भर्खरै :

राज्यस्तरको षड्यन्त्र भक्तपुर काण्ड घटना अघि र पछि – २

राज्यस्तरको षड्यन्त्र भक्तपुर काण्ड घटना अघि र पछि – २

भक्तपुर नगर पञ्चायत विघटन
काठमाडौँ, भदौ २३ । श्री ५ को सरकारले भक्तपुर नगर पञ्चायत र नगरसभालाई आज विघटन गरी उक्त नगर पञ्चायतको काम गर्न दिनेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ ।
भूकम्प पीडित जनताको राहत कार्यमा सक्रियरूपले संलग्न रहनुपर्ने नगर पञ्चायतका प्रधानपञ्चलगायत केही सदस्यहरू भूतपूर्व रा.प.स. कर्णप्रसाद ह्योजुको हत्याको सन्दर्भमा प्रहरी हिरासतमा रहेका र अन्य अधिकारी सदस्यहरूको पनि लगातार अनुपस्थितिबाट नगर पञ्चायतको काम कारबाही ठप्प हुन गई नगर पञ्चायत निष्कृय हुन गएकोले यस्तो अवस्था राखिराख्न वान्छनीय नभएको हुँदा पञ्चायत नीति तथा जाँचबुझ समितिको समेत सिफारिसमा श्री ५ को सरकारले नगर पञ्चायत ऐन २०१९ को दफा ४४ को उपदफा १ र २ ले दिएको अधिकार प्रयोग गरी नगर पञ्चायत विघटन गरेको कुरा पञ्चायत तथा स्थानीय विकास मन्त्रालयले आज प्रेस विज्ञप्तिमा जनाएको छ ।
प्रेस विज्ञप्तिमा भदौ ५ गते गएको भूकम्पले भक्तपुर नगर पञ्चायत क्षेत्रभित्र घरहरू भत्कन गई धेरै धनजनको क्षति हुन गएको र नगरवासी जनतालाई यस्तो दैवी विपत्ति परेको अवस्थामा नगर पञ्चायतबाट विभिन्न राहत र उद्धारका कार्यहरू तदारुकताका साथ गर्न अति नै आवश्यक हुन्छ भन्ने कुरा पनि उल्लेख छ ।
भक्तपुर युवक सङ्गठन, नगर प्रारम्भिक समिति भङ्ग
काठमाडौँ, मङ्सिर १ गते । नेपाल युवक सङ्गठन केन्द्रीय कार्य समितिको आज बसेको बैठकले नेपाल युवक सङ्गठन भक्तपुर नगर प्रारम्भिक कार्य समितिद्वारा सङ्गठनको उद्देश्यविपरीत, नेपाल युवक सङ्गठनको विधान तथा विनियम २०४१, वर्गीय सङ्गठन ऐन २०३६ तथा वर्गीय सङ्गठन नियमावली २०३७ को प्रतिकूल आचरण गरेको हुँदा सो कार्य समितिलाई भङ्ग गर्ने निर्णय गरेको छ ।
समितिको केन्द्रीय कार्यालय जावलाखेलमा बसेको सो बैठकले नेपाल युवक सङ्गठनका कोषाध्यक्ष दिनेश श्रेष्ठलाई भक्तपुर नगर पञ्चायतको तदर्थ समितिको अध्यक्ष पदमा नियुक्ति गरेकोमा श्री ५ को सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
रासस
२. पत्रपत्रिकाका टीकाटिप्पणीहरू
भदौ १८–३१ सम्म अर्थात् सेप्टेम्बर ३–१६ को भारतीय पत्रिका फ्रन्टलाइनले योगेश उपाध्यायको काठमाडौँबाट पठाएको एक रिपोर्ट छाप्यो । ‘ध्वंस’ भन्ने त्यस कलमको ‘भूकम्प’ भन्ने शीर्षकमा यसरी लेख्छ–
The otherwise calm and peaceful town of Bhaktapur was suddenly rent with shouts of “down with corruption” and “down with traitors” raised by hundreds of people in the narrow lanes leading to the square facing the Dattatraya temple on the evening of August 25, four days after the quake. The crowd was pursuing two persons clothes tore and bodies bruised by blows, the two were dragged through the narrow streets towards the Durbar square. At the square a policevan along with a small contingent of riot police came to the rescue of the two victims.
They were the former legislature of Bhaktapur. Karna Prasad Hyoju, and a former contestant for the town’s mayorship, Uttam Bahadur Shrestha. Hyoju succumbed to the injuries the same night which Uttam Bahadur is in Kathmandu’s Bir Hospital.
As narrated by the local people, the trouble broke out over the distribution of relief food, to the quake victims. Hyoju was allegedly giving out the food to his near and dear ones who had not incurred any loss, which ignoring the people of the victims.
On the narrow of the incident, Navaraj Subedi, chairman of the Rastriya Panchayat, Nepal’s National Assembly informed the House that Hyoju had been killed by “anti–social elements”. Subsequently the Minister of state for House informed the House that Bhaktapur’s sitting legislator Gobinda Duwal along with 34 others had been taken into custody in connection with the incident.
Whatever the findings of the judicial inquiry into the death of Hyoju, one thing is clear the distribution of relief materials needs special care.
त्यस्तै भारतीय दैनिक ‘द टाइम्स अफ इन्डिया’ ले ३१ अगस्ट १९८८ अर्थात् १५ भदौ २०४५ को दिन ‘नेपालको राजनीतिमा भद्रगोल’ भन्ने शीर्षकमा लेख्यो–
Kathmandu August 30, Non–Panchayat elements in Nepal have charged the government with having failed to protect the life of the former Rastriya Panchayat member, Mr. Karna Prasad Hyoju.
Mr. Hyoju, a Marxist–turned Panchayat supporter, was severely beaten up by his opponents while he was distributing relief material among the quake victims in his home town of Bhaktapur on Thursday last. He succumbed to injuries in hospital the same night. A Rastriya Panchayat member, Mr. Govinda Duwal, and 34 others have been arrested in the connection.
On Friday, the Rastriya Panchayat adopted a resolution expressing deep sorrow at the untimely death of Mr. Hyoju. The Prime Minister Mr. Marichman Singh Shrestha, in a condolence message described Mr. Hyoju as a dedicated Panchayat leader, “in whose death the Panchayat system has lost an active political worker.” He assured the Rastriya Panchayat that the government “will take step action against elements involved in the incident.”
But the non–Panchayat elements have alleged that the police had remained a setout spectator while the mob killed Mr. Hyoju.
Mr. Rishikesh Shaha, a former foreign minister, alleged that the incident showed that the government was poised to communist influence which had flourished all these years.
In the fifties, Bhaktapur was considered a Nepali Congress citadel. It became a Marxist stronghold after the advent of the Panchayat system and has remained by all these years. There are several leftist groups in the area.
When Mr. Hyoju was elected to the Rastriya Panchayat, he was a known Marxist intellectual considered to be the right hand of Mr. Narayan Man Bijukchhe alias Rohit. But they fell out later because of some differences.
He contested against Mr. Gobinda Duwal in the last election but lost. Therefore, he was disclosed on outcast in the ‘red belt’. However, Mr. Hyoju commanded a good following in the area.
It is alleged that by allowing him to take a prominent part in relief work in Bhaktapur when other non–Panchayat leaders were discouraged to associate without, the authorities deliberately created an atmosphere conductive to party clashes.
Bhaktapur remains tense with the authorities banned the assembly of four or more persons. Police patrolling is also continuing the area.
२. पत्रपत्रिकाको प्रतिक्रिया
पत्रपत्रिकाको प्रतिक्रिया १२ भदौको ‘ज्वाला साप्ताहिक’ ले ‘कर्ण ह्योजुको हत्यामा नारायणमानलाई फाँसीको माग ?’ भन्ने शीर्षकमा आफ्नो दृष्टिकोण अगाडि सा¥यो ।
प्रधानमन्त्रीसहित भएको जुलुसमा ‘हत्यारा नारायणमान बिजुक्छेलाई फाँसी दे ।’ भन्ने नारा लाग्यो । यो नारा सुन्दा व्यक्तिहरूको निश्चलताप्रति नै आँच त आएन ? अब प्रधानमन्त्रीसहित भएको जुलुसले फाँसीको माग गरेपछि द्वितीय श्रेणीका जिल्ला न्यायाधीशहरूले न्याय के दिने ? यस कार्यले वास्तविक दोषी उम्कने र राजनैतिक प्रतिशोध पूरा गर्ने मौका त हुँदैन भन्ने आशङ्का उत्पन्न हुन थालेको छ ।
साप्ताहिकले घटनाको ‘पूर्ण जिम्मेवारी’ प्रहरी जिल्ला अधिकारी र प्रहरीलाई दिँदै ‘गृहमन्त्रीले पनि नैतिकताको जिम्मेवारी वहन गर्नुपर्दछ । कम्युनिस्ट मास्ने नाउँमा निरपराध व्यक्ति सजाय भागी हुनुहुँदैन’ भन्ने माग ग¥यो ।
साप्ताहिक अगाडि लेख्छ– “नारायणमान बिजुक्छेँको घर भक्तपुर भएको नाममा फाँसीको सजाय दिनुपर्छ भन्ने माग गर्न सकिन्छ भन्ने शान्ति सुरक्षाको जिम्मेवारी बोकेकालाई के सजाय दिने ?”
१३ भदौको ‘डेली डायरी’ साप्ताहिकले ‘ह्योजुको निर्ममतापूर्वक हत्या, लाशमाथि राजनीति’ भन्ने शीर्षक दिँदै लेख्यो – “बेलैमा हस्तक्षेप गरेर ज्यान जोगाउने प्राथमिक कर्तव्य नगर्ने पञ्च र प्रशासनले प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ र गृहराज्यमन्त्री निरञ्जन थापासमेत सम्मिलित भएर ‘नारायणमानलाई फाँसी दे’ भन्ने नारा लगाएर परिक्रमा गरी ह्योजुको लासमाथि राजनीति गरे ।”
साप्ताहिक अगाडि लेख्छ– “ह्योजूको हत्या र शवमाथि सत्ता पक्षले राजनीति गरेपछि मिश्रित प्रतिक्रिया देखापरेको छ ।” “अन्य जिल्लामा भूकम्प पीडितहरूलाई सहायता वितरण सम्बन्धित पञ्चायतबाट गराउने, तर भक्तपुरमा भक्तपुर नगर पञ्चायतका पदाधिकारी र राष्ट्रिय पञ्चायतसित मतभेद राख्ने ह्योजुलाई नै प्रशासनले किन पठायो भन्ने रहस्य पनि जनताले बुझ्न गा¥हो भएको बताएका छन् ।”
“राष्ट्रिय पञ्चायतमा …. १० गते ३२ जना राष्ट्रिय पञ्चायत सदस्यहरूले ह्योजुको हत्याकाण्डमा प्रशासनको लापरबाही र प्रधानमन्त्री समेतलाई आलोचना गरियो । त्यसैले पनि शवयात्रामा प्रधानमन्त्री, मन्त्रीहरू सम्मिलित भई हत्यालाई राजनीतीकरण गरी कमजोरी अरूमाथि पन्छाउने प्रयास गरियो भन्ने टिप्पणी पनि गरिएको छ ।”
‘व्यक्तिहत्या र लासमाथि राजनीति’ शीर्षकको साप्ताहिकको सम्पादकीय भन्छ– ….. लाशमाथि सत्तापक्षले बेइमानीपूर्ण राजनीति गरी पहिले आफैँले प्रोत्साहित गरेका केही उद्दण्ड व्यक्तिहरूले गरेको अपराधलाई तोडमोड गरी सम्पूर्ण वामपन्थीहरूलाई बदनाम गर्न खोज्नु पनि त्यति नै बदनियतपूर्ण बेइमानी भएको छ । घण्टौँसम्म भनाभन भई तनाव बढ्दा तमासे भएर आखिर मान्छेको हत्या हुने अवस्थामा मात्र हस्तक्षेप गरेर रोक्न सक्ने काण्ड हेलचेक्रयाइँ गरी वा दुष्मनसायबाट हत्यामा परिणत गर्न दिने प्रशासनयन्त्र पनि ह्योजु काण्डका लागि त्यतिकै जिम्मेवार छ । त्यसैले राजनीतिक भड्काउ र गल्तीलाई राजनीतिक चेतना जगाएर सुधार्ने र प्रशासनिक हेलचेक्रयाइँ तथा वास्तविक अपराधीमाथि कडा कारबाही गर्नुपर्छ ।
सत्तापक्षबाट षड्यन्त्रात्मक काण्ड हुन दिएर विपक्ष सबैलाई दबाउने दुष्मनसायले यसलाई हतियारको रूपमा प्रयोग गर्न खोजेमा त्यसको परिणाम कदापि स्वस्थकर हुनेछैन । जनताको राजनैतिक स्तर उठिसकेको छ, सरकारी वा अन्य तहबाट भएका चालबाजी र गल्तीलाई बुझ्न सक्ने क्षमतामा वृद्धि भएको छ । त्यसैले व्यक्तिहत्याको गलत राजनीति र लाशमाथिको बेइमानीपूर्ण राजनीति दुवैलाई जनताले स्वीकार गर्न सक्दैनन् । आजको स्थितिमा तनाब बढ्न नदिनेतर्फ सबै पक्ष संयमित र जागरुक हुनुपर्छ ।
१५ भदौको ‘दृष्टि साप्ताहिक’ ले ‘ह्योजुको हत्या, निष्पक्ष जाँच आयोगको माग, भक्तपुरमा सयौँ गिरफ्तार’ भन्ने शीर्षकमा भन्छ, “मुर्दा शान्ति छाएको छ । मानिसहरू एकदमै आतङ्कित छन् । राम्ररी परिचित मानिससँग बाहेक कोही कसैसँग बोल्दैन । राति ८–९ बजेपछि नै सिँगै सहर मसानघाटजस्तै लाग्छ । कतै केही चहलपहल देखिँदैन । प्रत्येक चोक चोकमा प्रहरीहरू देखिन्छन् । प्रमुख स्थानहरूमा प्रहरीका ट्रक र भ्यानहरू देखिन्छन् । अलिकति पनि राजनीतिमा चाख राख्ने मानिसहरू अधिकांश घरमा छैनन् । प्रशासन र प्रहरीको आतङ्क र गिरफ्तार हुने डरले मानिसहरू त्रस्त देखिन्छन् ।”
साप्ताहिक अगाडि लेख्छ – “ह्योजुको मृत्युलाई पञ्चहरूले वामपन्थी राजनीतिविरुद्ध अमोध अस्त्रको रूपमा प्रयोग गर्न चाहेको देखियो । रेडियो र टेलिभिजनबाट वामपन्थी भनिनेहरूले हत्या गरेको भनेर सारा वामपन्थीहरूको बदनाम गर्न सरकारले खोज्यो भने भोलिपल्टको शोक जुलुसमा ह्योजूलाई पञ्च सहिद बनाएर लाशमाथि राजनीति गरियो । प्रधानमन्त्री, राष्ट्रिय पञ्चायत अध्यक्ष र मन्त्रीहरू सामेल भएको जुलुसले ‘हत्यारा रोहितलाई फाँसी दे ।’ भन्नेजस्ता अराजनीतिक र न्यायिक प्रक्रियामाथि हस्तक्षेप गर्ने अति तल्लो स्तरको नारा लगायो । स्वयम् प्रधानमन्त्री, राष्ट्रिय पञ्चायत अध्यक्ष र मन्त्रीहरूले त्यस्तो नारामा स्वर मिलाउँदै जुलुसमा हिँड्ने काम गर्नुलाई राजनैतिक पर्यवेक्षकहरूले एकदमै अराजनैतिक र ‘गम्भीर गल्ती’ भनी टिप्पणी गरेका छन् । कार्यपालिकाको प्रमुख मानिने प्रधानमन्त्रीले अदालतले दोषी ठह¥याउनु अघि नै कसैलाई फाँसी दे भन्दै हिँड्नुलाई गाईजात्रा भनी एकथरी पर्यवेक्षकले टिप्पणी गरेका छन् ।”
कर्ण ह्योजुको हत्या हुनुको पछाडि रहेको प्रशासनिक लापरशाहीलाई सरकार अहिले अन्धाधुन्ध गिरफ्तारी गरेर लुकाउन खोज्दै छ ।
१६ भदौको ‘राष्ट्र पुकार’ को ‘ऐतिहासिक भक्तपुर नगर आतङ्कको छायाँमा, रोहितलगायत सयौँ पक्राउ’ भन्ने शीर्षकमा भन्छ– ह्योजुले बारम्बार बचाउ भनी चिच्याउँदा उनलाई बचाउन नसक्ने प्रशासनका प्रमुखहरू, प्रधानमन्त्री र व्यवस्थापिकाका अध्यक्ष, मन्त्री र कतिपय जनप्रतिनिधिहरूले भोलिपल्ट ‘ह्योजुका हत्यारा रोहितलाई फाँसी देऊ’ भनी नारा लगाए । स्वयम् कार्यपालिका र व्यवस्थापिकाका प्रमुखहरू अदालतबाट निर्णय नभई पक्राउ मात्र परेको आधारमा यसरी एकजना व्यक्तिलाई फाँसीको माग गर्दै हिँड्नु सरकारद्वारा नै कानुनको घोर उल्लङ्घन र उपहास हो । …….निष्पक्ष अनुसन्धान नगरी शङ्काकै आधारमा कसैलाई दोष लगाउन मिल्दैन । ….. प्रशासन केही बोल्दैन र भक्तपुरका मानिसहरू सरकार र रोहितको साँढे जुधाइमा बाच्छा भएर मिचिन चाहँदैनन् ।
‘ह्योजुको हत्याले उब्जाएका प्रश्नहरू’ शीर्षकको सम्पादकीयमा ‘राष्ट्र पुकार’ लेख्छ– “कर्ण ह्योजुको हत्या कसले गर्यो ? अदालतको निर्णयपछि नै यकिनरूपमा भन्न सकिने कुरा हो । तर, ह्योजुको निधनले उब्जाएको प्रश्न के हो भने ३÷४ घण्टासम्म भिडले एउटा निहत्था नागरिकलाई अपहरण गरी कुट्दै र पिट्दै सम्पूर्ण सहर घुमाउँदा त्यहाँको प्रहरी र प्रशासनले किन हस्तक्षेप गरेन ? भूकम्प पीडित जनताको सहयोगार्थ चन्दा उठाउन हिँडेका विद्यार्थीहरूलाई सशस्त्र प्रहरीले घेरा दिएर लछार्दैपछार्दै गिरफ्तार गर्ने प्रशासन एउटा नागरिकको हत्यामा मूकदर्शक हुनुको पछाडि कुनै रहस्य छैन भनी कसरी स्वीकार गर्ने ? ह्योजुको लासलाई जुलुसमा परिणत गरी कार्यपालिकाका प्रमुख प्रधानमन्त्री र व्यवस्थापिकाका प्रमुखले नेतृत्व गरेको जुलुसले हत्यारा रोहितलाई फाँसी देऊ भनी नारा लगाउनु पञ्चहरूको राजनीतिक दिवालीयापन हो र हत्याको सही छानबिन गर्नुभन्दा पनि यसलाई राजनीतीकरण गर्न खोजेको भनी लगाइएको आरोपको पञ्चहरूसँग पनि सायद कुनै जवाफ छैन । कुनै व्यक्ति पक्राउ पर्नासाथ ऊ अपराधी हुँदैन । जबसम्म अदालतले दोषी ठह¥याउँदैन, कोही मान्छे पक्राउ पर्दैमा उसलाई हत्यारा भन्न मिल्दैन ।”
‘कर्ण ह्योजुको हत्या– एक सुनियोजित षडयन्त्र’ भन्दै २१ भदौको ‘वार्तालाप साप्ताहिक’ मा गोपालप्रसाद भट्टराई लेख्छन्, “राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीले नारा लगाउने र प्रधानमन्त्री मरीचमान सिंह श्रेष्ठले फर्काउने । एकपक्षले ज्यानमारा रोहितलाई भन्ने अर्को एक ठूलो पक्षले फाँसी दे भन्ने – विचित्रको त्यो टेलिभिजन दृश्य थियो ।”
अगाडि लेख्छ– “स्पष्ट छ रोहित ग्रुपको मानमर्दन गर्नलाई कर्ण ह्योजुको प्रयोग श्री ५ को सरकारले गर्यो । नैतिकरूपले कर्ण ह्योजुको रक्षाको जिम्मेवारी श्री ५ को सरकारमाथि थियो । तर, श्री ५ को सरकारले आफ्नो जिम्मेवारी पूरा गरेन । कर्ण ह्योजूको हत्याको अत्यन्त निपुणतासाथ सुनियोजित व्यवस्था गरी आफू मूकदर्शक जस्तो भई श्री ५ को सरकार बस्यो । कर्ण ह्योजूको हत्या हुन सक्छ भन्ने कुरोबाट श्री ५ को सरकार के सशङ्कित थिएन ?”
“हत्या र षड्यन्त्रकै पृष्ठभूमिमा खडा भएको यो पञ्चायती व्यवस्था आज आफ्नो जीवनको अन्तिम सास फेर्दै छ २६–२८ वर्षसम्मको अविछिन्न हत्या–षड्यन्त्रको लामो लहरमा भक्तपुरको यो कर्ण ह्योजुको हत्याले एक नयाँ गुत्थी खोलेको छ । त्यो हो – “एक गोलीसे दो शिकार ।” कर्ण ह्योजूको हत्या नहुञ्जेल मूकदर्शक भई बस्ने – हत्या भइसकेपछि प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीसमेत मन्त्री परिषद्का अन्य सदस्य एवं पञ्चायतका विभिन्न दर्जाका कार्यकर्ताहरू सडकमा उभी ‘हत्यारा रोहितलाई फाँसी दे’ भनी नारा लगाउने । कर्ण ह्योजूको हत्याको अभियोगमा कामरेड रोहित अर्थात् नारायणमान बिजुक्छेँलगायत रापस गोविन्द दुवालसमेत अनेक सक्रिय कार्यकर्ताहरूको धरपकड गरी जनस्तरमा कायम रहेको भक्तपुरको एकमात्र सङ्गठनलाई छिन्नभिन्न गर्नु पञ्चायती व्यवस्थाको अभिष्ठ देखिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *