भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
भक्तपुर, १३ साउन । सीटीईभीटीबाट मान्यता प्राप्त भक्तपुरको एकमात्र कम्प्युटर इन्स्टिच्युट न्यु फ्युजन स्कूल अफ कम्प्युटरको १८ औँ पटकको प्रमाणपत्र वितरण शनिबार नेमकिपाका सचिव तथा सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले नयाँ पुस्ताले शैक्षिक उपाधीसँगै गीत, सङ्गीत, चित्रकला, मूर्तिकला, मोबाइल मर्मतलगायत सीपमूलक तालिम पनि प्राप्त गर्नु उपयुक्त हुनेछ भन्नुभयो ।
युरोपमा मानिसले कस्मेटिक सामानमा गर्ने खर्चबाट संसारका बालबालिकाको शिक्षालाई पुग्ने सूचना सार्वजनिक भएको उल्लेख गर्दै उहाँले नेपालजस्तो गरिब देशले कस्मेटिक वस्तुभन्दा पनि शिक्षामा जोड दिनु जरूरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल जत्तिकै भूगोल र जनसङ्ख्या भएको देश प्रजग कोरियाले समाजवादी व्यवस्थाअन्तर्गत शिक्षा, स्वास्थ्य, विकास र देशको स्वाधीनता रक्षामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपाली विद्यार्थीहरू पढ्ने वा काम गर्ने निहुँमा विदेश गएर नेपालको विकास हुँदैन । नेपाल सरकारले राहदानी दिँदै युवालाई वैदेशिक रोजगारीमा पठाएको देशको हितमा छैन । विदेशमा नेपालीको प्रतिष्ठा हुँदैन । गतिलो काम हुँदैन ।”
“ख्वप विश्वविद्यालय सञ्चालन गरी विद्यार्थीहरूलाई अनुसन्धान गराउने र आविष्कार गराउने हाम्रो लक्ष्य हो । तर, सरकारमा गएकाहरू ख्वप विश्वविद्यालयको विधेयक पारित गराउन विलम्ब गर्दै छन्”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “पाँच खर्ब रुपैयाँ लाग्ने दु्रतमार्ग र अर्काे पाँच खर्ब रुपैयाँ लाग्ने काठमाडौँ – रक्सौल रेलमार्ग भारतको दाल, चामल, तरकारी ल्याउने मार्ग बन्ने सम्भावना बढ्यो । यसकारण, ती दुवै बजेट नेपालको विद्यालय र विश्वविद्यालय शिक्षाको लागि खर्च गर्नु जरूरी छ ।”
भनपा ७ का वडा अध्यक्ष उकेश कवांले तालिममा सिकेका ज्ञान, सीप कलाबाट देश र समाजमा आफ्नो पहिचान कायम गर्ने चर्चा गर्दै प्रत्येक युवालाई हरेक सीपमा निपुण बनाउन भक्तपुर नगरपालिका लागिरहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले २१ औँ शताब्दीमा हातहातमा पुगेको इन्टरनेटको चुनौती र अवसर दुवै रहेको बताउँदै तालिम विद्यार्थीहरूले देश र समाजको सेवाको लागि प्रयोग गरेमा पछिल्लो जीवन सफल हुने विचार व्यक्त गर्नुभयो ।
न्यु फ्युजन स्कूल अफ कम्प्युटरका निर्देशक तथा कार्यक्रमका सभापति बालकृष्ण बनमालाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा निःशुल्क तालिमअन्तर्गत हाउस वायरिङका प्रशिक्षक कृष्णप्रसाद त्वीत्वी र धाँ बाजाका प्रशिक्षक सविन लैबालगायत कम्प्युटर तालिमका प्रशिक्षार्थीद्वय निश्चल छुकां र सपना मानन्धरले आफ्नो तालिमको अनुभव सुनाउनुभयो ।
कम्प्युटर प्रशिक्षक प्रविना बनमालाले तालिमको महत्वबारे प्रकाश पार्नुभयो ।
कार्यक्रमको अन्त्यमा प्रशिक्षार्थीहरूले आ–आफ्नो सांस्कृतिक प्रस्तुत गरेका थिए ।
Leave a Reply