बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
असार, साउन र भदौ नेपालमा पानी पर्ने महिना नै हुन् । त्यसबारे थाहा नपाएर नगरपालिकाहरूका इन्स्पेक्टर र जाँचकीहरूले सफाइ मजदुरहरूको कक्षा सञ्चालन गर्नुपर्ने हो । साथै घर बनाएर पास पुर्जी दिनुभन्दा पहिले नै बनेको घरको अगाडि, पछाडि, दायाँबायाँ सफा गराउन नागरिकहरूलाई उत्साहित गर्नुपर्ने हो, भइरहेको छैन ।
घर बनाउँदा त्यसै अलपत्र राखेका बालुवा, माटो, कङ्क्रिट आदिलाई घरबेटीलाई पुर्जी दिएर सल्लाह दिनु आवश्यक छ, त्यो पुर्जी एक जानकारी हो । २४ घण्टा वा केही दिनभित्र त्यसलाई हटाएन वा ज्यामीको अभावमा हटाउन सकेन भने डङ्गुरलाई हटाई बिल दिएर नपाले घरबेटीसँग ज्याला असुल गर्ने ऐन बनाउनु आवश्यक छ । सडक र गल्लीमा झन्डै एक फुटको गहिराइमा ढल वा पानीको पाइप राख्न खन्ने गरेका छन्, साइकल, मोटर, वाहन र यात्रुहरूलाई सास्ती हुँदै छ । छिट्टै त्यसलाई पुर्ने काम गराउनु जरुरी छ ।
हिजोअस्ति राति आएको मुसलधारे पानीले सडकको दायाँबायाँ घरबेटीहरूले सफा नगरी सडकको किनारामा राखिएका बालुवा, गिटी र माटोलाई वर्षाले बगाई ढललाई पुर्ने काम भयो । ढलबाट नबगी सडक नै ढल बन्यो । त्यसकारण, सडक पनि बिग्रियो । जनताको करबाट उठेको लाखौँ–करोडौँ रकम फेरि सडक र ढल मर्मतमा खर्च भयो । नागरिक भावनाले नागरिकहरूकै रकम खेर गएको बारे नागरिकहरूलाई भन्नुपर्ने भयो । त्यस अनावश्यक खर्चबाट जोगाउन तलका काम गरौँ–
१) वर्षा नहुँदै सडकका ढलहरू सफा गरौँ– नगरपालिकाले ।
२) ‘मेन होल’ हरूका सबै कसिङ्गरहरू सफा गरौँ ।
३) घर–निर्माण गर्न वा निर्माण गरिसकेको एक हप्ताभित्र घरबेटीले सफा नगरे नगरपालिकाले ज्यामी लगाई वा आफ्नो कर्मचारीमार्फत सफा गरी आवश्यक रकमको निम्ति बिल काटेर घरबेटीहरूलाई सजिलो पारौँ, सडक र पेटीलाई सफा पारौँ !
Leave a Reply