अनावश्यक ठाउँमा बजेट प्रयोग नगरियोस्
- पुष २५, २०८१
अहिले नेपाल मजदुर किसान पार्टीले भदौ ९ लाई कालो दिवस भन्दै २०४५ सालमा तत्कालीन पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान सङ्गठनलाई समूल नष्ट गर्न राज्यस्तरबाट रचिएको षड्यन्त्रको स्मरण गर्दै आएको छ ।
यसक्रममा भक्तपुरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुरले आयोजना गरेको कार्यक्रमको समाचारमा छापिएको फोटोमा ‘भक्तपुर काण्डको विरोध एवं भत्सर्ना कार्यक्रम’ भनी लेखिएको देखिन्छ । तर, समाचारमा भत्र्सना लेखिएको छ । मजस्ता सर्वसाधारण पाठक यहाँ अल्मलिएँ – भत्सर्ना कि भत्र्सना भनेर ।
शिक्षकहरूले लेखेको भत्सर्ना ठिक कि पत्रकारले लेखेको भत्र्सना ठिक ? यसरी पाठकलाई अलमलमा नपारी दिन म आग्रह गर्दछु ।
यस्तो अलमल पार्ने अभिव्यक्ति बेलामौकामा वक्ताहरूबाट पनि सुनिन्छ । देशमा गणतन्त्र आएको त्यति धेरै वर्ष बित्दा पनि आफैँ विद्वान् वक्ताहरूको मुखबाट ‘नेपाल अधिराज्त्रमा’ भन्ने गरेका छन् । देशभर भन्ने ठिक्कै हो । तर, अझै अधिराज्य किन भनिँदै छ कि अझै राजतन्त्र बाँकी छ ? लेख्ने लेखक र बोल्ने वक्ताहरूले अलि ध्यान दिए हामी पाठक स्रोताहरूलाई सहज हुने थियो ।
Leave a Reply