यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कम्युनिस्टको खोल ओढेर पुँजीवादी राजनीति गरिरहेका दलका नेताहरू बेलाबखत कम्युनिस्ट एकता जरुरी भएको फुक्छन् । कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ लगेर कम्युनिस्टको आचरण पालना नगर्ने ती दलका नेताहरू किन एकताको कुरा फुकिरहन्छन् ? एकातिर ती दलका नेताहरूले कम्युनिस्टको एकता फुकिरहेका छन् भने अर्कोतिर कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन कमजोर पार्न, कम्युनिस्ट आन्दोलनको मोड अन्य दिशामा लैजान भूमिका निर्वाह गरिरहेका छन् । वर्गसङ्घर्षको नीति छोडेर पुँजीवादी बन्दोबस्त या पुँजीवादी निर्वाचनबाटै समाजवादको परिकल्पना देख्ने ती नेताहरू एकताको नारा फलाक्दै पार्टीबाट फुटिरहेका छन् । छिनछिनमा एकता र संयुक्त मोर्चामा जुटेका दलका नेताहरू किन सिद्धान्त र विचारको ख्याल गर्दैनन् ? साँच्चै कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको बाटोमा नगएका उनीहरू जनताको विश्वास जित्न, मत पाउन या दललाई जीवन्त बनाउन कम्युनिस्टको कुरा फलाकिरहन्छन् । तर, काम कुरा सबै कम्युनिस्ट मान्यता र मूल्यविपरीतका हुन्छन् ।
शासक दलका कम्युनिस्टहरू पुँजीवादी व्यवस्थाको कारण भ्रष्टाचार भएको, विकृति र विसङ्गति बढेको स्वीकार्छन् । त्यही पुँजीवादी व्यवस्थालाई उनीहरू आत्मसात गर्छन् र पक्षपोषण गर्छन् । उनीहरू भ्रष्टाचार र अनियमितता देखिए कारबाही गर्ने पनि बताउँछन् तर कारबाहीको प्रक्रिया अघि बढाउँदैनन्† भ्रष्टाचारी र अपराधीहरू कारबाहीमा पर्दैनन् । कम्युनिस्ट पार्टीको काम कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनतामाझ पु¥याएर सचेत र सङ्गठित गर्ने हो कि पुँजीवादी सरकारमा बसेर पुँजीपतिवर्गको सेवा गर्ने हो ? माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा मान्ने दलले वर्गसङ्घर्षको लागि बाटो तयार गर्ने हो कि सामन्त पुँजीपति, जमिनदार, प्रतिक्रियावादीहरूसँग मिलेर पुँजीवादी व्यवस्थालाई अझ बलियो बनाउने हो ? कम्युनिस्टहरूले आमूल परिवर्तनको निम्ति पूर्वाधार तयार गर्दै जाने हो कि सत्तामा टाँसेर भागबन्डा गर्दै राज्यकोषमा दाइँ गरेर अकुत सम्पत्ति कमाउने हो ?
कम्युनिस्ट पार्टीहरू सरकारमा पुगेर, सरकारको नेतृत्व गरेर देश र जनताको निम्ति के मौलिक काम भएको छ ? पुँजीपतिवर्गले गर्ने काम कम्युनिस्ट पार्टी नै अघि सरेर गर्ने हो भने पुँजीपति पार्टी र कम्युनिस्ट पार्टीबिच फरक के ? कम्युनिस्ट पार्टीहरू पुँजीवादी पार्टीको पछि पछि लागेर के समाजवादी गणतन्त्रमा पुग्न सकिन्छ ? श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने सरकार स्थापना गर्न सकिन्छ ? वर्गसङ्घर्षको बाटो छोडेर या आमूल परिवर्तनको बाटो छोडेर देशमा कसरी समाजवादी क्रान्ति हुन्छ ? महँगी नियन्त्रण हुनु, भ्रष्टाचार नियन्त्रण हुनु, मावि तहसम्म निःशुल्क शिक्षा हुनु नै समाजवादी क्रान्ति होइन । ठूला दल भनिएका कम्युनिस्ट पार्टीका नेता र बुद्धिजीवीहरू यही व्यवस्थाले प्रजातान्त्रिक अधिकार दिएको छ, यही व्यवस्थामा रहेर माविसम्म निः शुल्क गर्न सकिन्छ भने अर्को सङ्घर्ष या परिवर्तन किन चाहियो भनी प्रश्न गर्छन् । यसै व्यवस्थामा रहेर सुधार गरेर समाजवादमा पुग्न सकिन्छ भनी उनीहरू बताउँछन् । यसैले ती दलका नेता र बुद्धिजीवीहरू परिवर्तनको निम्ति वर्गसङ्घर्ष आवश्यक छैन भन्छन् । पुँजीवादी व्यवस्था नबदली सरकारको नेतृत्व मात्र फेरेर समाजवादी क्रान्ति हुँदैन, समाजवादी गणतन्त्र स्थापना हुँदैन ।
Leave a Reply