भर्खरै :

यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय

यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय

भक्तपुर, २९ साउन । यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनी भक्तपुर नगरपालिका र सरोकारवालाहरू तलेजुका मूल पुजारी (राजोपाध्याय), पुजारीहरू (कर्माचार्य र जोशी) बिच भएको बैठकले भदौ १३ गते गुन्हिपुन्ही (जनै पूर्णिमा) र भदौ १४ गते बिहीबार सापारु (गाईजात्रा) मनाउने निर्णय गरेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सरोकारवालाहरूको उपस्थितिमा बसेको सोमबारको बैठकले ज्योतिषशास्त्रअनुसार भदौ १३ गते बुधबार चतुर्दशी (१४) घ.प. ११.२८ प्रात, घ.मि. १०.१७ प्रात र त्यसपछि भदौ १४ गते एकै दिनमा वृहस्पतिबार पूर्णिमा (१५) घ.प. १५.१८ प्रात, घ.मि. ७.४९ प्रात, प्रात ७.४९ मिनेटपछि परेवा (प्रतिपदा) लाग्ने, सापारु सुरु हुने समय रहेकोले भदौ १३ गते बिहान १० बजेर १७ मिनेटदेखि पूर्णिमा सुरु भई भदौ १४ गते बिहान ७ः०० बजेर ४९ मिनेटसम्म रहने र त्यसपछि सापारु सुरु हुने भएको हुँदा भदौ १३ गते पुन्ही र भदौ १४ गते सापारु मनाउने निर्णय गरेको हो ।
बैठकमा शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरू उपप्रमुख रजनी जोशी, वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, कार्यपालिका सदस्य कृष्णप्यारी भुजु, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा र तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेन्द्र कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य र केदारप्रसाद जोशीसमेतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *