सामाजिक सञ्जालमा नेमकिपाविरूद्ध प्रकाशित झूटा समाचारको खण्डन
- आश्विन २८, २०८१
ग) २२ भदौ, २०४५ को ‘साप्ताहिक खबर’ को ‘खबरको पातो’ मा ‘भूपू रापस ह्योजुको हत्या : गुत्थी के हो ?’ शीर्षकमा विभिन्न उपशीर्षकमा घटनाको कारण, विवरण र प्रतिक्रिया दिन खोजिएको छ । तर, ‘ह्योजु’ र रोहितबिच मतभेद’ भन्ने उपशीर्षकको विवरण असत्य छ । कर्ण ह्योजु पञ्चायतको दोस्रो महानिर्वाचनको मनोनयन पत्र दाखिल गर्ने एकदिन अगाडिसम्म प्रतिबन्धित नेपाल मजदुर किसान सङ्गठनमै थियो । ‘रापस भएको करिब दुई वर्षपछि नै रोहितसँग तीव्र मतभेद’ भयो भन्ने कुरा होइन । दोस्रो, कर्ण ह्योजु भक्तपुर जिल्लासँग सम्बन्धित कार्यकर्ता भएको हुँदा रोहितसँग मतभेद हुने कुरै थिएन । निर्वाचनमा उसलाई उम्मेदवार नबनाएको र स्थानीय निर्वाचनमा उसको गतिविधिअनुसार उसलाई स्थानीय जनताले आलोचना र विरोध गरेको हुनाले आफ्नो दोष लुकाउन मात्रै रोहितसँग विरोध देखाई पञ्चायतको समर्थन प्राप्त गर्ने चलाखी गरेको थियो । तर, हरिशरण शर्मालाई दुई वर्षअगाडि नै उसको अनैतिक र भ्रष्ट चरित्रको कारण सङ्गठनबाट अलग्ग गरिएको थियो । त्यसको एक वर्षपछि मात्रै मृगेन्द्रराज सुवेदीले शिक्षक सङ्गठन र आजाद स्कूलबारे शिक्षक सञ्चालक समितिसँग झगडा भएको हुँदा सङ्गठन छोडेको थियो । श्यामकृष्ण खम्बू त १० वर्षअगाडि नै आफ्नै चरित्र दोषले सङ्गठनबाट अलग्ग भएको र शिक्षक सङ्गठनको स्थापनाको बेला पुनःसङ्गठनको समर्थकको रूपमा काम गर्न सुरु गरेको थियो ।
मतभेदको सम्बन्धमा कर्ण ह्योजुको मनमुटाव रोहितसँग होइन शिक्षक हडतालबारे श्यामकृष्ण खम्बूसँग ठूलो चर्काचर्की भएको थियो । आजाद स्कूल र बिहानी स्कूलबारे कर्ण ह्योजु र मृगेन्द्रराज सुवेदीबिच नराम्रो झगडा भएको थियो । ‘दूध मिलको हिस्सा र नक्कली प्रमाणपत्रबारे कर्ण ह्योजुबिच मतभेद’ भन्ने उपशीर्षकको विवरण पूर्णरूपले बङ्गयाइएको र गलत छ ।
‘घटना कसरी घट्यो ?’ भन्ने उपशीर्षकको विवरणमा ‘कान, लिङ्ग चुँडिएको, रगत बगिरहेको, सर्वाङ्ग नाङ्गो …. ह्योजुको शरीरमा पिन मात्र १०७ वटा रोपिएको कुरा डाक्टरको रिपोर्ट अनुसार पूर्ण असत्य छ । डाक्टरको रिपोर्टमा त्यस्तो केही उल्लेख छैन । ती विवरण अतिशयोक्ति देखाउन मात्रै जालीफटाहाहरूले बनाएका हुन् ।
उपशीर्षकको ‘नीलो झण्डी र फाँसीको माग’ र ‘अनुत्तरित प्रश्नहरू’ को विवरणअनुसार प्रधानमन्त्री, अध्यक्ष, मन्त्रीहरू, रापस गरेर मन्त्री पशुपति शमशेर जबराले ‘रोहितलाई फाँसीको माग’, ‘गृहमन्त्रीले नेपाल टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उद्धार कार्यको संयोजन स्थानीय पञ्चायतले गर्ने कुरा उल्लेख गरेका थिए’ तर ‘वामपन्थीहरूलाई बदनाम गर्नको लागि सरकारले जानाजान षड्यन्त्र रची एउटा पञ्चको बलि चढाएर यस्तो दुःखद स्थितिको सिर्जना गरेको त होइन ?’ भन्ने शङ्का उठाइयो ।
त्यस शङ्कालाई ह्योजुलाई राहत सामग्री वितरण गर्न पठाउने एक प्रमुख व्यक्ति अञ्चलाधीश धर्मबहादुर थापा र अन्य सम्बन्धित पक्ष मौन रहनु, ‘के भन्छन् भवानीप्रसाद ?’ उपशीर्षकमा ‘मैले जाहेरी दिएको मलाई थाहा छैन ।’ भनेको र स्थिति प्रस्ट नहोस् भनेर राति राति प्रहरीले छापा मारेर ‘वातावरणलाई अन्योल र आतङ्कपूर्ण’ बनाएको विवरणले घटना पूर्णरूपले सरकारी षड्यन्त्र नै देखिन्छ भन्ने पत्रिकाको आशय देखिन्छ ।
(घ) १९ आश्विन २०४५ को ‘विश्व सन्देश’ मा श्री गणेशबहादुर प्रसाईजीको ‘रोहितलाई फाँसी देऊ ?’ भन्ने शीर्षकको एक विचार, त्यससम्बन्धी अनेक टीकाटिप्पणी र लेखहरूमध्ये एउटा संवेदनशील र जिज्ञासापूर्ण थियो । गणेशबहादुर प्रसाईजीले उपलब्ध सामग्रीहरूको उपयोग गरेर जिम्मेवारीपूर्ण ढङ्गले कलम चलाउनुभएको छ । तर, आवश्यक सूचना र सही स्रोतहरूको अभावको कारणले होला त्यसमा केही असत्य कुराहरू पनि पर्न गएका छन् ।
१. लेखमा भनिए जस्तै ह्योजुलाई ‘लट्ठी, चक्कु इत्यादि’ प्रयोग भएको थिएन । साँचो कुरा ‘डेढ दुई घण्टासम्म हातपात नगरिनु, त्यस अवस्थामै श्री ह्योजुलाई क्रुद्ध जनताको भिडबाट प्रशासनले मुक्त गर्न कुनै कदम नचाल्नु’ सत्य हो । विद्यार्थीहरूले दत्तात्रयको प्रहरी चौकीलाई खबर गर्न जाँदा प्रहरीहरू ढोका थुनी माथि गएका थिए । साथै इनाचो स्वंग लोहते (तीन ढुङ्गेमा) पुग्दा सादा प्रहरी लालबहादुर आफैँले ह्योजुलाई लात्ती र जुत्ताले पिटेको देख्ने मानिसहरू छन् ।
२. ‘रोहित समूहका मान्छेले कर्ण ह्योजुलाई कहिले कालोमोसो दल्ने र बजार परिक्रमा गराउने’ कहिल्यै प्रयास गरेकै थिएन । यसकारण, ‘पटकपटक असफल प्रयत्न गरेका थिए भन्ने कुरा’ किञ्चित पनि सत्य होइन । कर्ण ह्योजु आफ्नै कर्तुतहरूले जनताको आँखामा पतन हुँदै गएको हुँदा उसलाई शारीरिकरूपले पत्रु बनाउनु आवश्यक नै थिएन । यसकारण, ‘ह्योजुलाई कालोमोसो दल्ने र बजार परिक्रमा गराउने योजना’ वास्तवमा गलत समझदारी मात्रै हो, सत्य होइन ।
३. ‘कालोमोसो दली, जुत्ताको माला लगाई बजार परिक्रमा गराउने त्यस दिन जुन भूल ग¥यो’ त्यो रोहित समूहको होइन । त्यो घटना अप्रत्यासित र स्वस्फूर्त थियो । बरु सादा प्रहरीले जस्तै सामाजिक अपराधीहरूले समेत ह्योजुलाई पिटेको र हिर्काएको धेरैले देखेका छन् । केहीलाई प्रहरीले २–४ दिन यातना दिई छोडेको पनि सबै जनतालाई थाहा छ । अञ्चलाधीश धर्मबहादुर थापाले स्थानीय पञ्चायत र रोहित पक्षका कसैलाई थाहै नदिई अचानक भूकम्प पीडितहरूलाई राहत सामग्रीको कुपन बाँड्न पठाएका थिए । सीडीओ, साहु र कर्मचारीहरूले समेत त्यसमा आपत्ति जनाएका थिए । तर, अञ्चलाधीशले जोड दिएर पठाएका थिए ।
यी सबै कुरालाई ध्यान दिँदा लेखकले शङ्का गरे जस्तै –
(क) सत्ताधारी पञ्चको त्यस्तो कार्य तत्परताबाट त्यो हत्याकाण्ड पूर्व–नियोजित षड्यन्त्र थियो भन्ने कुरा छर्लङ्ग हुन्छ ।
ख) ह्योजु एउटा सुनियोजित षड्यन्त्रको शिकार बन्न पुग्यो अर्थात्, षड्यन्त्रका ….. निमित्त–पात्र बन्न पुगेका हुन् ।
ग) सत्ताधारी पञ्चहरूद्वारा थापिएको पासोमा जनता फसे र सत्ताको कार्यपालिकाको अङ्ग नै सडकमा उत्रेर फाँसीको सजाय माग गर्ने व्यवस्थामा रोहित र उनका साथीहरूले ‘न्याय पाउन सक्लान् ?’ अथवा ‘अपराधी बन्नलाई अपराध पनि गर्नु अब जरुरी रहेन’ भन्ने प्रस्ट पा¥यो ।
(ङ) १७ भदौ २०४५ को ‘समीक्षा’ साप्ताहिकको ‘लछारपछार गरी ह्योजुको हत्या, बिजुक्छेँ समूहमाथि प्रहार’ शीर्षकको रिपोर्टिङमा ७ र ८ वडाका परिवारलाई भन्दा क्षति नभएको ग्रामीण इलाकाका मानिसहरूलाई वितरण गरेको हुँदा कुपन दिएर सहायता वितरण कार्यमा पक्षपात गरेको भन्ने आधारमा विवाद सुरु भएको थियो भनी लेखिएको छ । घटनाको मूल कारण त्यही हो, तर वितरण चाहिँ ‘ग्रामीण’ इलाकाका मानिसहरूलाई गरिएको थिएन र ग्रामीण इलाकाका मानिसहरूलाई वितरण गरेको हुँदा विवाद सुरु भएको भन्ने अर्थ पनि लाग्दैन । बरु क्षति नभएका भक्तपुर नगरकै मानिसहरूलाई वितरण गर्दा भएको हो ।
रिपोर्टिङमा कुटपिट भएको र प्रहरी भ्यानले बचाएको भन्ने ठाउँ दत्तात्रयमा जस्तो देखिन्छ । तर, घटनाको स्थिति त्यसो होइन । पक्राउ गरेको ठाउँ र दत्तात्रय १०–१५ मिटरको बाटो छ, दत्तात्रयबाट सुकुलढोका नपुग्दै गोल्मढी भन्ने ठाउँमा प्रहरी र डी.एस.पी. को भ्यान पुगेको थियो । अनि गोल्मढी, सुकुलढोका हुँदै साकोठामा पुनः प्रहरीले भ्यानमा राखी लगेको थियो भन्ने स्थानीय जनताको भनाइ हो । पुनः रिपोर्टिङमा ह्योजुलाई ‘लट्ठी र नोलले हान्ने र छाताले भुँडीमा घोचेर रगताम्य पा¥यो’ भन्ने कुरा पनि अतिशयोक्ति हो । ‘समीक्षा’ को अरू टिप्पणी सही देखिन्छ ।
च) १७ भदौको ‘समीक्षा’ को ‘मेरो देश मेरो संसार’ मा मदनमणि दीक्षितले ‘भक्तपुर LYNCHNING स्थानीय प्रहरी र प्रशासन दोषी’ भन्ने शीर्षकमा ह्योजु घटनालाई रोक्न ‘नारायणमान बिजुक्छेँले के गर्नुभयो’, ‘बिजुक्छेँ आफ्नो कोठामै हुनुहुन्थ्यो ?’, ‘भिडले ह्योजुलाई लछारपछार गर्दै उहाँको ढोका नजिकसम्म लैजाँदा पनि आफूले थाहा नभएको’ भन्ने ठाउँ नभएको र ‘त्यसलाई रोक्नेतर्फ बिजुक्छेँ अथवा उहाँका साथीहरूले कुनै उल्लेख्य कोसिस नगर्नु कडा आलोचनाको विषय अवश्य हो’ भनी लेखे ।
तर, वास्तविक स्थितिको जानकारी मदनमणि दीक्षितज्यूलाई नहुनु नै उपरोक्त कथनको कारण बन्यो । नारायणमान बिजुक्छेँ घरमै बिरामी थिए, सहरको एक कुनामा घटना अचानक घटेको थियो, पानी परेकोले पनि त्यसको हल्ला तुरुन्तै भएन, गोल्मढी पुग्दा घटना चरम सीमामा पुगिसकेको थियो, सुकुलढोका पुग्दा प्रहरी दल पुगिसकेको थियो ।
ठूलो र उत्तेजित भिडलाई २/४ जनाले रोक्न सकेको स्थिति। थिएन, प्रभावशाली मानिसहरू घटनास्थलमा उपस्थित थिएनन् र प्रहरीको कार्य अरूले गर्नु पनि हुँदैनथ्यो ।
घटनाको मुख्य कारण
(क) अञ्चलाधीशले कर्ण ह्योजुमार्फत भूकम्प पीडितहरूलाई खाद्यान्नको कुपन वितरण गराउने कुरा गुप्त राख्नु (तर स्थानीय प्रशासन र प्रहरीको संरक्षण थियो ।),
(ख) वितरणमा पूर्ण पक्षपात हुनु,
(ग) घटना अचानक घट्न जानु, त्यसको तत्काल ठीकठीक जानकारी जिम्मेवार मानिसहरूलाई नहुनु र,
(घ) सुरक्षामा रहेका प्रहरी, दत्तात्रयको प्रहरी चौकी र गोल्मढीमा प्रहरी दलले सुरक्षा प्रदान नगरी ह्योजुलाई उत्तेजित भिडमा छोड्नु थियो ।
त्यस्तै सादा पोशाकका तालिम प्राप्त प्रहरी, सामाजिक अपराधी र गुण्डाहरूको प्रहार र समयमै उपचार नहुनु ह्योजुको मृत्युको कारण बन्यो ।
(छ)
२ असोज २०४५ को ‘साप्ताहिक देशान्तर’ ले जगन्नाथ आचार्यको एक अन्तर्वार्ता छाप्यो । त्यस अन्तर्वार्तामा उनले तलका कुराहरू भने –
(क) ह्योजुको मलामी जुलुस ……….. . देखाउन विष्णुभक्त भुजुले भन्नुहुँदा मैले भनेँ, “त्यसो गर्नुहुन्न । …… पञ्चहरूले जुलुसको जस लिए पनि लिऊन् हामी निधारमा खोपिएका मान्छे जुलुसमा जानु हुँदैन । हाम्रा समर्थकहरू जान्न भन्छन् भने पनि पठाउनुपर्छ । राधेश्याम त आफँै गए मैले उनलाई रोकिनँ ।”
(ख) ह्योजु रापस, व्यापारी, ठेकेदार, त्यत्रो स्कूल चलाएका व्यक्तिले भटमास र चामलमा भ्रष्टाचार गरी कुपन वितरणमा भएको धाँधली ‘बहाना’ मात्र थियो ।
(ग) रोहितको ‘सङ्गठन स्वयं षड्यन्त्रबाट उब्जिएको सङ्गठन’ हो । कर्ण ह्योजुले त्यस सङ्गठनको नसानसालाई प्रमाणितरूपमा ‘एक्स्पोज’ गर्न सक्ने मान्छे भएकोले ‘ह्योजुको मुख बन्द गर्नु त्यस सङ्गठनको लागि जरुरी भयो ।’
(घ) त्यो घटना सुनियोजित आक्रमण हो । …… सरकारले बचाउन चेष्टा नगर्नुको अर्थ – पहिले यस सङ्गठनलाई आफैँले पुल्पुल्याएर बनायो । सैद्धान्तिक निष्ठा र प्रतिबद्धता भएका राजनीतिक सङ्गठनको विस्तार हुन नपाओस् भनेर अर्थात् प्र. काङ्ग्रेसलाई सिध्याउन मात्रै होइन अझ बढ्ता पुराना कम्युनिस्टहरूको त सत्यानाश नै गरायो ।
(ङ) त्यो सङ्गठनले प्रशासनको भ्रष्टाचारको विरोध गरेको छैन र किसान समस्याबारे या ‘किसानको लागि मल चाहियो भनेर आन्दोलन गरेको छैन’ र ‘खेतमा कुलो लगाइदेऊ भनेर जुलुस गरेको रेकर्ड छैन ।’
(च) त्यो सङ्गठन व्यवस्थाकै उपज थियो र नारायणमान समूह पञ्च थियो । गोविन्द दुवाललाई सरकारले नै निर्विरोध रा. प. को निर्देशन समितिमा छानेको हो ।
(छ) नारायणमान हुलमा नभए पनि ‘नारायणमान र दुवालले चाहेका भए कर्ण ह्योजु बाँच्न सक्थे ।’
(ज) पुष्पलालले ‘रोहितलाई प्र. नेकाका प्रदीप गिरीसँग दाँजेका थिए ।
माथिका बयानहरूले जगन्नाथ आचार्य वास्तविक प्र. नेकाका नेता हुन् वा पञ्च हुन् प्रस्ट छ । तलका छोटो उत्तरले नै सबै कुरा प्रस्ट हुन्छ ः
(क) प्रधानमन्त्री, अध्यक्ष, मन्त्रीहरू, अन्य पञ्च र मण्डले गुण्डाहरूले नेतृत्व गरेको मलामी जुलुसमा आफ्ना कार्यकर्ताहरूलाई पठाएर अदालतको अधिकारलाई थिचोमिचो गर्ने र अनुसन्धानलाई दुषित पारी निष्पक्ष न्यायलाई विरोध गर्ने काममा जगन्नाथ आचार्य विचार पनि समान देखियो । उनी प्र. नेकाभित्र दक्षिणपन्थी वा पेचापतिर नरम भएको भनी आफ्नै मुखले साबित गर्छ ।
(ख) ह्योजु व्यापारी, ठेकेदार, त्यत्रो स्कूल चलाउने व्यक्ति भएको हुँदा उनी भ्रष्टाचारी होइनन्, कुपन वितरणमा धाँधली भएको होइन र भए पनि ठूलो कुरा होइन । ती सब उनलाई हत्या गर्ने ‘बहाना मात्रै’ हुन् । यसकारण, हत्या सुनियोजित थियो । प्रहरीको भनाइमा र जगन्नाथ आचार्यको तर्कमा कुनै फरक देखिन्न । प्रहरीको भनाइलाई नै जगन्नाथ आचार्यले समर्थन गरेको हो वा प्रहरीले आचार्यकै भनाइलाई केरकारमा अगाडि सारेका हुन्, छानबिनकै विषय हो ।
(ग) आचार्यको तेस्रो भनाइलाई मान्ने हो भने प्र. नेकाकै निर्माण राणाहरूकै षड्यन्त्रबाट उब्जिएको सङ्गठन हुन आउँछ । नेपाली काङ्ग्रेसका गुप्त कुराहरू ‘एक्स्पोज’ गर्न सुवर्ण शमशेर, चौधरी र अन्य धेरैलाई जगन्नाथ आचार्यले ‘हत्या गर्न जरुरी’ सम्झेका थिए ? दोस्रो चरणमा निर्मम प्रहार गर्न कहाँबाट निर्देशन आएको हो ? त्यो निर्देशनको थलो कहाँ हो ? देशका अन्य हत्याहरू पनि त्यहीबाट भएको हो ?
(घ) भवितव्य र स्वस्फूर्त घटनालाई ‘नियोजित आक्रमण’ भनेर जगन्नाथ आचार्यले आफ्नो राजनैतिक सुझबुझको टाटपल्टाइ मात्रै देखाएका छन् । प्र. नेमकिसङ्गठनलाई सरकारले पुल्पुल्याइराखेको आरोप लगाउने आचार्यसँग प्रश्न के गरिन्छ भने राणाको विरोधमा प्रजा परिषद् छँदै किन नेपाली काङ्ग्रेसको स्थापना भएको थियो ? के राणाहरूले पुल्पुल्याएरै प्र. नेकाको जन्म भएको हो ? प्र. नेकालाई नै सिध्याउन नेमकिसङ्गठन बनाएको भए २०४२ सालको सत्याग्रहमा सहभागी हुन त्यस सङ्गठनलाई नेकाका कार्यबाहक अध्यक्षज्यूले किन अनुरोध गर्नुभएको थियो होला ? प्र. नेमकिसङ्गठनका कार्यबाहक पहिले प्र. नेपाल कम्युनिस्ट पार्टीमै कार्यरत थिए । सैद्धान्तिक निष्ठा र प्रतिबद्धताकै प्रश्नलाई लिएर कम्युनिस्ट कार्यकर्ताहरूले नेमकिसङ्गठनको स्थापना गरेका थिए । आफ्नो आङको भैसी नदेख्नु सा¥है लज्जास्पद कुरा हो । नेमकिसङ्गठनको स्थापनाले ‘पुराना कम्युनिस्टहरूको सत्यानाश’ भएको छैन । नेपाल कम्युनिस्ट आन्दोलनबारे जानकारी नै नराखी हचुवा कुरा कुनै पनि राजनैतिक कार्यकर्ताले गर्दैन र गर्नुहुन्न ।
(ङ) नेमकिसङ्गठनले सदैव सरकारी भ्रष्टाचारको विरोध र किसान समस्याबारे २५ वर्षदेखि जुलुस, प्रदर्शन र आन्दोलन गर्दै आएको छ । भक्तपुरमै बसेर त्यस्तो प्रस्ट कुरा पनि थाहा नपाउनु जगन्नाथ आचार्यको जानकारीको अभाव र वैचारिक दरिद्रता मात्रै हो ।
(च) निश्चय पनि समाजवादी विचारधारा पुँजीवादकै उपज हो । राणाशासनको उपज नेपाली काङ्ग्रेस हो । त्यस्तै प्र. नेमकिसङ्गठन पनि पञ्चायती व्यवस्थाकै उपज हो । आज पनि नेपाली काङ्ग्रेस व्यवस्थाकै कारण सक्रिय हुन बाध्य छ । जगन्नाथ आचार्य प्रवासबाट फर्कँदा पञ्चायतको वार्ड समितिमा उठेका थिए । निर्वाचनमा उनी हारेका थिए । स्थानीय निर्वाचनमा धेरै काङ्ग्रेसी कार्यकर्ताहरू उठेका थिए । काठमाडौँ नगर पञ्चायत र अन्य जिल्ला तथा गाउँ पञ्चायतहरूमा पनि जितेका थिए र निलम्बन पनि भए । अब तिनीहरूलाई पञ्च भन्ने कि नेकाका कार्यकर्ता भन्ने ? सरकारले उठाउनै नचाहेमा तिनीहरू कसरी उठ्थे र जित्थे ? गम्भीर र जिम्मेवार नेताहरूले जगन्नाथ आचार्यको जस्तो मनपरी र गैरजिम्मेवार कुराहरू बोल्नु कदापि सुहाउँदैन ।
(ज) १० भदौ र १५ भदौको बिचमा केरकार गर्दा प्रहरीले ठीक जगन्नाथ आचार्यले जस्तै भन्थ्यो, “तिमीहरूले चाहेको भए औँला मात्रै ठड्याइदिए ह्योजु मर्ने थिएन ।” के प्रहरीकै कुरालाई जगन्नाथ आचार्यबाट दोहो¥याइएको हो ? अचानक भएको हुलहुज्जतलाई कसरी रोक्ने ? भिड कुनै पार्टी वा नेताको आदेशमा चल्दैन । काठमाडौँमा भएका अनेक उपद्रव, हिंसा र चोरीको निम्ति गणेशमानजीलाई दोष दिनु उपयुक्त होला ? भक्तपुरको त्यो भिडलाई जगन्नाथ आचार्यले चाहेको भए किन रोक्न सक्दैनथ्यो ? प्रहरीको भाषा बोलेर जगन्नाथ आचार्यले प्रहरीको साक्षीको काम पूरा गरेको ठहर्छ ।
रोहितलाई पुष्पलालले प्रदीप गिरीसँग दाँजेको कुरा गर्ने जगन्नाथ आचार्यले प्र. नेकाको नयाँ केन्द्रीय समितिको निर्माणभन्दा पहिले काङ्ग्रेसी कार्यकर्ताहरूले गणेशमानजीको मूल्याङ्कनलाई सम्झनु बेस हुनेछ । खाली मुखले सङ्घर्ष गर्ने, जनतासँग नभिज्ने, नेताहरू र केन्द्रको मात्रै चाकडी गर्ने, दोहोरो चरित्र भएका, बिकेका कार्यकर्ताहरूमध्ये जगन्नाथ आचार्य पनि परेको वा नपरेको अरू पार्टी कार्यकर्तालाई थाहा हुने कुरा होइन ।
भक्तपुरको घटनाबारे जगन्नाथ आचार्यले सन्तुलित भाषाको अपेक्षा स्वाभाविक थियो । तर, प्रशासन र मण्डलेहरूले वा प्रहरीले बहुदलवादीहरूमा मतभेद चर्काउन त्यस्तो भनाइको आवश्यकता भएको अनुमान गर्न गा¥हो छैन ।
(झ) १९ भदौको ‘देशान्तर’ मा किशोर नेपालले पनि ‘सरकारी …. र ह्योजुको मुर्कट्टा’ शीर्षकमा कर्ण ह्योजुको हत्या नारायणमान बिजुक्छेँ अर्थात् पञ्चायतले तयार गरेका ‘कामरेड रोहित’ का पुत्लाहरूले गरेका हुन् कि होइनन् – यो निष्कर्षमा पुग्ने काम अदालतको हो । तर, यति हुँदाहुँदै पनि यो कुरा स्पष्टसँग भन्न सकिन्छ – कामरेड रोहित सरकारले पुल्पुल्याएर राखेको एउटा उग्रवादी समूहको नाउँ हो ।
किशोर नेपालको कलमबाटै यस्तो दोहोरो अर्थ लाग्ने र शतप्रतिशत गलत मूल्याङ्कनलाई हेर्दा नेपालको पत्रकारिताको दुर्भाग्य नै भन्नुपर्छ । राम्रोसँग अध्ययन नै नगरी अरूको हाहामा लागेर वा बोक्रे जानकारी राखेर कुनै सङ्गठन र नेताप्रति टिप्पणी गर्नु निश्चय पनि दुःखलाग्दो कुरा हो ।
यति मात्रै होइन किशोर नेपालले ‘साम्यवादी’ गतिविधि वा प्रजातान्त्रिक अधिकारहरूमाथि नै पूर्ण बन्देज लगाउने माग गरेर आफूलाई मण्डले पत्रकारको स्तरसम्म झारेका छन् । पहेँलो (पीत) पत्रकारिताको ज्वलन्त उदाहरण ¤ त्यो लेख प्रजातान्त्रिक भावना भएको किशोर नेपालको हो वा होइन भन्न गा¥हो हुन्छ । प्रहरीले कैयौँ निर्दोष मानिसहरूलाई फसाएका छन् । किशोर नेपालको भनाइले प्रहरी र गुप्तचरहरूको पु¥याउने काममा शङ्का छैन ।
(ञ) २० भदौ २०४५ को ‘साप्ताहिक मञ्च’ को खुला वार्ता कोलममा ‘ह्योजु काण्ड र फिस्टो रोहितको चकचकी’ भन्ने शीर्षकमा भनिएको छ, “भू.पू. रापस कर्णप्रसाद ह्योजुले भक्तपुरको राजनीतिमा आधिपत्य जमाइराखेका रोहित समूहको सङ्गठनलाई तोडी आफ्नो सङ्गठनलाई मजबुत ढङ्गले अगाडि बढाउने उद्देश्यले व्यक्तिगत सम्बन्धबाट खुद्रा किराना व्यापारीहरूको मद्दतबाट भक्तपुरमा भूकम्प पीडितहरूको लागि अन्नदान गर्न जानुभएको हो । यस देशमा भक्तपुरे राजा ‘रणजीत मल्ल’ को उत्तराधिकारीको दाबेदारको रूपमा का. रोहितले नेतृत्व गरेको नेपाल मजदुर किसान सङ्गठन नामको राजनीतिक दल पनि छ जसले उपत्यकाको तीन राज्यमध्ये एक राज्य भक्तपुरमा सरकार बनाएको छ । केन्द्र सरकारका प्र.जि.अ., डी.एस.पी. र न्यायालय पनि त्यो भक्तपुर राज्यमा छन् । केन्द्र सरकारका ती निकायहरूभन्दा रोहितका सेना र रोहितको सरकार बलियो रहेछ भन्ने ह्योजु हत्याकाण्डले स्पष्ट देखायो । रोहितका दलबलको सामु पञ्चायती व्यवस्थाका सबै निकाय नाकाम रहे ।”
यस्तै छेउ न पुच्छरका अतिशयोक्तिपूर्ण र उत्तेजना फैलाउने खालका भाषा र कुरा त्यस ‘खुला वार्ता’ ले भरेको छ । प्र. नेमकिसङ्गठन वा भक्तपुरको सङ्गठनबाट ह्योजु मात्रै होइन २०–२२ सालदेखि धेरै व्यक्ति गए र आए, त्यो त सबै राजनैतिक सङ्गठन, दल र पक्षमा हुने गर्छ । तर, त्यसको अन्त कहिले हत्यामा हुने गरेन – जस्तो कि त्यस वार्तामा लेखिएको छ ।
दोस्रो, रोहितले पनि आफूलाई पृथ्वीनारायण शाहबाट हारेको भक्तपुरे राजा रणजीत मल्लको उत्तराधिकारी दावा गरेका छैनन् । रोहित आफूलाई जनताकै छोराछोरीमध्ये एक सम्झन्छन् र जीवन पद्धति त्यस्तै छ । जनताकै निम्ति ३५–४० वर्षदेखि सङ्घर्षरत छ ।
तेस्रो, नेमकिसङ्गठनलाई समानान्तर सरकारको रूपमा उल्लेख गर्नु त्यस ….. भक्तपुरमा प्रहरी आतङ्क र अत्याचारलाई निम्त्याउने र प्रतिक्रियावादी दमनलाई समर्थन जुटाउने जालसाजी हो । यस कार्यलाई एजेन्ट प्रोभोकेटर वा उत्तेजना फैलाउने प्रहरीको दलालको कार्य भनिन्छ ।
खुलावार्ता भन्छ, “भक्तपुरमा प्रजिअ र डी.एस.पी. कार्यालयले आ–आफ्नो क्षेत्रमा काम गर्छन् । प्र. नेमकिसङ्गठन र का. रोहितको काम प्रशासन सम्हाल्ने होइन, न त त्यो सङ्गठन भक्तपुरको मात्रै हो । देशको विभिन्न अञ्चल र जिल्लामा प्र. नेमकिसङ्गठनका कार्यकर्ता र समर्थकहरू जनताको सेवामा लागेका छन् । तिनीहरूको काम गर्ने शैली एउटै हुन्छ – स्वयंसेवकको रूपमा जनतामा राजनैतिक चेतना जगाउनु नै तिनीहरूको मुख्य उद्देश्य हो । यसकारण, अरूको कार्यक्षेत्रबारे तिनीहरूले हस्तक्षेप गर्ने कुरै आउँदैन । त्यस्ता अप्रिय घटनाहरू बरोबर हरेक जिल्लामा भई आएको छ, के त्यसको दोष तत्तत् जिल्लाका प्रमुख राजनैतिक पक्ष र नेताहरू जिम्मेवार भई आएका छन् ?”
यस्ता सिङ न पुच्छरका र गैरजिम्मेवार प्रलापहरूले पानाहरू भर्नु निश्चय पनि स्वस्थ पत्रकारिताको निम्ति सुहाउने कुरा होइन । सरकार र प्रहरीलाई उत्तेजित पारेर जनतामा दमन र आतङ्क मच्चाउने स्वार्थी तत्वहरू धमिलो पानीमा माछा मार्न चाहन्छन् र तिनीहरू प्रतिक्रियावादी र जनविरोधी दृष्टिकोणलाई मात्र प्रस्तुत गर्छन् भन्ने कुरामा द्विविधा छैन ।
सन्दर्भ सूची
(१) ६ भदौ २०४५ को गोरखापत्र
(२) ७ भदौ २०४५ को गोरखापत्र
(३) ८ भदौ २०४५ को गोरखापत्र
(४) गोरखापत्र ९ भदौ २०४५
(५) गोरखापत्र १० भदौ २०४५
(६) गोरखापत्र ११ भदौ २०४५
(७) गोरखापत्र २२ भदौ २०४५
(८) समीक्षा (सातदिने) २१ असोज २०४५ – र गर्जन साप्ताहिक ११ आश्विन २०४५
(९) गोरखापत्र २२ भदौ २०४५
(१०) रासस, गोरखापत्र २४ भदौ २०४५
(११) वार्तालाप १८ आश्विन २०४५
(१२) समीक्षा १२ कार्तिक २०४५
(१३) साप्ताहिक चर्चा १ कार्तिक २०४५
(१४) छलफल २१ भदौ २०४५
(१५) मातृभूमि २५ असोज २०४५
(१६) योजना साप्ताहिक २३ आश्विन २०४५
(१७) गोरखापत्र २४ असोज २०४५
(१८) गोरखापत्र १२ भदौ २०४५
(१९) साप्ताहिक मञ्च २१ भदौ २०४५
(२०) वार्तालाप साप्ताहिक २१ भदौ २०४५
(२१) समीक्षा १० भदौ २०४५
(२२) नेपाल भूमि साप्ताहिक २८ भदौ, २०४५
(२३) डेली डायरी १३ भदौ २०४५
(२४) छलफल साप्ताहिक २१ भदौ २०४५
(२५) छलफल साप्ताहिक २१ भदौ २०४५
(२६) दैनिक समाज २४ असोज २०४५
(२७) छलफल (साप्ताहिक) २१ भदौ २०४५
(२८) मातृभूमि (साप्ताहिक) २१ भदौ २०४५
(२९) मातृभूमि २५ असोज २०४५
(३०) मातृभूमि २५ असोज २०४५
(३१) मातृभूमि साप्ताहिक १८ असोज २०४५
(३२) हिन्दू साप्ताहिक १८ आश्विन २०४५
(३३) युगधारा साप्ताहिक २३ भदौ २०४५
(३४) ‘न्यायदूत’ पूर्णाङ्क ४९ बाट (साप्ताहिक चक्षु २० भदौ २०४५)
(३५) साप्ताहिक मञ्च भदौ २०४५
(३६) साप्ताहिक मञ्च भदौ २०४५
समाप्त
स्रोत : ‘मजदुर किसान’, भदौ–असोज, २०६८
Leave a Reply