भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
भक्तपुर, १३ साउन । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरबाट ‘विभिन्न जिल्लामा कार्यरत शिक्षकहरू नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. रोहितसँग’ कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देश आर्थिक, राजनीतिक, शैक्षिकलगायतका हरदृष्टिले खस्किरहेको वर्तमान अवस्थामा आमूल परिवर्तन गर्न नयाँ शक्तिको खाँचो औँल्याउँदै त्यो खाँचो हरेक आदर्श शिक्षकले पूर्ति गर्न सक्छन् भन्नुभयो । त्यस्तो बेलामा मात्र शिक्षक हुनुको अर्थ सार्थक हुन्छ भन्दै उहाँले आफूलाई त्यहीअनुसार सक्रिय बनाइराख्न सुझाव दिनुभयो ।
मानिस एक राजनीतिक प्राणी भएको हुँदा गलत कुराको विरोध नगर्नुको अर्थ गलत कुराको समर्थन गरेको भन्ने अर्थ लाग्छ भन्दै उहाँले त्यस्तो अवस्थामा देश बिग्रनुको जिम्मेवार हामी पनि हुन्छौँ त्यसैले गलतलाई गलत र सहीलाई सही भन्न सक्ने क्षमता हरेक शिक्षकमा हुनु आवश्यक छ भन्नुभयो ।
शिक्षकले देशको समसामयिक राजनीति र राजनीतिक पार्टीहरूका बारेमा जानकारी राख्नैपर्ने र आफ्नो शिक्षणको विषयमा पूर्ण जानकारी भएको हुनुपर्ने भन्दै उहाँले भन्नुभयो, “यसका साथै शिक्षकले विद्यार्थीहरूमा देशभक्ति भावना जगाउन महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।”
अहिलेको नयाँ पुस्तामा राजनीति सिद्धान्तभन्दा पनि नाफा–नोक्सानको दृष्टिले हेर्ने गलत प्रवृत्ति देखिएकोमा चिन्ता व्यक्त गर्दै उहाँले पुँजीवादी चुनावबाटै देशमा समाजवाद आउने शासक दलहरूको भ्रम चिर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “समाजवादमा योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुन्छ । हरेक युवालाई योग्य बनाउन राज्य लागेको हुन्छ । तर, यहाँ समाजवादको नाममा काङ्ग्रेस, एमाले, माओवादीहरूले समाजवादको गलत व्याख्या गरिरहेका छन् ।”
चीनमा माओ त्सेतुङकै पालामा अस्वीकार गरिएको ‘माओवाद’ नेपालमा भारतले किन हुर्काएको होला चिन्तन गर्नु आवश्यक छ भन्दै उहाँले ‘माओवादी जनयुद्ध’ कै पालामा माओवादीहरूलाई त्यो अराजकतावादी भनेको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनतालाई फाटो पार्न नै भारतले त्यो कदम चालेको हो ।”
भारतको सरकारी गेस्टहाउसमा माओवादी नेताहरूलाई भेटेर उक्त आलोचना गरेको चर्चा गर्दै उहाँले भ्रष्टहरूको बाहुल्यता भएको वर्तमान अवस्थामा अत्यन्त बहुमत जनता राजनीतिकरूपले सचेत र सङ्गठित नभएसम्म गलत बाटामा लागेकाहरू नसुध्रिने प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले वैचारिक दृष्टिले सबल नभइकन समाजमा अगुवा शिक्षक बन्न नसक्ने उल्लेख गर्दै भक्तपुरबाट विभिन्न जिल्लामा जानुभएका शिक्षकहरूले नेमकिपाका राजनीति दूतसरह कार्य गर्नुहुने अपेक्षा गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतका क्षेत्रमा भक्तपुरले कमाएको ख्यातीका कारण भक्तपुरका शिक्षकहरूबाट जिल्ला जिल्लाले धेरै अपेक्षा गरेका हुन्छन् भन्दै उहाँले जिल्लाले अपेक्षा गरेको भन्दा राम्रो गरेर देखाउन आग्रह गर्नुभयो ।
अहिले देशमा अनुशासन, इमानदारी, समर्पण र परिश्रम भक्तपुरको पहिचान बनेको छ भन्दै उहाँले देशको राजनीति गैरराजनीतिक व्यक्तिको हातमा पुगेकोले देशले दुःख पाएका उदाहरणहरू दिनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले जिल्ला जिल्लामा शैक्षिक आदर्श कायम राखेर काम गर्न सल्लाह दिँदै पार्टी प्रकाशनको नियमित अध्ययनले मात्र हामीलाई राजनीतिकरूपले दृढ बनाउँछ अन्यथा अरूको लहलहैमा लाग्नुपर्ने हुन्छ भन्दै उहाँले शिक्षक सङ्घको विधानअनुसार कार्य गर्न र नियमित सम्पर्कमा रहन अनुरोध गर्नुभयो ।
जिल्ला अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको उक्त कार्यक्रममा आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसीले स्वागत र जिल्ला समिति सदस्य राकेश सुकुपायोले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
Leave a Reply