भर्खरै :

कम शुल्कमा बिजुली उपभोग गर्न पाउनुपर्ने

कम शुल्कमा बिजुली उपभोग गर्न पाउनुपर्ने

साउन महिना सुरु भए पनि चितवनलगायत क्षेत्रमा राम्रोसँग वर्षा हुन सकेको छैन । समयमै पानी नपर्दा ठाउँठाउँमा अझै रोपाइँ भएको छैन । किसानहरूले बोरिङमार्फत पानी तानेर रोपाइँ गर्नुपर्ने बाध्यता छ । महँगो बिजुली शुल्कको कारण बोरिङबाट पानी तानेर रोपाइँ गर्नुपर्दा किसानलाई थप आर्थिक भार पर्न पुगेको छ । रोपाइँको सिजन छ । बेलैमा रोपाइँ गर्नुपर्छ, नगरे खान पाइँदैन । मोटरबाट पानी तानेर रोपाइँ गर्दा लागत बढ्न जाने किसानहरूकोे दुखेसो छ ।
देशमा विद्युत् शुल्क कम गर्नुपर्ने नागरिकहरूको भनाइ छ । नेपालमा ठुलठुला नदीनाला छ । बिजुली उत्पादन गर्ने प्रशस्त सम्भावना छ । अहिले पनि सम्पूर्ण जनताले बिजुली उपभोग गर्न पाएका छैनन् । नेपाल सरकारले बिजुली बत्ती सबै ठाउँमा पु¥याउन सकेको छैन । पुगेको ठाउँमा पनि सरल र कम शुल्कमा बिजुली उपभोग गर्न पाएको छैन । बरु भारतलाई सस्तोमा बिजुली बेचेको भनी सरकारको आलोचना नागरिकहरूबाट भइरहेको छ ।
कम शुल्कमा बिजुली उपलब्ध गराएमा सम्भावित सबै क्षेत्रमा किसानहरूले बोरिङमार्फत पानी तानेर उत्पादन बढाउँथे । अहिलेको बिजुलीको शुल्क महँगो भएर नै किसानले चाहेर पनि अन्नबाली लगाउन नसकेको हो । हिउँद महिनामा पानी नभएर तराईका सम्भावित क्षेत्रमा खेतीबाली हुनसक्दैन । बोरिङबाट पानी तानेर कृषि गर्दा किसानलाई लागत बढ्न जान्छ भने उत्पादित वस्तु बजारमा आउँदा महँगो बन्न पुग्दछ ।
बिजुली शुल्क सस्तो भइदिए हाम्रा धेरै घरमा इन्डक्सन चुलो हुने थियो । सबैले बिजुलीबाट खाना पकाउने थिए । भारतबाट आयातीत महँगो ग्याँस किनेर खाना पकाउनुपर्ने थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *