गुमायो हनुमन्ते खोलाले प्राकृतिक गुण
- जेष्ठ १३, २०८३
ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरमा गुन्हीपुन्ही र सापारु नजिकिएसँगै टोल टोलमा बाजागाजाका आवाज गुन्जिन थालेको छ । पुर्खाले थालेको परम्परा र संस्कृति जगेर्ना गर्न भक्तपुरवासी लागिपरेका छन् । भक्तपुर नगरपालिकाले उद्घोष गरेको ‘पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति’ लाई जनताले आत्मसात गर्दै आएका छन् । परम्परा र संस्कृतिको विशेष यो पर्वलाई कतिले आफ्ना प्रियजनको मृत आत्मालाई बैतरणी नदी तराउने रूपमा लिन्छन् त कतिले विकृति, विसङ्गति र कुकृत्थलाई चोटिलो प्रहार गर्ने अवसरको रूपमा लिन्छन् ।
यस सापारुमा यहाँका कलाकारहरू आफ्ना कलाकारिता प्रदर्शन गर्न लालायित हुन्छन् । साउन शुल्क पूर्णिमादेखि कृष्ण जन्माष्टमीसम्म विभिन्न परम्परागत लोक नाच , प्यारोडी नृत्य, गीतिनाटक, हास्यव्यङ्ग्य, झ्याउरे, ख्यालः आदि टोलटोलका दबु, खुला चोकहरूमा प्रदर्शन हुने गर्छन् । जीवित सङ्ग्रहालयको रूपमा परिचित यस भक्तपुर सहरलाई जीवन्तता दिन भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष सापारुको दिन प्रस्तुत हुने घिन्ताङघिसि, माक प्याखं, कृष्णा जन्माष्टमीसम्म प्रस्तुत हुने विभिन्न परम्परागत लोक नाच , प्यारोडी नृत्य, गीतिनाटक, हास्यव्यङ्ग, झ्याउरे, ख्यालः आदिको मूल्याङ्कन गरी भक्तपुर नगरपालिकाले पुरस्कार वितरण गर्दै आइरहेको छ । यो भक्तपुर नपाको सराहनीय काम हो । यसरी भनपाले संस्कृतिकर्मी एवम् कलाकारहरूमा ऊर्जा थपिरहेको छ ।
विगतमा झैँ यस वर्ष पनि सांस्कृतिक विभिन्न विधाहरूको मूल्याङ्कन हुने सूचना सार्वजनिक भएको छ । यो खुसीको कुरा हो ।
मूल्याङ्कन स्थलमा साउन्ड सिस्टम, लाइट सिस्टम, व्यवस्थित बस्ने बन्दोबस्त, खानेपानीको बन्दोबस्त, वर्षा धान्ने पालको व्यवस्था तथा असङ्ख्य दर्शक सहभागी हुनु राम्रो पक्ष हो । तर, मूल्याङ्कन स्थलभन्दा अन्य प्रदर्शन स्थलहरूमा पर्याप्त बत्तीको बन्दोबस्त छैन† खानेपानीको बन्दोबस्त छैन, अन्यत्र दर्शक पनि थोरै हुन्छ† पालको बन्दोबस्त हुँदैन† धैरै स्थानमा देखाउनुपर्ने प्रस्तुति पूरा देखाउँदैन । निश्चित स्थानमा तयार गरेका प्रस्तुतिहरू पूरा देखाउनु पर्ने गोल्मढी, टिबुक्छेँ, टौमढी, तालाक्व, नासमना, वंशगोपाल, इटाछेँ, खौमा, त्रिपुरासुन्दरी, चोछेँ, तुछिमला, भोलाछेँ, थालाछेँ, क्वाठण्डौ र सूर्यमढीमा पर्याप्त बत्तीको बन्दोबस्त हुनुपर्छ । सामान्य वर्षा छेक्ने पाल, खानेपानी, व्यवस्थित बस्ने बन्दोबस्त हुनुपर्छ, सापारु रुटमा पर्याप्त बत्तीको बन्दोबस्त हुनुपर्छ ।
Leave a Reply