नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
चिनियाँ जनता र संसारलाई चिनियाँ क्रान्तिका नेता को हुन् र कस्ता छन् भन्ने जानकारी दिने अमेरिकी पत्रकार एड्गर स्नो हुन् । २२–२३ वर्षको उमेरमा उनी अमेरिकाबाट चीन पुगे । उनले त्यहाँ ७ वर्ष चिनियाँ भाषा र चीनको अध्ययन गरे तथा येनचिङ (Yenching) विश्वविद्यालयमा अध्यापन गरे । सिकागो ट्रिब्युन (Chicago Tribune), न्युयोर्क सन (The New York Sun) र न्युयोर्क हेराल्ड ट्रिव्युन (The New York Herald Tribune) जस्ता अमेरिकी पत्रिका र बेलायतको ‘लण्डन डेली हेराल्ड’ (The London Daily) को संवाददाता रहे ।
एड्गर स्नो संरा अमेरिकाको मिसौरी (Missouri) राज्यको केन्सास (Kansas) महानगरमा १७ जुलाई १९०५ मा जन्मेका थिए ।
परिवार
एड्गर स्नोका जिजुबाजे सामुयल फ्रोस्ट स्लो (Samuel Frost Snow) ले अमेरिकाको दासमोचनको गृहयुद्धभन्दा पहिले नै आफ्ना दासहरूलाई मुक्त गरेका थिए ।
उनका बुबा जेम्स एड्गर (James Edgar) सन् १८७३ मा जन्मेका थिए । उनकी आमा इरिश जर्मनी आमाबाबुबाट जन्मेका अन्ना क्याथेरिन इडेल्मान (Anna Catherine Edelman) हुन् । अन्नाका बुबा जर्मनीको सिलेसिया (Silesea) का थिए र उनी दुई वर्षको हुँदा अमेरिका पुगेका थिए ।
एड्गर स्नोका बुबाले एक सानो छापाखाना र प्रकाशन गृह स्थापना गरेका थिए । त्यस छापाखाना कम्पनीले ‘केन्सास नगर नक्षेत्र’ (Kansas City Star) पत्रिका छाप्थ्यो । उनका आमाबुबाको दुई छोरा र एक छोरी थिए । उनी कान्छा छोरा थिए । धर्ममा उनको बुबा उदार थिए ।
सानोमा उनले फ्रान्सेली उपन्यासकार भिक्टर ह्युगोका ‘अभागी’ (Des-Miserables), रोबिन्सन क्रुसो (Robinson Crusoe), स्वीस परिवार रोबिन्सन (The Swiss Family Robinson), ‘धनको टापु’ (Treasure Island) जस्ता पुस्तकहरू पढेका थिए । उनले मिसौर विश्वविद्यालयमा पत्रकारिताको अध्ययन गरे । विश्व भ्रमणको निम्ति पैसा जम्मा गर्न उनी न्युयोर्क पुगे तथा सन् १९२८ मा उनी चीनको साङ्घाई पुगे । त्यसबेला उनी २३ वर्षका युवा थिए ।
साङ्घाईको अर्थ ‘समुद्रभन्दा माथि’ हो – राजनैतिक र आर्थिकरूपले राष्ट्रभन्दा माथि । साङ्घाईको एक भाग फ्रान्सेलीहरूको क्षेत्र थियो । त्यो क्षेत्र १० हजार एकडको थियो, ३० लाख चिनियाँ मजदुर र विदेशीहरू त्यहाँ बस्थे । त्यसमा धेरै चिनियाँ महिलाहरूको चिया पसल, रिक्सा तान्ने र वेश्यालयहरू थिए । सारमा, साङ्घाई अत्यन्त फोहर थियो, भोका नाङ्गा, शरणार्थीहरूको स्थल थियो । राम्रा केटाकेटीहरू बेचिने ठाउँ साङ्घाई थियो । त्यसबेला चीन भन्नु नै साङ्घाई थियो । तर, साङ्घाईमा शक्तिशाली देश बेलायती, फ्रान्सेली, अमेरिकी र जापानी बासिन्दा र तिनीहरूका वाणिज्य दूतहरू हुन्थे । फ्रान्सेली क्षेत्र मुट्ठीभर फ्रान्सेलीहरूको हातमा थियो र चिनियाँहरूले फ्रान्सेलीहरूलाई सबै प्रकारको कर तिर्नुपर्दथ्यो ।
उनले चीनमा ‘सिकागो समाचार’ (Chicago Tribune) मा काम गरे । उनले न्युयोर्कको ‘हेराल्ड ट्रिव्युन’ (Herald Tribune) भन्ने साप्ताहिकमा पनि योगदान गरे । पछि ‘हेराल्ड ट्रिव्युन’ दैनिक भयो । उनले त्यसमा काम गर्दै गए र उनी चीनको उत्तरी भागको यात्रामा पठाइए । अमेरिकामा सँगै पत्रकारिता पढेका साथी जे. बी. पावेल (J.B. Powell) को सम्पादनमा निस्कने अङ्ग्रेजी ‘चिनियाँ साप्ताहिक समीक्षा’ (China Weekly Review) मा उनले काम गरे । उनी पुनः दक्षिणी चीन हुँदै भारततिर पठाइए ।
एड्गर स्नोले निङपो (Ningpo) देखि हान्को (Hankow), नानकिङबाट हार्बिन (Harbin), पेइचिङबाट ठूलो पर्खाल (Great Wall) र त्यहाँबाट मञ्चुरिया र कोरियाको ८ हजार माइलको रेलयात्रा गरे । कुब्ला खाँले शासन गर्दाको मार्कोपोलो पुल, चीनको भेनिस भनिने हांगचाउ, नानकिङ, कन्फ्युसियसको जन्मस्थल आदिको भ्रमण गर्दै चीनको विदेशी समाज र माथिल्लो स्तरका मानिसहरूबारे जानकारी हासिल गरे । त्यसबेला चीनको जनसङ्ख्या ४० करोड थियो ।
विस्तारै उनी दक्षिण–पूर्वी एसियाको समेत संवाददाता भए र साङ्घाईबाट सानो जापानी जहाजबाट उनी फार्मोसा (Farmosa) पुगे । तुलनात्मकरूपमा उनले फार्मोसा अर्थात् ताइवान (Taiwan) राम्रो पाए । सफा, समृद्ध र माग्नेहरू फाट्टफुट्ट मात्रै उनले देखे । स्वास्थ्य सेवा र शिक्षा राम्रो, जीवनस्तर र साक्षरता प्रतिशत माथि थियो ।
फार्मोसाबाट उनी फूचो (Foochow), अमोई (Amoy) र स्वाटो (Swatow) हुँदै क्वान्तुङ प्रान्तको क्यान्टन (Canton) पुगे । क्यान्टन चीनको गणतन्त्रवादी र पहिलो राष्ट्रपति सन यात सेनको जन्मथलो र राष्ट्रवादी क्रान्तिको थलो थियो । त्यो ठाउँ त्यसबेला होनोलुलुका चिनियाँहरूको प्रभावमा थियो । क्यान्टन चीनको तेस्रो र सबभन्दा ठूलो महानगर थियो । त्यहाँ ‘सत्य चीन’ (China Truth) भन्ने पत्रिका चल्थ्यो । तर, क्यान्टन सोचेजस्तो राष्ट्रवादीहरूको उदाहरण या नमुनाको भने उनले पाएनन् । त्यहाँ कर्मचारी, साहुमहाजन, बैङ्कका मालिक र गुण्डाहरूको दबदबा थियो । भूमि, यातायातको साधन, नुन, सुती, रक्सी, वेश्यालय, रेष्टुराँ र अन्य मनोरञ्जनका साधनहरूमा कर छलिन्थ्यो र भ्रष्टाचार हुन्थ्यो ।
क्यान्टनबाट उनी सानो पोर्चुगाली उपनिवेश मकाओ (Macao) पुगे । त्यहाँको आम्दानीको स्रोत पनि जुवा, अफिम र वेश्यावृत्ति थियो । मकाओबाट सानो पानीजहाज चढेर एड्गर स्नो उत्तर भियतनामको टोन्किन (Tonkin) खाडीतिर लागे । ४५० किलोमिटरको यात्रापछि उनी राजधानी हनोइको पूर्वको बन्दरगाह हाइफोङ (Haiphong) ओर्लिए ।
फ्रान्सेली उपनिवेशवादीहरू कुराकानीमा हिन्द– चीनमा परोपकारी वा सभ्य ढङ्गले उपनिवेश चलाएको धाक लाउँथे । दुई चारजना माथिल्लो खान्दानीहरूलाई फ्रान्समा अध्ययन गर्न पठाई, केही महिलाहरूलाई फ्रान्सेली भाषा र संस्कृतिमा अभ्यस्त गराउनुलाई नै तिनीहरू ठूलो काम गरेको सम्झन्थे । तर, साँचो अर्थमा तिनीहरू साधारण भियतनामी जनतालाई पशुसरह व्यवहार गर्ने र दमनको कारण टोन्कनका जनतामा हाँसो भन्ने कुनै उनले देखेनन् ।
पूर्वी एसियामा जापानबाहेक हनोइका सडक चौडा र दायाँबायाँ बिरुवा रोपिएको राम्रो देखिन्थ्यो । दक्षिणको सैगोन सहर ठूलो भए पनि भद्रगोल थियो । यसकारण, विदेशी कार्यालयहरू हनोइमा थिए । भियतनाममा एउटा मात्रै रेलको बाटो थियो । दुई करोड जनता भएको भियतनाममा हजारौँ जनता रोग, भोक, अज्ञानता र हिलोमैलोमा डुबेका थिए ।

युनानबाट बर्मा
भियतनामबाट एड्गर स्नो युनानफु (Yunanfu) पुगे । कुन्मिङ (Kunming) त्यसको राजधानी थियो । अफिमको व्यापार, डकैतीको बिगबिगी, केटीहरूको बेचबिखन, युद्ध सरदारहरूजस्ता सिद्धान्तहीन राजनैतिक नेताहरू, अमेरिकी बैङ्कमा पैसा जम्मा गर्ने धनीहरू र पाँच लाख दासहरूको प्रान्त थियो । क्रान्ति, प्रतिक्रान्तिकारी र राष्ट्रवादबारे माथिल्ला स्तरका व्यक्तिहरू र क्षेत्रहरू विभाजित हुँदै थियो । युनान (Yunnan) को अर्थ हो– बादलको दक्षिण ।
धेरै भरियाहरू राखेर एड्गर स्नो येनान, तिब्बतको सीमा हुँदै केही दिनपछि बर्माको सरहद पुगे । बर्माको सरहदबाट रङ्गुन जाने बाटोमा खच्चरबाट लडेर उनको घुँडामा ठूलो चोट प¥यो र केही दिन उनले त्यहीँ उपचारमा बिताए । बर्माका नेताहरूमा चिनियाँ कम्युनिस्टको प्रभाव नपरून् भनेर अङ्ग्रेजहरू समाजवादको प्रचारमा लागेका थिए र बर्माका जनता र नेताहरूमा भारतविरोधी भावना थियो र बर्माले स्वतन्त्रता पायो ।
चीन फर्के
एड्गर स्नो बर्माबाट भारत पुगे । भारतको उनले पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्मको यात्रा गरे । भारतमा उनले दार्शनिक, विचारक, लेखक, कवि–कलाकारहरूसँग भेट गरे तथा छलफल गरे । तिनीहरूकै माध्यमबाट गान्धीजी, नेहरू र अन्य नेताहरूसम्म उनी पुगे । केही स्थानीय तहका भूमिगत महिला कम्युनिस्ट कार्यकर्ता सुहासिनी (Suhasini), युवा कम्युनिस्ट लीग, मजदुर नग आदि–अधिकारी (Adi-Adhikari) आदिसँग कुराकानी गरे । भारतका मजदुरहरूको स्थिति अत्यन्त दयनीय थियो । गरिब महिलाहरू आफूलाई बेच्न बाध्य थिए र भारतमा माक्र्सवादलाई त्यसबेला धर्मको रूपमा लिन्थे ।
गान्धीजीको सत्याग्रह अहिंसा धर्म मिश्रित राजनीति उनलाई दुरुह लाग्यो भने नेहरूको समाजवाद समस्याको समाधान लाग्यो, पछि उनलाई अफिमको व्यापारी, तस्कर र कमिन्टर्नको एजेन्टको झूटा आरोपमा पक्राउ पर्ने सम्भावना हुँदा उनी चीन फर्के । सन् १९३२ मा अमेरिकी वाणिज्य दूतावासमा काम गर्ने हेलेन फोस्टर स्नो (Helen Foster Snow) सँग उनको प्रेम भयो । त्यसबेला उनी २७ वर्षका थिए ।
हेलेन फोस्टर (Helen Foster)
सन् १९३३ तिर जापानले साङ्घाईमा दोस्रो पटक आक्रमण ग¥यो । साङ्घाईमा अमेरिकी वाणिज्य दूतावासमा काम गर्ने हेलेन फोस्टरसँग एड्गर स्नोको सम्बन्ध गाढा हुँदै गयो र त्यो सम्बन्ध विवाहमा परिणत भयो । मधुमास मनाउन एड्गर स्नो आफ्नी पत्नीसँग जापान पुगे तथा त्यहाँबाट फर्केर पेइचिङ पुगी ‘सुदूर पूर्वको मोर्चा’ (Far Eastern Front) पुस्तक तयार गर्न लागे । साथसाथै येनचिङ विश्वविद्यालयमा अध्यापन गरे । विश्वविद्यालयकै पुस्तकालयमा उनले माक्र्सवादी सिद्धान्तको अध्ययन गरे । त्यहीँ उनले कम्युनिस्ट आन्दोलनका युवा विद्यार्थी कार्यकर्ताहरूसँग परिचय बढाए । ती युवाहरूमार्फत उनको सम्बन्ध कम्युनिस्ट पार्टीको प्रधान कार्यालयका नेताहरूसम्म पुग्यो । उनले चीनमै बस्ने निर्णय गरे तथा ‘जिउँदो चीन’ (Living China) पुस्तक लेखे ।
उनी ‘शनिबारे सन्ध्या समाचार’ (The Saturday Evening Post) मा काम गर्दै थिए र इन्डोनेसियाका टापुहरूमा हेलेनसँगै भ्रमणमा गए । बोर्नियो र सेलेवेसका कति टापुमा हल्यान्डले उपनिवेश बनाएको थियो । नरिवल, काठ र रबर त्यहाँको प्राकृतिक स्रोत थियो । जाभा, पापाउ, न्युगिनी, बालि आदि टापुहरूका आदिवासीहरूको २१० दिने पात्रो र तिनीहरूको सभ्यता, रीतिरिवाज, शिक्षा–संस्कृति अत्यन्त प्राकृतिक र विकसित थियो । डचहरूले त्यसैबेला ती आदिवासी तथा त्यहाँको संस्कृतिलाई पर्यटन उद्योगको रूपमा प्रयोग गरेका थिए ।
इन्डोनेसियाबाट फर्केर स्नो परिवारले पेइचिङमा घरजम ग¥यो । पेइचिङ अफिसरहरू विद्वान्हरू, जमिनदारहरू, खान्दानीहरू, साहुमहाजन, रिक्सा चालकहरू र साधारण चिनियाँ जनता र विदेशी कूटनीतिज्ञहरू बस्ने, बगैँचा, पोखरी र फूलैफूलको महानगर थियो ।
पेइचिङमा स्नोले आफ्नो चिनियाँ भाषाको जानकारीलाई अझ राम्रो बनाउने अवसर पाए । साङ्घाईमा बस्दा उनले चिनियाँ विद्वान्, शिक्षक र महान् लेखक लू सुन (LuShun) सँग भेटघाट र छलफल गर्ने मौका पाएका थिए । लू सुनको ‘आह क्यूका साँचो कथा’ भन्ने रचनालाई अङ्ग्रेजीमा अनुवाद गर्न अनुवादक याओ सिन नुङ (Yao Hsiii-Nung) लाई सघाएका थिए । याओ सूचाओ विश्वविद्यालयका जातक र अङ्ग्रेजी भाषामा राम्रो दख्खल भएका व्यक्ति थिए । स्नोले मिलेर काम गर्न याओलाई पेइचिङ बोलाए । त्यसबेला अनुवादकहरूलाई कम पारिश्रमिक दिने गरिन्थ्यो । लू सुनसँगको सम्झना गर्दै उनले आफ्नो रचना ‘सुरूका यात्रा’ (Journey to the Beginning) मा गणतन्त्रबारे लू सुनको टिप्पणीलाई उल्लेख गरे – ‘गणतन्त्रभन्दा पहिले जनता दास थिए । पछि हामीहरू पूर्व दासहरूका दास भयौँ ।’
“सोभियत रुसबारे मलाई केही थाहा छैन, तर रूसबारे पढेको छु, चीनसँग केही समानता थियो । रूसबाट सिक्नेबारे कुनै शङ्का छैन । त्यस्तै हामीले अमेरिकाबाट पनि सिक्न सक्छौँ । तर, चीनको निम्ति आफ्नै किसिमको क्रान्ति अर्थात् चिनियाँ क्रान्तिको आवश्यकता छ । हाम्रै इतिहासबाट पनि सिक्नुपर्छ ।”
फासीवाद र च्याङ काइ शेक
राष्ट्रवादी दल (कोमिनताङ), फासीवाद, इटाली र हिटलरको जर्मनीबाट प्रभावित थियो । सिद्धान्ततः तीनवटैको शासन मिल्दोजुल्दो थियो । च्याङ काई– शेकले आफ्नो हवाई सेनालाई तालिम दिन इटालीको जनरल चेनौल्ट (Clair Chenault) बाट र पछि सेनाको तालिम दिन जर्मन अफिसरहरू ल्याएका थिए । त्यस सेनालाई जर्मनहरूको जस्तो ‘कालो कमिज’ भन्ने राजनैतिक संयन्त्र र गुप्तचर विभाग (Gestapo) को जस्तै बनाइयो । कोमिनताङ आफ्नै सैनिक तालिमहरूलाई जर्मनीको सैनिक एकेडेमीले नेताप्रति बफादार भएजस्तै च्याङप्रति बफादार हुन सिकाइयो । त्यसैलाई विद्यालयहरूमा र कोमिनताङको युवा सङ्गठनमा पनि सिकाइयो ।
हजारौँहजार कम्युनिस्ट र विरोधीहरू पक्राउमा पर्थे । तर, अदालतमा पु¥याइन्नथ्यो, हरेक दिन हत्या हुन्थ्यो, त्यसको जानकारी कसैलाई दिइँदैनथ्यो ।
चीनको दोस्रो युवा आन्दोलन
सन् १९३५ मा जापानले मञ्चुरिया र भित्री मङ्गोलिया कब्जामा लियो र ठूलो पर्खालको दक्षिणको होपै चाहार क्षेत्रलाई ‘स्वायत्त’ बनाउन खोज्यो । च्याङ काई शेक जापानसँग लड्नुको अर्थ कम्युनिस्टको विजय सम्झन्थ्यो । जापान ठूलो पर्खालको दक्षिण र पेइचिङको बिचको भागलाई ‘असैनिक क्षेत्र’ घोषणा गराउन चाहन्थ्यो । त्यसको अर्थ अर्को पटक ती क्षेत्र जापानको नियन्त्रणमा जान्थ्यो । कोमिना जापानसँग लड्ने पक्षमा थिएन र एक पुरानो राष्ट्रवादी सिपाही जनरल सुङ चे युयान (Sung Cheh-Yuan) लाई होपै चाहार ‘स्वायत्त’ क्षेत्रको जिम्मा सुम्पियो ।
सरकारको पछि हट्ने त्यस नीतिले उत्तरी चीनका सबै संवेदनशील जनता आत्तिए । अमेरिकी क्रिश्चियन येनेचिङ विश्वविद्यालयका विद्यार्थीहरू रोई कराई गरी देशलाई बचाउन आफ्ना विदेशी प्राध्यापक र पत्रकारहरूसम्म पुगे ।
सन् १९३५ को डिसेम्बर महिना थियो, विद्यार्थीहरूको त्यो भावना स्नो परिवारले बुझ्यो र देश बचाउन विद्यार्थीहरूलाई उत्साहित गर्न थाल्यो । ९ डिसेम्बरको दिन पेइचिङका हजारौँ युवा विद्यार्थीहरूले ‘नक्कली स्वाधीनता आन्दोलन मुर्दावाद !’, ‘विश्वासघातीहरूलाई पक्राउ गर !’, ‘जापानी साम्राज्यवाद मुर्दावाद !’, ‘चीनलाई बचाऊ !’ जस्ता नाराहरू लगाएर प्रदर्शन, पर्चा, पोस्टर, पताका, उपचार दल, सम्चारेहरू र सञ्चालन समिति बनिसकेका थिए । प्रहरीले लाठी प्रहार ग¥यो, हावामा गोली हान्यो, स्थिति झन् चक्र्यो । प्रदर्शनमा पसले, स्वास्नीमानिसहरू, किसान र ज्यामी, भिक्षुहरू, शिक्षक, साहुमहाजन, रिक्सावाल सबैले भाग लिए । त्यो आन्दोलन देशभरि फैलियो । देश–विदेशमा त्यही मुख्य समाचार बन्यो ।
१७ डिसेम्बर १९३५ का दिन पेइचिङ र थेनचिनमा दोस्रो व्यापक प्रदर्शन भयो । त्यसले व्यापकता लियो । जापान जिल्लियो, जनरल सुङले जापानको माग जनताको विरोधका कारण केही गर्न नसक्ने बतायो । जापानी जेनेरल केन्जि डोइहारा (Kanjil Doihara) लाई फिर्ता बोलाइयो । सन् १९१९ को मई महिनाको युवा आन्दोलनपछि ९ डिसेम्बर १९३५ को युवा आन्दोलन अत्यन्त महत्वपूर्ण रह्यो ।
त्यसबेला कम्युनिस्टहरूको लाल इलाकालाई घेरामा राख्न राष्ट्रवादी सरकारको राष्ट्रपति च्याङ काई शेकले सियान (Xian) मा बलियो मंचुरियाली सेना राखेको थियो । त्यसको उत्तरतिर शान्सि (Shansi) प्रान्तको येनान (Yenan) लाई चिनियाँ कम्युनिस्ट सरकारको राजधानी बनाइएको थियो । एड्गर स्नोलाई लाल इलाकाको प्रधान कार्यालयबाट बोलावट आइपुग्यो । उनी र उनका एकजना घनिष्ठ साथी जर्ज हाटेम (George Hatem) सियान पुगे । त्यहाँबाट लुकीछिपी तिनीहरू शान्सि प्रान्तको येनान र पाओ आन (Pao An) पुगे । अहिलेको रोमन वर्णमालामा दिएको उच्चारणअनुसार (Bao’an) लेखिन्छ ।
स्रोतः चार अन्तर्राष्ट्रवादी पत्रकार
Leave a Reply