्रान्स सरकारको लागि पछिल्लो दङ्गा निकै चिन्ताजनक छ किनभने एक वर्षपछि सन् २०२४ मा फ्रान्समा ओलम्पिक खेल हुँदै छ । त्यसमा संसारभरका १० हजार ५ सय खेलाडीले भाग लिँदै छन् । आयोजक समितिले आफूले स्थितिलाई ध्यानमा राख्दै खेलको तयारी गरिरहेको बतायो । यसबाहेक गर्मी याम फ्रान्सको लागि महत्वपूर्ण मानिन्छ । लाखौँ पर्यटकले गर्मीकै बेला फ्रान्सको भ्रमण गर्ने गर्छन् । पछिल्ला हुलदङ्गाले त्यसमा पनि प्रभाव पर्नेछ ।
प्रहरीले अल्जेरियाली मूलका युवक नाहेलको हत्या गर्नुलाई दङ्गाको कारण बताइए पनि यस हिंसाका जराहरू गहिरा छन् । फ्रान्स बहुसांस्कृतिक र धर्मनिरपेक्ष देश हो । यसको धर्मनिरपेक्षतालाई संसारभर प्रशंसा गरिन्छ । सन् १७८९ को फ्रान्सेली राज्य क्रान्तिमा राखिएको धर्मनिरपेक्षताको मान्यता आज पनि त्यहाँ कायम रहेको मानिन्छ । सन् २०२० सम्म फ्रान्सको जनसङ्ख्या ७ करोड चानचुन थियो । त्यसमध्ये ८५ प्रतिशत जनता युरोपेली मूलका थिए । युरोपमा सबैभन्दा बढी आप्रवासी फ्रान्समै छन् । अल्जेरिया कुनै बेला फ्रान्सको उपनिवेश थियो । त्यही भएर त्यहाँ ठूलो सङ्ख्यामा अल्जेरियालीहरू गएर बसे । उनीहरूमध्ये धेरैजसो मुस्लिम धर्मावलम्बी छन् । एक अध्ययनअनुसार फ्रान्समा झन्डै ५० लाख मुसलमान बस्छन् । यसबाहेक झन्डै ६० लाख उत्तरी अफ्रिकी मूलका मानिस छन् । त्यहाँ ३.३ प्रतिशत मानिस काला जातिको छ भने १.७ प्रतिशत एसियाली मूलका मानिस छन् ।
नाहेल अल्जेरियाली मूलका मुसलमान थिए । त्यसैले उनको हत्यापछि मुस्लिम आप्रवासीहरूको रगत उम्लियो । केही वर्षयता फ्रान्समा दुई संस्कृतिबिच हानथाप चलेको देखिन्छ । एकातिर फ्रान्सले धर्मनिरपेक्षतामा जोड दिँदै आएको छ । व्यक्तिलाई आफ्नो धर्म चुन्ने स्वतन्त्रता छ । त्यसैले सन् २०१५ मा शार्ली हेब्दो पत्रिकाले पैगम्बर मोहम्मदको कार्टुन छाप्दा फ्रान्समा ठूलो बबन्डर मच्चिएको थियो । तत्कालीन राष्ट्रपतिले त्यस कार्यको निन्दा गरेका थिए । यसैलाई लिएर उग्रपन्थीहरूले कार्टुन बनाउने कार्टुनिस्टको हत्या गरेका थिए । यसबाहेक पेरिसको बाहिरी क्षेत्रमा एकजना प्राध्यापकको पनि हत्या भएको थियो । आफ्ना विद्यार्थीलाई सो कार्टुनबारे बताएको हुनाले उनको हत्या गरिएको बताइएको थियो । यस घटनापछि फ्रान्सेली जनताको सोचमा हेरफेर आउन थाल्यो । अन्य युरोपेली देशहरूमा जस्तै फ्रान्समा पनि दक्षिणपन्थीहरूको बिगबिगी बढ्दै छ । विशेषगरी फ्रान्स पसेका मुसलमान शरणार्थीहरूको विषयलाई लिएर दक्षिणपन्थीहरू जागेको देखिन्छ । यस दक्षिणपन्थी उभारलाई रोक्न नै पछिल्लो निर्वाचनमा डेमोक्रेटिक र वामपन्थी मतदाताहरूले म्याक्रोँलाई मत दिएका थिए । यद्यपि, म्याक्रोँले पिपलको पातजस्तै हुलको मनोदशाअनुसार विचार फेर्दै आएका छन् । रुस–युक्रेन युद्धले गर्दा फ्रान्समा आर्थिक सङ्कट पहिलेभन्दा पनि बढी गहिरिएको छ । अवकासको उमेर बढाएर ६४ वर्ष पु¥याउने सरकारी निर्णयका कारण जनता उसै पनि निरास छन् । त्यहाँका दक्षिणपन्थी पार्टीहरूले बढ्दो आर्थिक सङ्कटको कारण मुसलमान आप्रवासीहरू हुन् भन्दै छन् । जब कि मुसलमान आप्रवासीहरू नै बढी आर्थिक सङ्कटको मार भोग्दै छन् । त्यसैले गर्दा उनीहरूमा धार्मिक स्वाभिमान जाग्दै छ । अल्पसङ्ख्यक काला जातिलाई छोड्ने हो भने बहुमत आप्रवासीहरू पेरिसबाहिर बनेका ठूलाठूला शिविरहरूमा बस्न बाध्य छन् । पछिल्लो सङ्कट र अराजकताले फ्रान्सलाई नवनाजीवादतिर धकेल्दै छ । ग्रीस र इटालीजस्ता युरोपेली देश पहिले नै नवनाजीवादको शिकार भइसकेका छन् । दुर्भाग्य भन्नुपर्छ फ्रान्स मात्र होइन, युरोपभरि नै उदार वामपन्थी शक्तिहरूले तीव्ररूपमा आफ्नो प्रभाव गुमाउँदै छन् । यो फ्रान्सको लागि मात्र होइन सारा संसारको लागि निराशाजनक खबर हो ।
(न्युजक्लिकबाट)
अनुवाद : सम्यक
Leave a Reply