भर्खरै :

चीन पहिलो शक्ति कहिले ?

चीन पहिलो शक्ति कहिले ?

चीनको उत्पादन धेरै भएका सस्तो उपभोग्य वस्तु नभए म भन्छु संरा अमेरिकाका आधा मान्छे नाङ्गै र भोकै हुन्थे । चीनमा व्यापक सङ्कट पर्छ । बेकारीको गम्भीर सङ्कट पर्छ । चीन र अमेरिकाबिच ठूलो व्यापार चल्छ खर्बौँ खर्बको । उसको ऊ ऋणी, उसको ऊ ऋणी छन् । यो अर्थशास्त्रको गम्भीर परिणाम हो । संरा अमेरिका नभएको भए चीनले त्यत्रो उन्नति नगर्दो हो । के गर्दो हो त्यत्रो विशाल व्यापार ? अमेरिका, क्यानाडामा हाम्रो आँखाले यति ठूला पसल देख्यौँ ज्यूदा माछादेखि ज्यूँदा गँगटासम्म पाइने । जे स्वाद त्यही वस्तु । किन्नु होस् शोखसँग खानुहोस् ।
अमेरिकी साम्राज्यवाद एकपल्ट भित्र पसेपछि छोडेर जान मरिगए मान्दैन । उदाहरण दिनुपर्दा ताइवान–फार्मोसा सबभन्दा उपयुक्त होला । सन् १९४९ मा चीनका अध्यक्ष माओले अध्यक्षता गरेको चिनियाँ कम्युनिस्ट पार्टीले चीनको मुख्य भूमि कब्जा गरेपछि भागेर ताइवानमा लुकेका च्याङ काइ सेकले नेतृत्व गरेको सानो सानो अत्यन्त सानो समूहले कब्जा ग¥यो । संरा अमेरिकी साम्राज्यवादले त्यही एउटा सानो टापुलाई सिङ्गो विशाल चीन मानेर त्यही सरकारलाई सिङ्गो चीनको मान्यता दिएर एकदम गर्नै नहुने काम ग¥यो । एउटा राष्ट्रपतिले मात्र हो र ? दोस्रो विश्व युद्ध र तत्पश्चात् सबै राष्ट्रपतिले कोमिङताङलाई विशाल एवं सिङ्गो चीन भन्ने मान्यता दिए । यो अनर्थ होइन र ? कहाँको विशाल चीन कहाँको फार्मोसा वा ताइवान ? संरा अमेरिकाका एक जना कूटनीतिज्ञ विदेशमन्त्री भए । उनको नाम हेनरी किसिञ्जर थियो । उनी पाकिस्तानको औपचारिक भ्रमणमा आएको बेला अकस्मात् हराए । तर, अकस्मात् चीनको पेइचिङमा मस्तसँग खेलिरहेको पो देखियो । गोप्यता भनेको यस्तो पो हुन्छ ! विश्वको कूटनीतिक मामला कतिसम्म लुकाउन सकिन्छ भन्ने एउटा गम्भीर परम्पराले तोडियो किसिञ्जरको भ्रमणले ।
बुझ्दैनथ्यो तर अब बुझ्छ
संसारको इतिहासले अब नयाँ मोड लियो । माओ त्सेतुङले नेतृत्व गरेको चीन यस अघिसम्म संरा अमेरिकाको लागि एउटा हाउगुजी थियो भने अमेरिका पनि जनवादी गणतन्त्र चीनको लागि हाउगुजी नै थियो । किसिञ्जरको चीन भ्रमणपछि यी दुई देशबिच कूटनीतिक भ्रमणहरू आदानप्रदान भए । राष्ट्रपति रिचार्ड निक्सनले पनि चीनको औपचारिक भ्रमण गरे । दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भयो । एकथरी मान्छेको लागि चीन–अमेरिका सम्बन्ध सही लाग्दैनथ्यो । तर, भएरै छोड्यो । अहिले त ती दुई राष्ट्रबिच ठूलठूला व्यापार हुन लागेका छन् । चीनको उत्पादन धेरै भएका सस्तो उपभोग्य वस्तु नभए म भन्छु संरा अमेरिकाका आधा मान्छे नाङ्गै र भोकै हुन्थे । चीनमा व्यापक सङ्कट पर्छ । बेकारीको गम्भीर सङ्कट पर्छ । चीन र अमेरिकाबिच ठूलो व्यापार चल्छ खर्बौँ खर्बको । उसको ऊ ऋणी, उसको ऊ ऋणी छन् । यो अर्थशास्त्रको गम्भीर परिणाम हो । संरा अमेरिका नभएको भए चीनले त्यत्रो उन्नति नगर्दो हो । के गर्दो हो त्यत्रो विशाल व्यापार ? अमेरिका, क्यानाडामा हाम्रो आँखाले यति ठूला पसल देख्यौँ ज्यूदा माछादेखि ज्यूँदा गँगटासम्म पाइने । जे स्वाद त्यही वस्तु । किन्नु होस् शोखसँग खानुहोस् । यो भो वाणिज्य र व्यापारको पक्ष । यो खोज्दै गयो भने सबै कुरा पत्ता लाग्छ । माओको समयको चिनियाँले व्यापारको यो कुरा बुझ्न सक्दैन तर अहिले बुझ्छ ।
यो संसार बस्न लायक हुँदैन
चीन अमेरिकाबिच एकातिर यस्तो व्यापार वाणिज्यको बलियो सम्बन्ध छ भने अर्को कूटनीतिक सम्बन्ध सारै संवेदनशील लाग्छ । साँध सीमामा उल्कै ठूलो छ । दुई देशबिच कतै चिरिक्क भयो भने त्यसको निवारणका अनेकौँ उदाहरणहरू स्वतः परिचालन हुनथाल्छ । आज संसारका यी दुई देश चीन र भारतमा यस्ता एउटा पनि ढुङ्गा छैनन् होला जो यी दुवै देशका मान्छेले नचिनेको होस् । त्यसैले संसार आज गम्भीर खतराको माझमा छ । कथं कुनै उल्ल्याहा मामुली ठानेर त्यस्ता कुनै धरापमा प¥यो भने बरबाद भयो । बम पड्कन पर्दैन अचेल बरबाद हुन । ख्याल ख्यालमै संसार एकै क्षणमा ध्वस्त हुनसक्दछ । अहिले त आफू आफूले होसियार हुन जरूरी छ । मान्छेको सङ्ख्या यो दुनियाँमा आठ अर्ब नाघिसक्यो । यो सङ्ख्या छिनछिनमा बढ्दै छ । उपभोग्य सामान कसरी पु¥याउने कच्चा पदार्थकै खाँचो पर्न थाल्यो । सात अर्ब मान्छे पुग्दा भन्ने गरिन्थ्यो यदि संसारका सबै मान्छेले टिस्यु पेपर प्रयोग गर्न लागे भने त्यसको लागि मात्र कच्चा पदार्थका सात वटा पृथ्वी चाहिन्छ रे भने कसरी धान्ने ? अब त खाएर अघाउने होइन सुँघेर, छोएर, चाटेर अघाउने विश्व हुनुप¥यो ताकि वस्तु खान नपर्ने जीवन । यो आजसम्म पत्ता लागेको छैन । यस्तो संसार सम्भव छ वा सम्भव छैन कोही भन्न सक्दैन । तर, अब तत्कालै यस्ता केही उपाय पत्ता नलगाउने हो भने यो संसार बस्नलायक हुँदैन ।
गाँठी कुरा दुवैले बुझेका छन्
अमेरिकालाई कूटनीतिक र अत्यन्त साहसी व्यक्ति हेनरी किसिञ्जरले गम्भीर कूटनीतिक दक्षता देखाएर संरा अमेरिकालाई कूटनीतिक दक्षतामा उत्कृष्ट रूपमा विश्व राजनीतिक रङ्गमञ्चमा उभ्याए; संसारमा अमेरिकाको औचित्य स्थापित गराए । अमेरिका र चीनबिच संसारमा पहिलो शक्ति राष्ट्र कुन बन्ने भन्ने प्रतिस्पर्धा झन्झन् तीव्र हुँदै छ । संसार भनिरहेछ, चीन यदि यही गतिमा उद्योग वाणिज्य र व्यापार क्षेत्रमा फड्को मारिरह्यो भने केही वर्षमा विश्वको पहिलो शक्ति भएर उभिनेछ । सन् १९४९ को संसार कस्तो कस्तो थियो एकपल्ट पुनरावलोकन गर्दा अप्रत्याशित उपलब्धिहरू हासिल भएका छन् भन्ने थाहा हुन्छ । चीनको विशाल जनसङ्ख्याले पेटभरि खाना खान पाएको धेरै भएको कहाँ हो र ? जलवायु परिवर्तनको कारण चीनको ठूलो भूभाग उत्पादकत्वमा कमजोर छ । अझै केही प्रतिशत चिनियाँ त्यस्तो भूभागको जस्ता सम्पन्न बन्न सकेका छैनन् । संरा अमेरिका चीनका यस्ता प्रकृतिउपर पनि छुद्र राजनीति गर्छ । जे गरेर पनि चीन विश्वका पहिलो शक्ति बन्न नसकोस् भन्ने मनसाय हो । अमेरिका चीनको पानीमा, हावामा, माटोमा, हिउँमा, बालुवामा जेमा पनि राजनीति गर्छ । तर, चीन कति कुरामा वास्ता नै गर्दैन । कति कुरामा जुध्छ पनि । चीन अमेरिका दुवैले बुझेका छन् गाँठी कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *