नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
१ अगस्त १९२७ को नानचाङ विद्रोहको मितिदेखि चिनियाँ जनमुक्ति सेनाको जन्म मानिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीले यसै दिनलाई सेनाको जन्मदिन मान्नु नानचाङ विद्रोहको उँचो मूल्याङ्कनको सूचक हो । यो एक ऐतिहासिक मोडको बिन्दु थियो । त्यहीँबाट चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ क्रान्ति नयाँ खुड्किलोमा पुगेको थियो । यसको महत्वलाई धेरै पहिलेदेखि नै मानिसकेको थियो ।
‘युद्धका समस्याहरू र रणनीति’ भन्ने आफ्नो रचनामा कामरेड माओ त्सेतुङले लेख्नुभएको छ– “हाम्रो पार्टी युद्धको तयारीमा आफैले प्रत्यक्षरूपले हिस्सा लिनुपर्ने महत्वलाई बुझ्न असफल रह्यो र पार्टीले ३ या ४ वर्षको अवधिमा अर्थात् कम्युनिस्ट पार्टी स्थापना भएदेखि कोमिनताङको राष्ट्रिय महाधिवेशनसम्म सशस्त्र सेनाको सङ्गठनको महत्वलाई बुझ्न असफल रह्यो ।”
१९२४ देखि १९२७ को अवधि र त्यसपछि पनि यस विषयलाई ठीक ठीक बुझ्न सकिएन । तैपनि, १९२४ पछि वाङपो सैनिक संस्थामा भाग लिन सुरु गरेदेखि पार्टी एक नयाँ खुड्किलोमा भित्रियो र सैनिक कार्यको महत्वलाई हेर्न सुरु गर्यो । क्वाङतुङ प्रान्तको युद्धमा कोमिनताङलाई मद्दत गरेदेखि र उत्तरी अभियानमा भाग लिएदेखि पार्टीले केही सशस्त्र शक्तिमाथि नेतृत्व प्राप्त ग¥यो । अनि क्रान्तिको असफलताबाट तीतो शिक्षा पाएर पार्टीले नानचाङ विद्रोहको सङ्गठन ग¥यो, शरद्को बाली काट्ने विद्रोह र क्यान्टन विद्रोहको सङ्गठन ग¥यो र लालसेना स्थापना गर्ने एक नयाँ अवधिमा पार्टी भित्रियो । हाम्रो पार्टीले सेनाको महत्वलाई राम्रोसँग बुझ्ने ठाउँमा पुगेको त्यो अप्ठ्यारो अवधि थियो ।’
कामरेड माओ त्सेतुङको यस हरफबाट नानचाङ विद्रोहको महत्वलाई सबभन्दा ऐतिहासिक सारको रूपमा लिइएको प्रस्टिन्छ ।
विद्रोहको यस अवसरमा ठूलो उथलपुथल भइरहेको भए पनि चीनको सामाजिक व्यवस्था अर्ध औपनिवेशिक र अर्धसामन्ती रूपमै थियो । तर, गम्भीर परिवर्तनहरू भइरहेको थियो जो क्रान्तिको अनुकूल पक्षमा थिएन । साम्राज्यवादीहरू र घरेलु प्रतिक्रियावादीहरू आपसमा सम्बन्धित थिए, तिनीहरू दुवै चिनियाँ जनताका शत्रु थिए । तिनीहरू क्रान्तिकारी शक्ति र जनतालाई हमला गर्न नयाँ नयाँ सम्झौताहरू गरिरहेका थिए । उत्तरी अभियानले ठूल्ठूला विजयहरू पाइरहेका थिए र त्यसका सेनाहरूलाई उहानका जनताले स्वागत गर्न सुरु गरेका थिए । तर, बेलायत, जापान र संरा अमेरिकी साम्राज्यवादले चीनमा आफ्नो सेनाको ठूलो सङ्ख्यामा पल्टन बढाउँदै थिए । बेलायतको दोस्रो जहाजी बेडाको २७ वटा तोपे जहाजहरू र पनडुब्बीलाई हान्ने जहाजहरू वईहोईवईमा राखिएको थियो । तिनीहरू दक्षिणमा हिँड्न थाले र साङ्घाई नाघेर याङसी नदीको बाटो लिन लागेका थिए । तिनीहरूले नानकिङमा बम खसालेर चिनियाँ क्रान्तिमा हस्तक्षेप गरे ।
चीनका नयाँ र पुराना दुवै सरकारहरू आफ्ना छलकपट पनि गर्दै थिए । नानकिङमा बेलायतको बमबारीको विरोधमा मजदुर किसान, साहु महाजन, विद्यार्थी, सिपाहींहरूको ‘बेलायतविरोधी मोर्चा’ ले चुङकङमा आयोजना गरेको जुलुस प्रदर्शनमा सिचुवानको युद्ध सरदार ल्यू सिंगले ठूलो सङ्ख्यामा जनतालाई हत्या गयो । पछि ल्यू सिंगकै सदरमुकामबाट खबर चुह्यो कि त्यो हत्याकाण्ड च्याङ काइ सेकले गराएका थियो ।
त्यस स्थितिले स्पष्ट देखायो कि साम्राज्यवादीहरूले चीनजस्तो अर्ध औपनिवेशिक र अर्धसामन्ती देशलाई नियन्त्रण गरेसम्म कुनै पनि देश स्वतन्त्र हुनसक्दैन । देशभित्रका प्रतिक्रियावादी शक्तिहरूले दबाई राखेसम्म त्यस देशका जनताले पनि प्रजातान्त्रिक अधिकारहरू पाउने छैनन् । चिनियाँ जनताले सशस्त्र प्रतिक्रान्तिको विरोधमा क्रान्तिकारी सशस्त्र सङ्घर्ष गर्नुपथ्र्याे । तिनीहरूलाई पनि क्रान्तिको फललाई क्रान्तिविरोधीको चोरीबाट जोगाउन सशस्त्र शक्तिकै आवश्यक थियो ।
कामरेड माओ त्सेतुङले ‘चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी’ भन्ने रचनामा भन्नुभयो – “मुख्य उपाय अथवा चिनियाँ क्रान्तिको मुख्य रूप सशस्त्र सङ्घर्ष हुनुपर्छ, शान्तिपूर्ण होइन ।” असङ्ख्य चर्को सङ्घर्षहरूको अनुभवबाट प्राप्त गरेको यो फेर्नै नसकिने निष्कर्ष हो ।
नानचाङ विद्रोहभन्दा पहिले सबै ठाउँमा मजदुर र किसानहरूका क्रान्तिकारी जनताले तिनीहरूको आफ्नै सशस्त्र शक्ति हुनुपर्छ भनेर माग गरेका थिए । तिनीहरूले मजदुर सङ्घहरू र किसान सङ्गठनहरूसँग बन्दुक र हातेबमहरू माग्थे । तिनीहरू आफैले आफ्ना सशस्त्र मजदुरहरूका दलहरू र किसानहरूका आत्मरक्षा दलहरू बनाउन थाले । त्यस्ता निर्दयी शत्रुहरूसँग जुझ्न तिनीहरूको आफ्नै सशस्त्र शक्ति नभइकन प्रजातान्त्रिक अधिकारहरू पाउँदैनन् भन्ने कुरा बुझे ।
पार्टीले विस्तारै प्रत्यक्ष सशस्त्र सङ्घर्ष र सशस्त्र शक्तिको सङ्गठनको तयारीको महत्व बुझ्न थाले । तैपनि, यस कुराको जानकारी अझै त्यति गहिरो थिएन, दाँजेर हेर्दा पहिलेभन्दा जरुरै राम्रो थियो । नानचाङ विद्रोहको एक मुख्य भाग कामरेड येह तिङको सेनादल थियो । त्यो सेना दल राष्ट्रिय क्रान्तिकारी सेनाको चौथो सेनाको मातहतमा कम्युनिस्ट र क्रान्तिकारी युवकहरूको एक स्वतन्त्र पल्टन थियो । पछि त्यसलाई विभिन्न दलहरूमा विभाजित गर्यो । उत्तरी अभियानको बेला त्यस दलले मुख्य अघिल्लो सेनाको रूपमा लडेको थियो । हुनानभित्र पस्नेहरूमध्ये तिनीहरू पहिला थिए र तिनीहरूले बाटोमा पर्ने सबै शत्रुहरूलाई हराए, अनि हुपे प्रान्तको उछाङ सहर कब्जा गरे । त्यस दलले ‘फलामे सेना’ को नाम कमाएको थियो ।
महान् क्रान्तिको (महान् क्रान्तिको अर्थ यहाँ १९२४ –२७ को पहिलो क्रान्तिकारी गृहयुद्धको अवधि हो) पूरा अवधिको सिलसिलामा भन्ने हो भने हामी कम्युनिस्टहरूले सैनिक र राजनैतिक कार्यमा मुख्य अग्रदलको रूपमा काम गरेको थियो । सहयोगको निम्ति कोमिनताङलाई पुनः सङ्गठन गर्ने कम्युनिस्ट पार्टीको राजनैतिक प्रस्ताव स्वीकार गरिसकेपछि तुरुन्तै सन यातसेनले चिनियाँ कम्युनिस्ट पार्टी र सोभियत सङ्घको मद्दतबाट राष्ट्रिय क्रान्तिकारी सेना र वाम्पो सैनिक संस्थान स्थापना गरे । हामी कम्युनिस्टहरूले सेना र संस्थान दुवैमा गा¥हो गा¥हो कामहरू ग¥यौँ । क्वानतुङको युद्ध सरदार चेन च्युङ मिङको विरोधमा क्वाङतुङ क्रान्तिकारी आधारलाई बलियो पार्न स्थानीय युद्ध सरदार याङ सी मिन र ल्यू चेन– हुनको विद्रोह दबाउँदा १९२५ फेब्रुअरी र अक्टोबरमा राष्ट्रिय क्रान्तिकारी सेनाले चलाएको दुवै ‘पूर्वका आन्दोलनहरू’ मा कम्युनिस्टहरू नै मुख्यशक्ति थिए ।
१९२६–२७ मा साम्राज्यवादी र सामन्तवादविरोधी उत्तरी अभियान चलाउन कम्युनिस्ट पार्टीले कोमिनताङलाई प्रेरित गरेको थियो र त्यसलाई पूर्ण समर्थन दिएको थियो । हाम्रो पार्टीले विभिन्न प्रान्तहरूमा र खास गरेर हुनान, हुपेह र क्याङसीमा सेनालाई समर्थन गर्न मजदुरहरू र किसानहरूलाई सङ्गठित ग¥यो र अभियानसँगको सहयोगमा चर्को क्रान्तिकारी आन्दोलनलाई विकास गयो । सेना र प्रान्तहरू दुवैमा हाम्रा क्रान्तिकारी कामरेडहरूले के देखाइदिएका थिए भने तिनीहरू न कठिनाइदेखि डराउँथे न त मृत्युदेखि डराउँथे । तिनीहरू लडाकू ढङ्गले लडे र त्यसले मोती नदीदेखि याङसी नदीसम्मका शत्रुहरूलाई उत्तरी अभियानले हराउन सम्भव बनायो र ६ महिनाभित्र हुनान प्रान्तमा भित्रिन सम्भव बनायो । देशभरमा जनताको पूर्ण विजय निश्चित छ भन्ने बुझे । तर, कुरा आशा गरेको भन्दा ठीक उल्टो ढङ्गले विकास भयो ।
कम्युनिस्ट पार्टीसँग सहयोग गरेदेखि नै अरूको खर्चमा नाफा खाने वर्गीय स्वभावअनुसारै पुँजीपतिवर्गले फुटको निम्ति तयारी गर्दै थियो । तिनीहरूले आफ्नो अभिप्रायः लुकाएका थिए । हामीसँग अनुभव थिएन र हामी मूर्ख बनाइयो । उत्तरी अभियान सुरु हुनासाथै च्याङ काइ सेकले प्रतिनिधित्व गरेको कोमिनताङको प्रतिक्रियावादी पक्ष धेरै बलियो नभएको हुनाले तिनीहरूले कम्युनिस्ट पार्टी र मजदुरहरू तथा किसानहरूसँग मद्दत र समर्थन मागे । तिनीहरू हामीलाई सेनामा राजनैतिक काम गराउन चाहन्थे, लडाइँमा शत्रुका ठाउँहरूमा हान्न लगाउन चाहन्थे र जनतासँगको हाम्रो घनिष्ठ सम्बन्धलाई आफ्नो निम्ति जनशक्ति, रसद, गुप्त खबरहरू पु¥याउन र समस्याहरू सुझाउने साधन बनाउन चाहन्थे । छोटोमा तिनीहरू आफ्नो राजनैतिक शक्तिको निम्ति हामीलाई लडाएर छकाउन चाहन्थे । आफू बलियो भएपछि तिनीहरूले हामीलाई एकातिर लट्ठीले हिर्काएर पठाउने र अझ एकै प्रहारले हामीलाई मार्ने योजना बनाएका थिए ।
उत्तरी अभियानले एकपछि अर्को विजय पाउँदै गयो र पछि जब कोमिनताङ प्रतिक्रियावादीहरू झन् झन् बलिया भए, तिनीहरू क्रान्तिमा विश्वासघाती भइदिए र उही सामन्ती युद्ध सरदारहरूकै ठाउँ लिन पुगे, क्रान्तिले हार खायो । कोमिनताङको प्रतिक्रियावादी पक्ष कम्युनिस्टहरूको विरोधी भयो र मजदुर एवम् किसानहरूलाई आफ्नो पैतालामुनि कुल्चने प्रयास गरे । किनभने त्यसो गर्दा दलाल पुँजीपतिवर्गको आफ्नो हुकुम लागू गर्न तिनीहरूको हात स्वतन्त्र हुन्थ्यो ।
यस्तो परिस्थितिमा पार्टी र सर्वहारावर्गले क्रान्तिको नेतृत्वलाई बलियोसित समात्नुपथ्र्याे, जनतालाई उठाउनुपथ्र्याे, मजदुर र किसानहरूलाई सशस्त्र पार्नुपर्दथ्यो, सामन्तवादलाई ध्वस्त पार्नुपर्दथ्यो, जमिनदार र दलाल पुँजीपतिवर्गहरूलाई उखेल्नुपर्दथ्यो र क्रान्तिलाई अन्तसम्म चलाउनुपर्दथ्यो । दुर्भाग्यवश त्यसबेला हामीले त्यसो गर्न सकेनौँ । धेरै कामरेडहरूले पार्टीमा ठीक ठीक प्रस्तावहरू राखेका थिए । तर, त्यसबेला व्यापकरूपले व्यवहारमा लैजान सकिएन, किनभने हाम्रो पार्टी चेन तु स्यूको दक्षिणपन्थी अवसरवादी नीतिले धेरै थिचिएको थियो । चेन तु स्यूको कोमिनताङ–कम्युनिस्ट सहयोगको संयुक्त मोर्चालाई सर्वहारावर्गको घाँटीको पासोमा फेरिदियो । ऊ विजय पाउने साहस गर्दैनथ्यो र क्रान्तिमा कसरी विजय पाउने हो भन्ने कुरा वास्तवमा उसलाई थाहा थिएन र त्यसलाई कसरी बलियो पार्नुपर्छ त्यो पनि थाहा थिएन । उठ्दो मजदुर र किसानहरूबाट ऊ डरायो । उसले भन्यो, “जनताको आन्दोलनले कोमिनताङ र कम्युनिस्ट सहयोग टुक्रिन्छ ।” सर्वहारावर्गले क्रान्तिको नेतृत्व सम्हाल्दा क्रान्तिको विजयले मजदुर र किसानहरू झन् बलिया हुनेछन् । पुँजीपतिवर्गले संयुक्त मोर्चालाई फुटाउन साहस गर्नेछैनन् भन्ने कुरा बुझ्न ऊ असफल भयो । यदि त्यसो नभएको भए तिनीहरूले त्यसलाई बिगार्ने खोजे पनि हामीले तिनीहरूको षड्यन्त्रलाई ध्वस्त पार्न सक्ने थियौँ ।
वास्तवमा चेन तु स्यूको दक्षिणपन्थी अवसरवादले क्रान्तिलाई धोखादियो । ऊ कम्युनिस्ट र मजदुर जनतालाई पुँजीपतिवर्ग र कोमिनताङको सेवा गर्ने ज्यामी हुन दिन चाहन्थ्यो र मजदुरहरूलाई क्रान्तिको नेतृत्व लिन दिन चाहँदैनथ्यो । ऊ उठ्दो मजदुर र किसानहरूलाई शक्ति र हातहतियार माग्न दिँदैनथ्यो, जग्गा बाँड्न वा जमिनदार र पुँजीपतिवर्गहरूलाई उखेल्न चाहँदैनथ्यो । ऊ चिनियाँ क्रान्तिमा जग्गाको प्रश्नको महत्वलाई नकाथ्र्याे, सर्वहारावर्ग र किसानहरूको बीचको मेललाई टुक्रयाउँथ्यो । उसले जमिनदार र पुँजीपतिवर्गहरूको स्वार्थलाई माथि उठाउँथ्यो र पार्टी, मजदुरवर्ग र सबै कामदार जनतालाई पूरै निस्क्रिय र शक्तिहीन स्थितिमा राख्थ्यो । उसले किसान आन्दोलनलाई हमला गर्न र अत्याचारी जमिनदारहरूको विरोधमा सङ्घर्ष गर्ने र तिनीहरूको जग्गालाई बाँड्ने मागलाई विरोध गर्न उसले गर्न सकेको सबथोक ग¥यो । उसले मजदुरहरूका सशस्त्र दलहरू र किसानहरूका आत्मरक्षा दलहरू भङ्ग गर्न जोड दियो । यस दक्षिणपन्थी अवसरवादी नीतिले चिनियाँ क्रान्तिलाई ध्वस्त पाथ्र्याे । यसमा कुनै शङ्का छैन कि यसले च्याङ काइ–सेक र वाङ चिङ वईले प्रतिनिधित्व गरेको कोमिनताङ प्रतिक्रियावादीहरू, जमिनदार र अत्याचारीहरू एवम् दलाल पुँजीपतिवर्गलाई फाइदा पुग्थ्यो ।
चेन तु स्यूको दक्षिणपन्थी अवसरवादी नीतिका हाम्रा विरामहरूले गर्दा क्रान्तिविरोधी शक्तिहरूले फाइदा उठाए । १९२७ मार्च महिनादेखि तिनीहरूले क्रान्तिकारी सेनाहरूमाथि एक लहरै पापी कामहरू गरे । ११ मार्च १९२७ को दिन च्याङ काइ–सेकले क्रान्तिकारीहरूको कब्जामा रहेको नानचाङको नगरपालिकाको कोमिनताङ समितिलाई विघटन गर्न आदेश दियो । १७ मार्चको दिन उसले ‘हरियो दल’ र ‘रातो दल’ का गुण्डाहरूलाई नगरपालिकाको कोमिनताङ समिति र छिउछयाङको राष्ट्रिय मजदुर सङ्घका अफिसरहरूलाई घेरा हाल्न र आक्रमण गर्न उत्तेजित गन्यो र ती दुई सङ्गठनहरू कब्जा गर्न सेना पठायो । ६ अप्रिलको दिन च्याङ र वाङ चिङ बईले एक गुप्त बैठकमा कम्युनिस्ट पार्टीका सबै गतिविधि बन्द गर्ने सम्झौता गरे । १२ अप्रिलको दिन साङ्घाई हत्याकाण्ड गरेर च्याङ काइ सेक क्रान्तिको विश्वासघातीको रूपमा उदाङ्गियो । २५ अप्रिलको दिन उसले उत्तरी आनव्हेबाट उहान कब्जा गर्न सेना पठायो । १७ मईको दिन उहान सरकारको एक क्षेत्रीय कमान्डरले च्याङको पक्ष लिएपछि उहान सरकारको अस्तित्व खतरामा प¥यो । २१ मईको दिन, स केह श्याङ भन्ने कोमिनताङ प्रतिक्रियावादीहरूका पक्ष सू लिने चाङसा किल्लाको पल्टनको कमान्डरले राष्ट्रिय मजदुर सङ्घ र हुनान किसान सङ्गठनहरूको कार्यालयहरूलाई घेरा दियो र धेरै मजदुर र किसानहरूको हत्या ग¥यो ।
सिया तीन–इनको सेना उचाङ पुग्दा येह तिङको सेना, केन्द्रीय सैनिक र राजनैतिक संस्थानको उहान शाखाका सैनिक छात्रहरूबाट ध्वस्त पारियो । तर, त्यसले सा¥है खराब भइसकेको स्थितिलाई राम्रो भने गर्न सकेन । १५ जुलाईको दिन उहानको कोमिनताङ प्रतिक्रियावादीहरूको मुख्य वाङ चिङ वईले आफूलाई क्रान्तिको विरोधमा देखायो । ठूलो सङ्ख्यामा कम्युनिस्टहरू र अरू क्रान्तिकारीहरूलाई गिरफ्तार ग¥यो र हत्या ग¥यो । यसरी महान क्रान्ति हारमा टुङ्गयो । घटनाहरूबाट चेन तु स्यूको दक्षिणपन्थी अवसरवादी नीतिले खतरालाई बढाइरहेको देखायो र धेरै कामरेडहरूले त्यसलाई छोड्ने निर्णय गरे ।
पार्टीले च्याङ र वाङको क्रान्तिमाथि गरेको विश्वासघातलाई नानचाङ विद्रोहबाट प्रत्याक्रमण गर्ने निधो गर्यो । विद्रोहलाई सङ्गठन गर्न र त्यसको नेतृत्व गर्न बनेको मोर्चा समितिको सचिवमा पार्टीबाट चाउ एन लाइ नियुक्त गरिनुभयो ।
केही सशस्त्र शक्ति पार्टीको नियन्त्रणमा पहिलेदेखि नै थियो । छिउछयाङमा कामरेड येह तिङको दोस्रो मोर्चा सेनाको ११ औँ पल्टनको २४ औँ दल, नानचाङ छिउछयाङ रेल बाटोमा रहेको माहौल्याङ स्टेशनमा रहेको चौथो सेनाको २५ औँ दल, उत्तरी अभियानमा गजबसित काम गर्ने हो लुङको २० औँ पल्टन जो पूर्वी हुपेह प्रान्तबाट छिउछयाङ आइपुगेकै थियो, कामरेड चु तेहको मातहतमा नानचाङको अफिसरहरूको तालिम पल्टन, लुतेह–मिङ र अरू कामरेडहरूले नेतृत्व गरेको उचाङमा रहेको राष्ट्रिय सरकारको रक्षा दल र केन्द्रीय सैनिक र राजनैतिक एकेडेमीको उहान शाखा तिनीहरूमध्येका थिए ।
नानचाङमा शत्रुको बलियो शक्ति थिएन । क्याङसीमा कोमिनताङ प्रतिक्रियावादीहरूको नाइके चु–पै–तेह लुशान पहाडमा आराम गरिरहेका थिए । तेस्रो सेना र नवौँ सेना चि–आन र चिस्यान जिल्लामा अड्डा गरी बसेका थिए । नानचाडमा खालि ६ हजार जतिको पाँच पल्टन मात्रै थिए । हामीले विद्रोह सफल हुनसक्छ भन्ने हिसाब लगायौँ र सङ्घर्षको योजना बनायौँ ।
तर, दक्षिणपन्थी अवसरवादी चार काओ ताओले पार्टी केन्द्रीय समितिको प्रतिनिधिको हैसियतले विद्रोहलाई रोक्ने कोसिस ग¥यो । पार्टी मोर्चा समितिलाई उसले ‘विद्रोह गर्न विवेकी होऊ’ भनेर दुईटा तार पठायो । विद्रोह गर्न कोमिनताङको युद्ध सरदार चाङ फा खेको अनुमोदन चाहिन्छ भनेर उसले बल ग¥यो । कामरेड चाउ एन लाइ र पार्टी मोर्चा समितिका अरू सदस्यहरू चाङ काओ ताओको नीतिसँग सङ्घर्ष गर्नुभयो र अन्तमा उसको योजनाले हार खायो ।
पहिलो बन्दुक १ अगष्ट १९२७ रातको १ बजे पड्केको थियो । कामरेड चाउ एन लाइ, हो लुङ, येह तिङ, चु तेह र ल्यू–पो चेङको मातहतमा हामीसँग ३० हजार सेना थियो । राम्रोसँग विचार गरिएको योजना र आक्रमणको छिटोपनाले ५ घण्टाभित्रै कुरा टुङ्गयाउन हामीलाई सम्भव भयो ।
नानकिङ, उहान र क्यान्टनका क्रान्तिविरोधी शक्तिलाई यो एक मुक्का थियो । तिनीहरूले तुरुन्तै घेरा हाल्न र विद्रोहमाथि धावा बोल्न एकआपसमा सहयोग गरे ।
हामीहरू निर्बलिया थिएनौँ र भौतिक परिस्थिति हाम्रो पक्षमा थियो । क्यासी, हुपेह र खास गरेर हुनानमा किसान आन्दोलन चर्कोसित विकास भएको थियो र किसानहरूलाई क्रान्तिकारी सशस्त्र सेनाको समर्थनको आवश्यकता थियो । यदि हामीले हाम्रो सेनालाई नानचाङ इलाकामा छरेका भए, यदि हामीले आफूलाई तीन प्रान्तको जनआन्दोलनसँग एक गरेका भए र सङ्गठित भएका भए, जनतालाई सशस्त्र पारेका भए र तिनीहरूकै भर परेका भए हामीले किसान क्रान्तिलाई अगाडि बढाउन सक्ने थियौँ, गुरिल्ला युद्ध सुरु गर्न र क्रान्तिकारी सङ्घर्षलाई अगाडि बढाउन आधार इलाका स्थापना गर्न सक्ने थियौँ ।
तर, हामीले क्रान्तिकारी आधार बनाउने कुरो बुझ्न सकेनौँ । त्यसको सट्टा हामीले हाम्रो सेनामा मिल्न फेरि क्वाङवुङ फर्कने योजना बनायौँ, बन्दरगाहबाट अन्तर्राष्ट्रिय मद्दत पाउन र अनि उत्तरतिर अर्को अभियान सुरु गर्ने योजना बनायौँ । हामीहरूले पूरै सैनिक सङ्घर्षको ढङ्गमा सोचेका थियौँ । ५ अगष्टमा विद्रोही सेनाले नानचाङ छोड्यो । क्वाङतुङ प्रान्तको चावचो र स्वाटो पुग्दा हामीहरू हराइयौँ ।
पछि बाँकी रहेका सेना क्याक्सी प्रान्त चिकाङ पहाड पुग्यो र १९२७ सेप्टेम्बर हुनान–क्याङसी सीमामा कामरेड माओ त्सेतुङले नेतृत्व गर्नुभएको शरद् बाली काट्ने विद्रोहबाट आएको सेनासँग मिल्न पुग्यो । यी दुई सेना ‘मजदुर र किसानहरूको लालसेनाको चौथो पल्टनमा पुनर्सङ्गठित भए, त्यो पल्टनपछि केन्द्रीय लालसेना’ को पहिलो सेनादल बन्यो ।
चिनियाँ क्रान्तिको इतिहासमा नानचाङ विद्रोहको ठूलो महत्व थियो । त्यसले कोमिनताङ प्रतिक्रियावादीहरूलाई पहिलो गोली हानेको थियो । अन्तमा, असफल भए पनि यो ठीक दिशातिरको एक पाइलो थियो । हामीले त्यसबाट धेरै अनुभव पायौँ र यसबाट सशस्त्र सङ्घर्षबारे धेरै शिक्षाहरू लिन सक्छौँ । यसले गर्दा हाम्रो पार्टी पुँजीवादी प्रतिक्रियावादीहरूसँग टुक्रियौँ र चेन तु स्यूको दक्षिणपन्थी अवसरवादी नीतिलाई त्यागी दियो र पहिलोचोटि चिनियाँ क्रान्तिको नेतृत्व हासिल ग¥यौँ । कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर, किसान र अरू कामदार जनता र क्रान्तिकारी बुद्धिजीवीहरूले सशस्त्र प्रतिक्रान्तिलाई आफ्नो सशस्त्र क्रान्तिबाट दृढतापूर्वक विरोध गर्न सुरु गरे । यसरी चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताको क्रान्तिकारी युद्धको इतिहासको नयाँ पाना सुरु भयो ।
चाइना रिकन्स्ट्रक्स
अगष्ट १९७७
– ‘चीनका प्रसिद्ध युद्ध र विद्रोहहरू’ बाट
Leave a Reply