नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
चेक–फ्रान्सेली लेखक मिलान कुन्देरा (१९२९–२०२३) र हिन्दी लेखक निर्मल वर्मा (१९२९–२००५) को जीवनमा केही अनौठा समानता पाइन्छन् । दुवैजना खाँटी कम्युनिस्ट थिए । पछि दुवै घोर कम्युनिस्टविरोधी बने ।
चेक र फ्रान्सेली भाषामा उपन्यास, कथा, कविता, नाटक र गद्य लेख्ने मिलान कुन्देरा मरेको खबर सुनेपछि मलाई अनायासै निर्मल वर्माको याद आयो । यही जुलाई ११ मा फ्रान्सको राजधानी पेरिसमा ९४ वर्षको उमेरमा मिलानले संसार छोडे ।
मिलान कुन्देरा र निर्मल वर्माले आआफ्नो देशमा कम्युनिस्ट पार्टीमा लागेर आफ्नो राजनीतिक र साहित्यिक जीवन सुरु गरेका थिए । दुवैजना सक्रिय कम्युनिस्ट कार्यकर्ता थिए र पार्टीको सदस्यता लिएका थिए ।
सन् १९६८ तिर कम्युनिस्ट पार्टीसँग दुवै लेखकको ‘मोहभङ्ग’ हुन थाल्यो । पछि दुवै लेखकले ‘सर्वसत्तावादी शासन’ (अर्थात् कम्युनिस्ट शासन) को तीखो आलोचना गर्न थाले । दुवै झन्झन् पुँजीवादी वा बुर्जुवा खेमातिर ढल्किन थाले । उनीहरू त्यो खेमाका प्यारा बन्दै गए । दुवैले मरिमेटेर आफ्ना रचनामा ‘मानव मनका अन्तरतम गुत्थी’ छाम्न थाले ।
यस अर्थमा मिलान कुन्देरा र निर्मल वर्मा दल–बदलु लेखक थिए । दुवैले आफ्नो कम्युनिस्ट अतीतको स्मृति बिर्सन र मेटाउन सकेको प्रयास गरे । निर्मल हिन्दुत्वको शरणमा गए । मिलान पुँजीवादी निराशावाद र ‘कुनै विकल्प छैन’ का सहयात्री बने । दुवैको लागि साम्यवादको अर्थ जरैबाट उखेल्नुपर्ने ‘सर्र्वसत्तावाद’ र ‘सडेको चीज’ बन्यो ।
सन् १९६८ मा तत्कालीन सोभियत सङ्घले ‘विद्रोह’ दबाउन चेकोस्लोभाकिया गणराज्यको राजधानी प्रागमा आफ्नो ट्याङ्क र सेना पठायो । यस घटनाको दूरगामी राजनीतिक र सांस्कृतिक असर प¥यो । यसले गर्दा अमेरिकी साम्राज्यवादले साम्यवादविरुद्ध आक्रामक दुष्प्रचार गर्ने मौका पायो । धेरै बुद्धिजीवी र लेखकहरू त्यो प्रचारको फन्दामा परे ।
तत्कालीन चेकोस्लोभाकिया (आजको चेक गणतन्त्र) मा १९२९ अप्रिलमा जन्मेका थिए मिलान कुन्देरा । सन् १९४८ मा उनले चेकोस्लोभाकिया गणराज्यको कम्युनिस्ट पार्टीको सदस्यता लिए । सन् १९७० सम्म उनको सदस्यता कायम रह्यो । बिचबिचमा उनलाई पार्टीबाट निकाला गरियो । तैपनि, सन् १९५० र सन् १९५६ मा उनलाई पार्टीमा फिर्ता लिइयो । सन् १९७० सम्म उनी पार्टीमै रहे । त्यसपछि उनलाई पार्टीबाट निष्कासित गरियो ।
चेकोस्लोभाकियाको कम्युनिस्ट पार्टीका नेता, नाजीवादविरोधी योद्धा एवम् पत्रकार जुलियस फ्युचिक (१९०३–१९४३) को स्मृतिमा मिलान कुन्देराले सन् १९५५ मा एउटा कविता लेखेका थिए । त्यसको शीर्षक ‘अन्तमा’ थियो । कुनै बेला मिलान कुन्देरामा जुलियस फ्युचिकको गहिरो प्रभाव थियो ।
‘द जोक’, ‘द अनबियरेबल लाइटनेस अफ बिइङ’, ‘लाइफ इज एल्सह्वेयर’ र ‘इमोर्टालिटी’ जस्ता उपन्यासबाट मिलान कुन्देराले ठूलो नाम कमाए । तर, सामान्यतया उनका उपन्यासहरूमा कम्युनिस्टविरोधी सार पाइन्छ । ‘द अनबियरेबल लाइटनेस अफ बिइङ’ ले त स्पष्टरूपमा कम्युनिस्ट जीवनमा अर्थ नभएको सन्देश दिन्छ ।
सन् १९७० को दशकमा मिलान कुन्देरा फ्रान्स गए र पेरिसमा बस्न थाले । उनले फ्रान्सको नागरिकता लिए र फ्रान्सेली भाषामा लेख्न थाले । (यसअघि उनले चेक भाषामा लेख्दै आएका थिए ।)
पछि उनले चेक भाषा र चेक देशसँग जोडिएको आफ्नो पहिचान र स्मृतिलाई उनले घृणा गर्न थाले । त्यसैले त्यो पहिचान बिर्सन र मेट्न उनले सक्दो बल लगाए । उनले आफूलाई चेक होइन, फ्रान्सेली भाषाको लेखक भनियोस् भनी जोड दिए । कतिसम्म भयो भने उनले फ्रान्सेली भाषामा लेखेका आफ्ना रचनालाई चेक भाषामा उल्था गर्न अनुमति दिएनन् । उनी आफ्नो चेक पहिचान जरैबाट उखेल्न चाहन्थे ।
कम्युनिस्ट पार्टीबाट हिँड्न सुरु गरेका मिलान कुन्देराले आफ्नो यात्रा विरोधाभाषपूर्ण बिन्दुमा लगेर टुङ्गयाए ।
(लेखक कवि एवम् राजनीतिक विश्लेषक हुन् ।)
स्रोत : न्युजक्लिक
अनुवाद : सम्यक
Leave a Reply